थबाङबाट महराले भने ‘वास्तविक जनताको सत्ता आएको छैन’

मानसिंह बिश्वकर्मा
फागुन २५ रोल्पा

पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा आइतबार आफूले राजनीतिक जीवनको सुरुवात गरेको रोल्पा जिल्लाको थबाङमा पुगेर रोल्पा जिल्लाका सँस्थापक नेता तथा कार्यकता, शहीदपरिवारहरुसँग शुभचिन्तकहरुले भव्य स्वागत गरेका छन् । साथै स्वागतपछि पूर्व सभामुख कृष्णबहादुर महाराले कार्यकर्ताहरुसँग भलाकुसारी गर्नुभएको छ ।


रोल्पा जिल्लाको थबाङ कम्युनिट पार्टीको किल्लाको रुपमा सावित भएको छ । उहाँले रोल्पा जिल्लाका कम्युनिष्ट पार्टीका सँस्थापक नेता सुर्यलाल रोका, थबाङका कम्युनिष्ट नेता पूर्णबहादुर रोका (गोरे) लगायत प्राय नेता तथा शहीदपरिवार र कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको थियो । सो भेटघाट कार्यक्रममा बोल्दै पूर्व सभामुख कृष्णबहादुर महराले आफूहरुले परिकल्पना सोचेको जनताको सत्ता नआएको बताउँदै वास्तविक सर्वहारावर्गको सत्ता प्राप्तीको लागि निरन्तर क्रान्ति अनिवार्य भएको बताउनुभयो । उहाँले जनताको राज्यसत्ता प्राप्त भएमा मात्रै वर्गिय, जातीय, लिङ्गीय, क्षेत्रीय, साँस्कृतिक विभेदको अन्त्य हुने कुरामा आफू विशस्त रहेको बताउनुभयो ।


थबाङ सधै परिवर्तन र अग्रगमनको पक्षमा रहेको बताउँदै भन्नुभयोः–‘थबाङ विद्रोह, जनयुद्ध, परिवर्तन, महान शहीदहरुको सपना साकार पार्ने एउटा प्रतिक हो, माथि नेताको केही सीमा समस्या भयो, तर थबाङ विभाजित हुनु हुँदैन । राजनीतिक रुपमा आफ्ना मतभए पनि विकासका लागि एक हुनुपर्दछ”
शहीदहरुको बारेमा बोल्दै शहीदहरु सबैको साझा भएको धारणा राख्दै भन्नुभयोः–‘शहीद क. तेजमान घर्तीमगर, ललि रोका, सुनछहरी बुढामगर लगायतले धेरै महान सपुतहरुले बलिदान गरेको थबाङ हो त्यसको रक्षा, विकास गर्न सबैको दायित्व हो । शहीदलाई विभाजित गर्नुहुँदैन ।’


थबाङमा पूर्व सभामुख कृष्णबहादुर महरालाई गाउँपालिका, राजनीतिक पार्टी, शहीद परिवार, सर्वसाधारण लगायतले पञ्चेबाजासहितन स्वागत गरेका थिए । महरालाई फेरी राजनीति जीवनमा फर्किर देश र जनताको सेवा गर्न थबाङबासीले आग्रह एवं अपिल गरेका छन् । थबाङ आएर शहीद परिवार, पुराना आफ्ना नेता तथा कार्यकर्तासंग भेटघाट गर्दा सकात्मक एवं खुशी लागेको शहीद तेजमान घर्तीमगरको छोरा एवं समाजसेवी अजय घर्तीमगरले बतानभो ।

You may also like