रोल्पा जिल्ला नाका र पसल पनि बन्द (लक डाउन)

रोल्पा समाचारदाता
चैत्र १० गते

कोरोना भाइसको संक्रमणलाई रोक्नका लागि रोल्पा जिल्लाका सम्पूर्ण नाकाहरु बन्द (लक डाउन) गरिने भएको छ । आज रोल्पा उद्योग वाणिज्यको आयोजनामा भएको सर्वपक्षिय छलफलबाट यस्तो निर्णय समेत गरिएको हो ।

रोल्पा उद्योग वाणिज्य संघको सोमबारबसेको बैठकले रोल्पा जिल्ला पनि सक्रमण फैलिएमा रोल्पामा भयावह समस्या हुन सक्ने भन्दै सबैभन्दा उत्तम उपाय मानिसहरुको भिडभाड नै कम गर्ने भएको भन्दै अब रोल्पा जिल्लाका सम्पूर्ण पसलहरु बन्द गर्ने निर्णय गरेको छ । साथै चैत्र ११ गतेदेखि रोल्पा जिल्लाका सम्पूर्ण नाकाहरुमासमेत लक डाउन गर्नुपर्नेमाग सरोकारवालालेसमेत राख्नुभएको थियो ।

रोल्पा जिल्लामा आइसुलेन निर्माण गर्नका लागि रोल्पा नगरपालिकाको मुख्य पहलमा रोल्पा जिल्ला अस्तालको समन्वयमा स्थान छनौट गरी बनाउने निर्णय समेत गरेको छ । जसका लागि उद्योग वाणिज्य संघ रोल्पा र नेपाल रेडक्रस सोसाइटीले सहयोगका लागि अनुरोध गर्ने गर्ने निर्णय गरेको छ । साथै जिल्लाका राजनीतिक दल, सरकारी कार्यालय, विभिन्न सरोकारवाला सम्पूर्ण निकायहरु सहयोगमा सम्पन्न गर्ने निर्णय गरियो ।

बैठकमा जिल्ला समन्वय समिति रोल्पाका का.वा. प्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिका नगरप्रमुख पूर्ण केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सचिव हरीप्रसाद घर्तीमगर, नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोर कुमार आचार्य लगायत, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकमार चन्द, निवर्तमान अध्यक्ष बालकृष्ण आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, नेपाल पत्रकार महाघं रोल्पाका प्रथम कार्यकालका अध्यक्ष मानसिंह विश्वकर्मा, सँस्थापक अध्यक्ष काशीराम डाँगी लगायत पत्रकार, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

रोल्पा जिल्लाको दाङ र होलेरीको सिमाना रुन्टीगढी गाउँपालिका होलेरी बजार, सुनिलस्मृति गा.पा. सुलिचौर, नाका, गंगादेव गाउँपालिका पाटीहाल्ना, त्रिवेणी गाउँपालिपालिका कपुरकोट, माडी गाउँपालिकाको घर्तीगाउँ, परिवर्तन गाउँपालिका पुत्लाचौर, थबाङ गाउँपालिकाको थबाङ, सुनछहरी गाउँपालिकाको पोबाङ, रोल्पा नगरपालिको लिबाङ लगायतमा उपचार कक्ष बनाइएको छ । सबैले सामान्य रुपमा पनि चेक जाँच गरेको छ

 

You may also like