वाइसिएल नेपाल माडी गाउँपालिका २ नं.वडा घर्तिगाउँ रोल्पा कमिटीको भेला सम्पन्न

वाइसिएल नेपाल माडी गाउँपालिका २ नं.वडा घर्तिगाउँ रोल्पा कमिटीको भेला सम्पन्न


This image has an empty alt attribute; its file name is g3-1024x768.jpg

२ असोज, लिबाङ ।
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसिएल नेपाल माडी गाउँपालिका २ नं. वडा घर्तिगाउँ रोल्पा कमिटीको वडा भेला आज घर्तिगाउँमा सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is g1-1.jpg


उक्त कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) माडी गाउँपालि कमिटी रोल्पाका इञ्चार्ज शेर बहादुर बुढामगर, नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिका कमिटी रोल्पाका अध्यक्ष अमरसिंह घर्तीमगर, सोही पार्टीको माडी गाउँपालिका कमिटी २ नंं. वडा कमिटी इञ्चार्ज ललित घर्तीमगर, गाउँपालिका कमिटी सदस्य मधुसुधन बुढामगर, २ नं. वडा कमिटीको सचिव कमल घर्तीमगर, वाइसिएल नेपाल माडी गाउँपालिका कमिटी संयोजक दिपेन्द्र घर्तीमगर लगायतको आतिथ्यता थियो ।

This image has an empty alt attribute; its file name is g2-1-1024x768.jpg

भेलाले मनोज बुढामगरको संयोजकत्वमा ५५ सदस्यीय वाइसिएल वडा कमिटी गठन समेत गरेको आयोजकले बताएको छ । मनोज बुढामगरको अध्यक्षतामा सम्पन्न वडा भेलाको सञ्चालन वडा कमिटी इञ्चार्ज लालबीर घर्तीमगरले गर्नुभएको थियो भने स्वागत वाइसिएलका वडा सह इञ्चार्ज प्रेम बि.क.ले गर्नुभएको थियो ।

You may also like