अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज क्षेत्रीय शाखा समिति दमाम साउदी अरबबाट माया घर्तीमगरलाई आर्थिक सहयोग

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज क्षेत्रीय शाखा समिति दमाम साउदी अरबबाट माया घर्तीमगरलाई आर्थिक सहयोग
भाद्र ३० गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is m1-2-1024x768.jpg

रोल्पा नगरपालिका–८ जंकोट रोल्पा निबासी माया घर्तीमगरको उपचारका लागि आवश्यक रकम रकम अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज क्षेत्रीय शाखा समिति दमाम साउदी अरबाट रु ४४ हजार २०९ आर्थिक सहयोग प्राप्त भएको छ । उक्त रकम सोमबार जिल्ला समन्वय समिति रोल्पाको कार्यबाहक प्रमुख कर्ममाल परियारले घर्तीमगरलाई हस्तारण गर्नुभएको हो ।
यस समितिलाई माया घर्तीमगरको उपचारको लागि समााजलाइ अपिल गरेपछि अार्थिक संकलन अभियान समाजले सञ्चालन गरेको समितिको कोषाध्यक्ष रेशम पुनले बताउनुभयो । खुट्टाको घाउको पीडित घर्तीमगर विगत ६/७ महिनादेखि खुट्टामा ठूलो घाउ भएको थियो । आर्थिक अभावले घाउको उपचारमा समस्या भएको थियो । समाजमा आवद्व पदाधिकारी र विभिन्न सहयोगी मनकारी मनहरुबाट रकम संकलन गरी घर्तीमगरको उपचारमा आर्थिक सहयोग गरेकोप्रति समितिको पदाधिकारी सहित सहयोगी मनकारी मनहरुलाई अभियान्ता एवम् समाज सेवी तथा कलाकार इन्द्र पाखे मगरले आभार समेत व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is m1-2-1024x768.jpg

त्यस्तै, माया घर्तीमगरको उपचारको लागि आर्थिक सहयोग गर्नु हुने सहयोगी मनकारी मनहरु परिवर्तन गाउँपालिका–२ राङ्सी रोल्पा निबासी (हाल साउदी) कमानसिङ घर्तीमगरबाट १५१ रियाल, परिवर्तन गाउँपापिलका–१ कुरेली रोल्पा निबासी (हाल साउदी) चुन बुढाबाट १०५ रियाल, त्रिवेणी गाउँपालिका–४ गामलीचौर रोल्पा निबासी (हाल साउदी) भिम बुढामगरबाट १०१ रियाल, थबाङ गाउँपालिका–३ मिरुल सैपुडाँडा रोल्पा निबासी (हाल साउदी) चमार बुढामगरबाट १०१ रियाल, रोल्पा नगरपालिका–१ जिबाङ रोल्पा निबासी (हाल साउदी) प्रज्वल मगरबाट १ सय रियाल, धौलागिरी गाउँपालिपका–७ धारापानी म्याग्दी निबासी (हाल साउदी) तिलक पुनबाट १ सय रियाल, माडी गाउँपालिका–१ ओत रोल्पा निबासी (हाल साउदी) प्रकाश खड्काबाट ५५ रियाल, मध्यविन्दु नगरपालिका–९ नवलपुर निबासी (हाल साउदी) रामु आलेबाट ५१ रियाल, माडी गाउँपालिका–४ तालाबाङ रोल्पा निबासी (हाल साउदी) भुपेन्द्र डि.सी.बाट ५० रियाल, माडी गाउँपालिका–४ जिबाङ रोल्पा निबासी (हाल साउदी) सेर बहादुर घर्ती (सुनामी)बाट ५१ रियाल, परिवर्तन गाउँपालिका–५ बाब्बेचौर रोल्पा निबासी (हाल साउदी) जगत रोल्पालीबाट ५१ रियाल, गंगादेव गाउँपालिका–७ जयचौर रोल्पाली निबासी (हाल साउदी) बेद प्रसाद बुढामगरबाट ५० रियाल, थबाङ गाउँपालिका–२ थबाङ रोल्पा निबासी (हाल साउदी) धन झाँक्री मगरबाट ५१ रियाल, माडी गाउँपालिका–१ जबाङ रोल्पा निबासी (हाल साउदी) टेकम घर्तीमगरबाट ५१ रियाल, माडी माडी गाउँपालिका–६ कोर्चाबाङ रोल्पा (हाल रोल्पा नगरपालिका–२ रेउघा रोल्पा निबासी (हाल साउदी) रेशम पुनमगरबाट ५१ रियाल, रोल्पा नगरपालिका–१ हरिगात्ना रोल्पा निबासी (हाल साउदी) हरि खत्रीबाट ५१ रियाल, थबाङ गाउँपालिका–३ मिरुल रोल्पा निबासी (हाल साउदी) रमेश बुढामगरबाट ५१ रियाल, परिवर्तन गाउँपालिका–१ कुरेली रोल्पा निबासी (हाल साउदी) जंगबहादुर बुढाबाट ५१ रियाल, परिवर्तन गाउँपालिका–१ कुरेली रोल्पा निबासी (हाल साउदी) केस बुढामगरबाट ५१ रियाल, लुङ्ग्री गाउँपालिका–तेबाङ रोल्पा निबासी (हाल साउदी) दिपकसिङ थापाबाट ५१ रियाल, रोल्पा नगरपालिका–५ जेद्बाङ रोल्पा निबासी (हाल साउदी) नरेन्द्र घर्तीमगरबाट ५० रियाल र गंगादेव गाउँपालिका–७ उपल्लो जायचौर रोल्पा निबासी (हाल साउदी) बीरेन्द्र पुनमगरबाट २५ रियाल आर्थिह सहयोग गर्नुभएको थियो । घर्तीमगरको उपचार्थ आर्थिक संकलन अभियान्ता इन्द्र पाखे मगरको नाममा उक्त रकम जम्मा गरेको माया घर्तीलाई हस्तान्तरण संस्था कोषाध्यक्ष रेशम पुनले जानकारी दिनुभयो । समाजले रोल्पाको विभिन्न ठाउँमा गएको बाढिपहिरोमा भाबाङ, गंगादेव गाउपालिका र जंकोटमा पनि दमाम क्षेत्रीय समितिले ५७ हजार रकम संकलन गरेको थियो भने साथै बाढिपहिरो कै कारण म्याग्दी जिल्लालाई पनि दमाम क्षेत्रीय समितीको पहलमा ६७ हजार सहयोग रकम पठाएको कोषाध्यक्ष पुनले बताउनुभयो ।

You may also like