माओवादी केन्द्रलाई विजय बनाउने तर्फ लागे माडीका माओवादी केन्द्रका नेता, कार्यकर्ता


रोल्पा समाचार
चैत्र १९ घर्तीगाउँ

This image has an empty alt attribute; its file name is 2.jpg


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी गाउँपालिकाको चौथो पूर्ण बैठक शनिबार सम्पन्न घर्तीगाउँमा सम्पन्न भएको छ । सो बैठकले आगामी निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई माडी गाउँपालिकामा विजय गराउनको लागि एकमतले अगाडि बढ्ने निर्णय गरेको छ । नेता देखि कार्यकर्ता र शुभचिन्तकसम्म लाग्ने तयारी गरी बैठकले निर्वाचन कार्यक्रमसहित अगाडि बढ्ने भएको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश कमिटी सदस्य एवं माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगर (आनन्द) ले माओवादीको उद्गम थलो रोल्पा भित्र माडी गाउँपालिकालाई फेरी माओवादी केन्द्रलाई विजय बनाउनको लागि सबै कार्यकर्ताहरुलाई लाग्नका लागि अपिल गर्नुभयो । उहाँले भन्नुभयोः–“विगतको निर्वाचनमा माओवादी केन्द्रका विरुद्धमा एमाले काग्रेसको गठबन्धन हुँदा पनि आफ्नो पार्टीबाट आपूmलाई विजय बनाएको स्मरण गराउँदै फेरी पनि माओवादी केन्द्र नै विजय बनाउँछौँ । त्यसका लागि सबै लागौँ ।”


त्यस्तै माडी गाउँपालिकामा सरकार निर्वार्चित भएदेखि निरन्तर काम गरिरहेको बताउँदै सरकारको तर्फबाट जग निर्माण गरेको अब इट्टा थप्न बाँकी रहेको बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश समिति सदस्य धनिकला बुढामगर, मानसिंह विश्वकर्मागाउँपालिकाका पढाधीकारी लगायतको उपस्थति रहेको थियो । गाउँपालिकाको बैठकले साझा उमेद्वार छनौट एवं सिफारिस लगायतको निर्णय गर्दै जिल्लामा पठाउने निर्णय गरेको छ ।
बैठक नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्ती (मित्रमणी) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव विरबहादुर घर्तीमगरले सञ्चालन गर्नुभएको थियो ।

You may also like