‘राष्ट्रिय स्वाधिनताता लड्डा मलाई फसाइयो’ –निवर्तमान सभाुख कृष्णबहादुर महरा

 

मानसिंह बिश्वकर्मा
फागुन २६ रोल्पा


निवर्तमानसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई यस पटक स्वागत गर्ने शुभचिन्तकको ओइरो लागेको थियो । उहाँलाई घरमा होस् वा बोलाएर पनि स्वागत गरे । त्यतिबेला आफू गाउँमा भेटघाटमा आउनुको मुख्य उद्देश्यले भनेको आफूले जतिसुकै खुशी र संकटको वेलामा रोल्पा र रोल्पालीलाई कहिल्यै पनि नविर्सेको बताउँदै आगामी दिनमा पनि नविर्सने बताउनुभयो । उहाँले भन्नुभयोः–“म वर्गसंघर्षमा हुँदा होस्, अथवा जनयुद्धमा र शान्तिपूर्ण राजनीनीतमा हुँदा पनि मैले रोल्पा र रोल्पालीलाई विर्सेको छैन त्यसलै मैले भविस्यमा पनि विर्सेने छैन, तपाईहरुले पनि नविर्सनु म तपाईको साथमा छु ।’
यस्तो विचार सोमबार गुरुङगाउँ, रुन्टबाङ, त्रित्रिकोट लगायत रोल्पा नगरपालिका विभिन्न गाउँएमा गरिएको विभिन्न स्वागत कार्यक्रममा व्यक्त गर्नुभएको हो । आफ्नो स्वागतमा फूलमाला र अविर हात हातमा लिएर बसेका आफ्ना शुभचिन्तकहरुको माझमा यस्तो विचार व्यक्त गरि रहँदा सहभागीहरुले ताली एक पछि अर्काे बजाउँदैँ गए । त्यतिबेला आफूहरुले कृष्णबहादुर महरालाई सधै राजनीतिक एवं शैक्षिक गुरु मान्दै आएको र महराले अझै रोल्पा र देशको लागि धेरै योगदान गर्नुहुने आशा रोल्पा नगरपालिका वडा नं. ४ का कृतिबहादुर विष्टले बताउनुभयो ।
निवर्तमान सभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधिनको लागि विगतको लामो राजनीतिक जीवन विताएको बताउँदै अझै निरन्तररुपमा नेपाल र नेपालीको लागि लडि रहने बताउनुभयो । महराले भन्नुभयोः–‘विगतको लामो समय राष्ट्रिय स्वाधिनताको लागि लडे, यो देश, नेपालको माटो, सगरमाथाको देश नेपाल प्राणभन्दा पनि प्यारो छ यही माटो र राष्ट्रिय स्वािधनको लागि लगि रहेनछु, मलाई जस्तो संकट आएपनि निडरभइ लड्ने विश्वास दिलाउँछु ।’
उहाँले यही राष्ट्रिय स्वाधिनताको लडाई लड्ने बेलामा षडयन्त्र पूर्वक आफूलाई पसाइएको बताउँदै यो जीत आफ्नो मात्रै नभएर आफूलाई सहयोग गर्ने र सुभचिन्तकहरुको जीत भएको बताउनुभयो । तर षडयन्त्र कसले र कसरी भन्ने बारेमा बोल्न आवश्यक नरहेको समेत स्पष्ट पार्नुभयो ।


उहाले विकास निर्माणमा रोल्पा नगरपालिका नगरपालिका र वडापालिकासँग जोडिनको लागि आग्रह गर्दै अगाडि बढ्न र आफूले सकेजति पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सधै जनता र देशको पक्षमा रहेर काम गर्न सकिने बतानुभयो । कृष्णबहादुर महरा राजनीति एवं शैंक्षिक गुरु भएकाले आगामी दिनमा पनि रोल्पा र रोल्पालीको सेवा गर्नका लागि अनुरोध रोल्पा नगरपालिका ४ का वडा अध्यक्ष एवं गुरुङ गाउँ होमस्टेका अध्यक्ष हरीजंङ गुरुङले बताउनुभयो ।

 

You may also like