कोरोना विरुद्ध लुंग्री गाउँपालिकालिकाले गाउँपालिका प्रवेश नाकाहरुमा हेल्ड डेस्क स्थापनासँगै स्वास्थ्य जाँच गर्दै
रोल्पा साचारदाता
लुंग्री गाउँपालिका वडाचौर
२०७६ चैत्र १० गते


विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण विरुद्ध लुंग्री गाउँपालिकाले विभिन्न सचेतना अभियान अपनाइएको छ । आफ्नो गाउँपालिकामा चेक जाँच नरुन्ञ्जेल प्रवेशमा रोग लगाउने सम्मको निर्ण गरेको छ । आइतबार देखि लुंग्री गाउँपालिका प्रवेशद्वारा रुइनीबाङको पक्की मोटरेवल पुल, दोमइ पुल, मैनामारे, जुतुङखोला लगायतका स्थानमा आफ्नो गाउँपालिका भित्र प्रेवश गर्दा अनिवार्य स्वास्थ्य जाँच गराउनको लागि अनुरोध गरेको छ ।


लुंग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले आफ्नो गाउँपालिकाबासीलाई रोगका विरुद्धमा एकताबद्ध भएर सामाना गर्नका लागिसबैमा अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयोः–‘विश्व स्वास्थ्य संगठन (ध्ज्इ) ले महामारीको रूपमा घोषणा गरेको ऋइख्क्ष्त्(ज्ञढ “नोवल कोरोना भाईरस रोग” को प्रकोप रोल्पा र गाउँपालिकामा अझैसम्म यो रोग देखा परको छैन र थोरै सतर्कता अपनाईयो हामी बच्न सक्छौँ । त्यसै अनुसार सबैले ध्यान दिनका लागि अनुरोध छ ।”


यसबारे स्वास्थ्य संयोजक लेपेन्द्र बुढाथोकीले डेस्कहरू खडा गरि त्यहाँ मास्क, सेनिटाईजर (हेण्ड ७ स्प्रे), साबुन र टिस्यू पेपरको स्टक राखेको बताउनुभयो । यसमा स्वयम आफैले सचेतना आफैले आपनाएपछि सहज हुने बताउनुभयो । उहाँले गाउँमा सचेतनाका लागि प्रचार प्रचार, महिला स्वयम सेविकाहरुलाइ परिचालन गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले कोरोना सर्ने तरिकामा–नाकवाट निस्किने सिगानवाट, फोहर हातवाट, राम्रोसंग, नपाकेको मासु, माछा र तरकारीमा–भाईरस प्रभावित विरामी व्यक्तिको सम्पर्कवाट स्वास्थ्यमा सिगान बगी रहनु, घाँटी सुक्नु तथा दुख्नु ,पखाला लाग्नु, वान्ता हुनु, लगातार टाउँको दुख्नु र ज्वरो आउनु, सास फेर्न गाह्रो हुने र असाधारण थकाई लागेमा यसको लक्षण हुन सक्ने बताउँदै तसर्थ यसबाट बच्न साबुन पानीले राम्रो संग हात धुने, खाने कुरो धोई पखाली राम्रोसंग पकाउने, माक्सको प्रयोग गर्ने, भिडभाडमा नजानका र आफू र आफ्नो सम्पर्कमा रहेका व्यक्तिलाई केही शंका लागेमा नजिकको हेल्प डेस्क र स्वास्थ्य संस्थामा गएर तुरुन्त स्वास्थ्य जाँच गराउनको हार्दिक अनुरोध गर्नुभएको छ ।

You may also like