रोल्पा नगरपालिका कार्यालयको आ.व. २०७६÷२०७७ को अन्तिम बैठक

रोल्पा नगरपालिका कार्यालयको आ.व. २०७६÷२०७७ को अन्तिम बैठक
असार ३१ गते
लिबाङ–रोल्पा


रोल्पा नगरपालिकाको आ.व. २०७६÷२०७७ को अन्तिम १९ औं बैठक आज सम्पन्न भएको छ । यस आर्थिक वर्षको समीक्षा सहित आगामी योजना नगरपालिकाले गरेको छ ।
नोबेल कोरोना भाइरस (कोभिड–१९) को यो जोखिमपूर्ण घडिमा पनि आफ्नो जिम्मेवारी निर्वाह गरेर रोल्पा नगरपालिकाको सबै कार्यक्रमहरु, योजनाहरुलाइ सफल रुपमा सम्पन्न गराउन भूमिका खेल्ने नगरपालिकाका योजनाशाखा, लेखाशाखा, स्वास्थ्य शाखा, शिक्षा शाखा, प्रशासन शाखा, महिला शाखा, बाँस, तथ्यांक, कृषि, पशु, जिन्सि, तथ्यांक, स्वरोजगार लगायतका सबै शाखामा कार्यरत कर्मचारीहरु, १० ओटै वडाका जनप्रतिनिधि, कर्मचारीहरु सबैको महत्वपूर्ण मुल्याङ्कनको प्रशंसा सहित स–धन्यवाद प्रदान गरेको निर्णय गरेको छ । विपद्को समयमा पनि यो आ.व.मा योजनाका कामहरु अवरोध नभएको र उपभोक्ता तथा सेवाग्राहीहरुबाट राम्रो प्रतिक्रिया आएको कार्यपालिकाले निष्कर्ष निकालेको छ । यो समयमा आफ्नो उत्तरदायि भुमिका व्यहोरेका सबै स्वास्थ्यकर्मी प्रति आभार व्यक्त गरेको छ ।
यसैगरी बैठकमा साना पहाडि अनुकुलन परियोजना आशाले नगरपालिकामा सञ्चालन गरेको कार्यक्रमको बारेमा समीक्षा कार्यक्रम समेत सम्पन्न गरेको छ । परियोजनाका रोल्पा शाखा प्रमुख रामबालक यादव सहितको कार्यालयका पदाधिकारीहरुको टोलिले परियोजनाको बारेमा बिस्तृत जानकारि सहित आगामी वर्षमा पनि सहकार्य गरेर अगाडि बढने बताउनुभयो । यस्तै नगर कार्यपालिकाले नगर शिक्षा योजनाको बारेमा छलफल गरेर आगामी वर्षमा नगर शिक्षा समितिको आफ्नो योजनाहरुलाई अगाडि बढाउने निर्णय गरेको छ । नगरपालिकाले कोरोनाको यो विपद्को घडीमा विद्यालय नखुलुन्जेलसम्म रेडियो शिक्षा कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ । नगर प्रमुख पूर्ण के.सी.को अध्यक्षतामा सम्पन्न नगर कार्यपालिकाको सन्चालन सदस्य सचिव एवम प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले गर्नुभएको थियो । बैठकमा शिक्षा योजनाको बारेमा उपसचिव महेन्द्र पराजुलिले र नगर स्वास्थ्यको बारेमा स्वास्थ्य शाखा प्रमुख टंक गिरीले समग्र अवस्थाको बारेमा प्रस्तुत गर्नुभएको नगर प्रेस संयोजक देवी कुमारी गुरुङले बताउनुभयो ।

You may also like