यस भाइरसबाट बच्नका लागि प्रमुख उपाय भनेको साबुन पानीले हात धुने र संक्रमित व्यक्तिबाट टाढा रहनु पर्छः रोल्पा अस्पताल प्रमुख डाक्टर धनमाया घर्ती

                                    रोल्पा अस्पताल रेउघा 

                           प्रमुख डाक्टर धनमाया घर्ती

छिमेकी राष्ट्र चीनबाट उत्पन्न भई अहिले विश्वभरिका धेरै राष्ट्रहरुमा कोरानो भाइरसले माहामारीको रुप लिएको छ । यस भाइरसकै कारण धेरै मानिसहरुको मृत्यु भई सकेको छ । भने धेरै मानिसहरु यस भाइरसबाट संक्रमित भई उपचारमा छन् । विश्वको विकसित राष्ट्रहरुमा भाइरसको नियन्त्रण नहुँदा विकासन्मुख राष्ट्र नेपाल सहितका अन्य राष्ट्रका नगरिकहरुको मनोविज्ञानमा प्रभाव परेको छ । विकासित राष्ट्रहरुले यस खोपको उत्पादन प्रयत्न गर्दै छन् । तर, अहिलेसम्म यो भाइरस खोप तथा औषधी उत्पादन भएको छैन । यो भाइरसबाट प्रभावित राष्ट्रहरुले बच्ने उपायलाई विशेष प्राथमिकता दिएको अवस्था छ । नेपाल सरकारले पनि यस भाइरसबाट बच्न विभिन्न उपायहरु अवलम्बन गरेको छ । साथै भाइरसबाट व्यक्तिको मनोविज्ञानमा परेको प्रभावलाई न्यूनिकरणको निम्ति सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले सहजिकरण गर्दै आएका छन् । रोल्पा अस्पताल रेउघा रोल्पाको कार्यालय प्रमुख डाक्टर धनमाया घर्तीसँग कोरोना भाइरसको लक्ष्यण, बच्न उपाय सहितका विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
हजुरलाई पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ
धन्यवाद !
यस जिल्ला हावापानीको दृष्टिकोणले भाइरसको कति जोखिममा छ ?
हावापानीको दृष्टिकोणबाट कोरोना भाइसरसँग सम्बन्ध छैन भन्न सकिदैन । किन कि यस भाइरस चिसो हावापानीमा फैलिन सजिलो हुन्छ । भने गर्मी हावापानी यस भाइरस फैलिन प्रतिकूल अवस्था रहन्छ । त्यसैले यस जिल्लाको हावापानी पनि चिसो भएको हुँदा यस भाइरसका लागि अनुकूल मौसम छ ।
यो भाइरसको लक्षणहरु के–के हुन् ?
यो भाइरसको संक्रमण भएको हुँदा अन्य भाइरसको जस्तो रुघा खोकी, ज्वरो आउनु, कसैलाई लक्षण पनि नदेखिन सक्छ, स्वास प्रश्वासमा समस्या, निमोयाका लक्षणहरु हुन् ।
भाइरसबाट बच्ने उपायहरु के–के हुन् ?
यस भाइरसबाट बच्नका लागि संक्रमित व्यक्तिहरुले हाछ्यु गर्दा किटाणुहरु भएको ठाउँमा अन्य व्यक्तिको हातले छुदा स्वस्थ मानिस पनि संक्रमित हुन सक्छन् । त्यसैले यस भाइरसबाट बच्नका लागि प्रमुख उपाय भनेको साबुन पानीले हात धुने, संक्रमित व्यक्तिबाट टाढा रहने, रुघोखोकी संक्रमित व्यक्तिहरु अस्पताल गएर जोखिम लिनुभन्दा पनि आफ्नै घरमा विशेष ख्याल पु¥याउन, उच्च ज्वरो आएमा अस्पतालमा जानु पर्छ, स्वस्थकर खाने कुरा खाने, सरसफाईहरुमा ध्यान पु¥याउने, सभा समाहोरमा सहभागि नबेको अवस्थामा यस भाइरसबाट बच्ने सक्ने उपायहरु हुन् ।
भाइरसले खासमा कुन–कुन उमेर समूहलाई प्रभावित गर्दछ ?
यस भाइरसले सबैलाई संक्रमित गर्न सक्छ । यस भाइरसको प्रतिरोधात्मक क्षमता कम भएको उमेर बढिभएका वृद्वा वृद्वि, सुगरको विरामी, पे्रसरको विरामी, क्यान्सरका विरामी, साना बालबालिकाहरुलाई छिटो संक्रमितको सम्भावना बढी रहन्छ ।
यो भाइरसको उपचार सम्भव छ कि छैन ?
अहिलेसम्म यो भाइरसको औषधी नै उत्पादन भएको अवस्था छैन । विश्वका विकासित राष्ट्रहरुले पनि यस भाइरसबाट बच्न र बचाउने कुरामा ध्यान दिएको अवस्था छ । त्यसैले यस भाइरसको औषधी उत्पादन भएको छैन । भने विकासित राष्ट्रहरुले यस भाइरसको औषधीको अनुसन्धान गरी रहेका छन् । यस भाइरस विरुद्धको खोपा वा औषधी छैन । यस भाइरसको लक्षणको आधारमा उपचार हुँदै आएको छ । यो व्यक्तिगत आनिबानीमा ख्याल पु¥याउन सकिन्छ । तर, यसले माहामारीको रुप लियो भने धेरै समस्याहरु उत्पन्न हुन्छ । अहिलेसम्म यस भाइरसको उपचार अन्य रोगको जस्तो पूर्ण रुपमा भएको छैन । भने यस भाइरसबाट बच्ने उपयाहरु अबलम्बन र विरामीको उपचारमात्र भएको छ । भाइरसको संक्रमितबाट बच्न कस्ता खानेकुरा खानु पर्दछ ?
यो खानेकुरा खाएपछि बच्न सकिन्छ भन्ने अहिलेसम्म त्यस्तो छैन । तर, समग्र भाइरसको विरुद्ध लड्ने प्रतिरोधात्मक क्षमताको विकासको लागि भिटामीनयुक्त खानेकुरा हरियो सागपात, फलफुल, प्रयाप्त पानी पिउने, दुध, दही, अण्डा जस्ता भिटामीनयुक्त खानेकुराहरु खादा स्वास्थ्यमा धेरै फाइदा हुन्छ ।
यो बेला आयत फलफुल सहित अन्य खाने कुरा खादा के कुरामा ध्यान दिनु पर्छ ?
विभिन्न ठाउँबाट आयत भएका फलफुलहरु ब्जारमा प्रयाप्त उपलब्ध छन् । ति फलफुलहरु खानुभन्दा अघि पटक पटक पानीले सफा गरी खानु पर्छ । यदि आयत फलफुलहरु पानीले सफा नगरी खादा विभिनन विषादीले स्वास्थ्यमा असर पु¥याउँद छ । यो बेला आफ्नै ठाउँको फलफुल तथा खानेकुराहरु खादा सुरक्षित भयो ।
संक्रमित व्यक्तिले कुन–कुन खानेकुरा सेवन गर्नु पर्दछ ?
यस भाइरसबाट संक्रमित व्यक्तिहरुले झोलिलो खानेकुरा, तातो खानेकुरा, भिटामीनयुक्त खोनकुराहरु, आराम, व्यक्तिगत सरसफाई, आनिबानी र ज्वरो अनुसारको औषधीहरु खान समयमा नै ध्यान दिन आवश्यक छ ।
अस्पतालमा पूर्व तयारीको अवस्था के छ ?
यस अस्पताले आइसुलेशन कोठाको व्यवस्था गरेको छ । आधुनिक ज्वरो नाप्ने मेसिन, माक्स सहित अन्य आवश्यक पर्ने सामाग्रीहरुको व्यवस्था छ । विशेष परिस्थिको विदा, सुत्केरी विदा र क्रिया विदा बाहेक अन्य समयमा विदामा अस्पतालको कर्मचारी विदामा नबस्ने निर्णय भएको छ । यस अस्पतालको आइसुलेसनले कोरोना भाइरसको विरामीको चाप थाम्ननै नसक्ने अवस्थालाई मध्येनजर नगरी उपचारमा आवश्यक सामाग्री, स्वास्थ्य विभाग र प्रदेश निर्देशनालयमा अस्पताले चिठी पठाएको छ । यो अस्पताल १५ वेदेदको अस्पताल हो । सोही अनुसारको यस अस्पतालमा जनशक्ति उपलब्ध छ । भने सोही वेदेद अनुसार भौतिक संरचनाको व्यवस्था छ । त्यसैले यस अस्पतालमा दैनिक ३०÷४० विरामी भर्ना गर्नुपर्ने अवस्था अस्पतालको क्षमताभन्दा बाहिरको अवस्था हो । अहिलेसम्म अस्पतालमा सामान्य उपचारको लागि औषधीको व्यवस्था छ । तर, यस भाइरसबाट माहामारी नै फैलियो भने उपचारको लागि आवश्यक जनशक्ति र औषधीको माथिल्लो निकायमा माग गर्नु पर्दछ ।
जनचेतनामूलक कार्यक्रमहरु कसरी सञ्चालन गर्दै हुनुहन्छ ?
यस अस्पतालबाट डाक्टर सपना कर्णको नेतृत्वमा २ ओटा विद्यालयमा पुगेको कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् । रोल्पा नगरपालिका कार्यालय रोल्पाको निमन्त्रणामा नगरपालिको एक कार्यक्रममा डाक्टर सपना कर्णले यस भाइरस सम्बन्धि सहजिकरण गर्नुभएको थियो । साथै यस अस्पतालको डाक्टर अनिल के.सी. र डाक्टर सपना कर्णले सामुदायिक रेडियो मालश्रीमा यस भाइरसको लक्षण र बच्ने उपाय सम्बन्धि अन्तर्वाता सहभागिता हुनुभएको थियो । हरेक दिन यस अपस्तालामा स्वास्थ्य परीक्षणमा आएका विरामीहरुलाई समेत यस भाइरसको लक्षण र बच्ने उपायहरु जानकारी दिँदै आएका छौं ।
संक्रमितको स्वास्थ्य परीक्षण अस्पतालमै हुन्छ कि जिल्ला बाहिर पठाउनु पर्छ ?
हो, भाइरसको लक्षण पत्ता लगाउनका लागि संक्रिमतको स्वास्थ्य परीक्षणको व्यवस्था यस अस्पतालमा छैन ।विरामीको स्वास्थ्य परीक्षणको लागि जन स्वास्थ्य प्रयोगशाला टेकुमा नै पठाउनु पर्छ । त्यो पनि विशेष तरिका अपनाएर २ देखि ४ सेन्टेग्रट तापक्रममा उक्त प्रयोगशालामा पठाई सक्नु पर्छ ।
यो भाइरसको व्यापक प्रचार प्रसारकै कारण पनि मानिसहरुको मनोविज्ञानमा प्रभाव परेको बेला यस जिल्लाका स्थानीयतहका स्वास्थ्य शाखाहरु र नागरिकहरुले के कुरामा ध्यान पु¥याउन पर्छ ?
संघीय सरकारले यस भाइरसबाट बच्नकै लागि नीति नै लागू गरेको छ । त्यो नीति सबैले लागू गर्नु पर्छ । यस भाइरससँग सम्बन्धित विभिन्न समाचारहरु सामाजिक सञ्जालहरुमा सहजै उपलब्ध हुँदा पक्कै पनि मनोविज्ञानमा नै प्रभाव परेको छ । सामाजिक सञ्जालमा पहुँच पुगेको व्यक्तिहरुले पनि त्यस्ता कुराहरुमा धेरै ध्यान दिन आवश्यक छैन । किन भने सबै कुराहरु सत्यतामा आधारित हुँदैन । सामाजिक सञ्जालमा यस भाइरसबाट बच्ने उपायहरु बाहेक अन्य समाचारहरुप्रति चाँसो राख्नु हुँदैन । बच्ने उपचायहरुलाई अबलम्बन ग¥यौं भने यस भाइरसबाट बच्न सकिन्छ । यस जिल्लाका स्थानीयतहका स्वास्थ्य शाखाहरु पनि भाइरसको त्रासपूर्ण तथा भ्रमपूर्ण कुराहरुको सहजिकरण गर्दै सहज वातावरण सिर्जना गर्नु पर्दछ, । यस भाइरस सम्बन्धि जनचेतामूलक कार्यक्रमहरु प्रचार प्रसारमा ध्यान दिनुपर्छ, जसले आम मानिसहरुमा बढेको भाइरसको नकरात्मक सन्देश न्यूनिकरण भई सकरात्मक सोचको विकासमा सहयोग पु¥याउँछ ।
अन्तिममा केही कुरा छुटेका छन् ?
सर्व प्रथम त कोरोना भाइरस सम्बन्धि धारणाहरु पाठकसम्म पु¥याउने अवसर दिनुभएकोमा यस पत्रिकाको सम्पूर्ण पत्रिकाको टिमलाई रोल्पा अस्पताल रेउघा रोल्पाको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु । यो भाइरसको रोकथाममा विश्वका विकसित राष्ट्रहरुलाई कठीन भएको अवस्थामा विकासन्मुख राष्ट्र नेपालमा यसले माहामारीकै रुप लियो भने रोकथाममा आफैमा कठीन हुनेछ । त्यसैले यो भाइरसबाट संक्रम नहुन दिनुनै सर्वतम उपाय हो, विकासन्मुख राष्ट्र नेपालका लागि । यो भाइरसबाट बच्नका लागि अपनाएका उपायहरुलाई अबलम्बनका लागि म सबैलाई यस पत्रिका मार्फत हार्दिक अनुरोध गर्दछु ।

You may also like