नेपाल कम्नियुष्ट पाटी( नेकपा) लुङग्री गाउँपालीका–५ नं. वडा कमिटीले मनायो २६ औं जनयुद्व दिवस

नेपाल कम्नियुष्ट पाटी( नेकपा) लुङग्री गाउँपालीका–५ नं. वडा कमिटीले मनायो २६ औं जनयुद्व दिवस
चन्द्र रोकामगर
सुलिचौर–रोल्पा

This image has an empty alt attribute; its file name is c1-1.jpg


त्कालीन नेकपा (माओवादी) पार्टीको नेतृत्वमा सञ्चालित महान जनयुद्वको २६ औं वार्षिकत्वस नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुङ्ग्री गाउँपापिलका–५ नं. वडा कमिटीले शनिबार मनाएको छ । वार्षिकत्सवको अवसरमा देशभरि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
कार्यक्रममा नेपाल कम्नियुष्ट पार्टी (नेकपा) लुङग्री गाउँपालिका कमिटी सचिव खिम बहादुर के.सी, राष्ट्रिय युवा संघका जिल्ला सदस्य गोविन्द पुनमगर, लुङ्ग्री गाउँपालिका–५ नं. वडा अध्यक्ष भरत कुमार थापा, वडा सदस्यहरु गौसरा घर्तीमगर, देविराम विष्ट, गणेश गुरुङ, शहीद परिवार, घाइते अपाङ्, वेपत्ता परिवाको उपस्थिति थियो । शहीद र वेपत्ता परिवारलाई अविर ल्यापन सहित दौसला ओधाएर सम्मान गरिएको छ । शहीद परिवार र वेपत्ता परिवारले आफ्नो आफन्तको सम्झनाले सताउने गरेको धारणा व्यक्त गरेका थिए । व्यक्ताहरुले देश र जनताको हितमा लडडेका शहीदहरुको बाँकी सपना पूरा गर्नका लागि सधैं लागि रहने प्रतिवद्वता व्यक्त गरेका थिए । वडा कमिटी अध्यक्ष कमेटिका अध्यक्ष रिक बहादुर रोकामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ लुङ्ग्री गाउँपालिका सदस्य लेपेन्द्र के.सी.ले गर्नुभएको थियो भने स्वागत गाउँपालिका कमिटी सदस्य प्रताप के.सी.ले गर्नुभएको थियो ।

You may also like