श्रीमान दिलबहादुरलाई बचाउनको लागि रोल्पादेखी प्रचण्डसम्मको भेतवार्ता यात्रा  सबैको सहयोगबाट श्रीमान दिलबहादुरको उद्धार हुन्छ

 

मनिका बुढामगर
दिलबहादुर घर्तीमगरका जीवन संगीनी

२०७५ असार १० गते रोल्पा नगरपालिका–१० धबाङ निबासी दिच दिलबहादुर घर्तीगमर वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबको (ल्लकभम ब्।िम्ष्बदबजष् अयलनभचष्लन बलम भ्कत च्ष्थबमल) नामक कम्पनीमा कार्यरत रहेको समयमा घर्तीमगरले चलाएको गाडी ठक्करले सोही देशको नागरिको मृत्यु हुँदा अदालतले क्षतिपूर्ति स्वरुप करिव नेपाली ६५ लाख रुपैयाको फैसला गरेको अवस्थामा देश विदेशमा ‘दिलबहादुर बचाऔं’ विभिन्न संघ सस्थाहरुले सञ्चालन गरिरहेको समयमा घर्तीमगरको श्रीमति मणिका बुढामगरले ब्लड मणि संकलनमा विभिन्न सहयोगी निकायमा भौतारिदै गर्दा ‘दिलबहादुर बचाऔं’ अभियानको विषयवस्तुमा उहाँसँग रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक रेशम बि.क.ले गरेको कुराकानीको सार सङ्क्षेप्त प्रस्तुत गरिएको छ ।
हजुरलाई रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको तर्फबाट हार्दिक स्वागत गर्दछ ।
मेरो तर्फबाट पनि पत्रिका परिवारलाई धन्यवाद व्यक्त गर्दछु ।
हजुर कुन कार्यमा व्यस्त हुनुहुन्छ, नि ?
म अहिले वैदेशिक रोजगारीको शिलशिलमा साउदी अरबमा ब्लड मणिको अभावमा जेल जीवन बिताइरहेका मेरो श्रीमान दिलबहादुर घर्तीमगरको ब्लड मणि संकलन कार्यमा नै व्यस्त छु ।
‘दिलबहादुर बचाऔं’ अभियान देश विदेशमा नै व्यपाक सञ्चालन भइरहेको समयमा हालसम्म कति रकम संकलन भएको जानकारी छ ?
‘दिलबहादुर बचाऔं’ मूल समितिका संयोजक दिपेश पुनमगर, सचिव जीवन प्रवेश रोकामगर, स्वयम म गरी तीन जनाको नेपाल राष्ट्रिय वाणिज्य बैंक काठमाण्डैंमा संयुक्त खाता सञ्चालन गरिएको छ । उक्त समितिको खातामा बिहीबारसम्म २६ लाख रुपैया जम्मा भएको छ ।
‘दिलबहादुर बचाऔं’ मूल समितिलाई कुन–कुन सहयोगी निकायबाट रकम हस्तान्तरण गरेका छन् ?
अहिलेसम्म मलाई जानकारी भए अनुसार राप्ती समाज यु.के, पर्चुगोल बेल्जिएम, मलेसिया, साउदीको सन्दर्भमा धनेश बि.सी, मिलन रसाइली, सुन्दर रोकामगर, हेमसिङ घर्ती, जितबहादुर आले, लगायतका थुप्रै सहयोगी मनकारी मनहरुले ‘दिलबहादुर बचाऔं’ अभियान मार्फत ब्लड मणि संकलन गरी पठाएका छन् भने नेपाल कम्यूनिष्ट पार्टी प्रवास मोर्चाले ‘दिलबहादुर बचाऔं’ अभियानमा संकलन गरेको ४७ हजार ४ सय ९२ रुपैया बिहीबार नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति रोल्पाद्वारा हस्तान्तरण भएको थियो । त्यसैगरी कतारमा रहेका भरत, लोकेन्द्र रोकामगर लगायतले सामूहिक तथा व्यक्तिगत ‘दिलबहादुर बचाऔं’ अभियान सञ्चालन ब्लड मणि संकलन गरी ‘दिलबहादुर बचाऔं’ मूल समितिको खातामा पठाइसक्नु भएको छ भने जन प्रगतिशिल मञ्च साउदीका बाबुलाल, समाज सेवी होम सुनारी मगर, हितमान बुढामगर, चक्र पनुमगर, प्रेम पुन, भरत, लगायतले संकलन गरेको रकम खातामा आउन बाँकी नै छ । जसरी देश विदेशमा ‘दिलबहादुर बचाऔं’ अभियान नै सञ्चालन गरी दिलबहादुर घर्तीमगरलाई साउदी अरबको जेल जीवनबाट जेलमुक्त बनाउनको निम्ति ब्लड मणि नेपाली रु ६५ लाख रुपैया नपुग्दासम्म अभियान निरन्तर सञ्चालन गर्ने प्रतिवद्वता व्यक्त गर्दै आएका छन् । देश विदेशमा ‘दिलबहादुर बचाऔं’ अभियान निरन्तर रुपमा नै सञ्चालन भइरहेको छ ।
देश विदेशमा ‘दिलबहादुर बचाऔं’ अभियानहरुबाट हालसम्म कति रकम संकलन भएको जानकारी छ वा छैन ?
‘दिलबहादुर बचाऔं’ मूल समितिको खातामा संकलनमा जम्मा भएको जम्मा २६ लाख रुपैया जम्मा भएको जानकरी छ भने बिहीबारसम्म अन्य ‘दिलबहादुर बचाऔं’ अभियानमा संकलन भएको रकमको बारेमा मलाई जानकारी आएको छैन भने धेरै अभियान्ताहरु अभियानकै चरणमा भएकोले सबै रकम संकलन गरी जानकारी दिने बताउँदै आएका छन् । विदेशको सन्र्दभमा इट पर्वको समय भएकाले धेरै सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका सहयोगी मनहरुको कम्पनीमा तलब नआएको हुँदा जम्मा रकम संकलन घोषणा हुन नसकेको हुँदा केही दिनमा नै संकलित रकमको सार्वजनिक गरी खातामा पठाउने जानकारी दिएका छन् ।
‘दिलबहादुर बचाऔं’ अभियानमा ४० लाख रकम संकलन भएको भन्ने छ, नि हजुरलाई जानकारी छैन या छैन ?
हो, देश विदेशमा विभिन्न निकायहरुको विशेष पहलमा ‘दिलबहादुर बचाऔं’ अभियान मार्फत ब्लड मणि संकलन गरी साउदी अरबको जेल जीवनमुक्तको निम्ति संस्थागत वा व्यक्तिगत रुपमा ब्लड मणि संकलनको निम्ति ‘दिलबहादुर बचाऔं’ अभियान सञ्चालन भइरहेको छ तर मलाई हालसम्म २६ लाख रकम बाहेक अन्य संकलित रकमको विषयमा वास्तविकता जानकारी आएको छैन । देश विदेशमा सामूहिक वा व्यक्तिगत रुपमा नै ‘दिलबहादुर बचाऔं’ अभियान सञ्चालन गरिरहेको समयमा विदेशको अभियानमा इट पर्वले गर्दा जम्मा हुन नसकेको अवस्थामा केही दिनमा नै सबै अभियान्ताहरुले संकलन रकम जम्मा गरी सार्वजनिक गर्ने तयारी गरिरहेको हुँदा केही दिनमा नै बास्तविकता रकम संकलन भएको भन्नु कुरा सबैलाई जानकारी हुन्छ ।
 ‘दिलबहादुर बचाऔं’ अभियान सञ्चालन भइरहेको समयमा ति अभियान्ताहरुलाई हजुरले थप के भन्नु हुन्छ ?
सर्व प्रथम त म सम्पूर्ण ‘दिलबहादुर बचाऔं’ अभियान्ताहरुले नखाई, नलाई, आफ्नो सावुनपानीबाट बचाएर भएपनि मेरो श्रीमान साउदी अरबको जेलमुक्तको लागि सहयोग रकम संकलन गरिदिनु भाछ, आफैले पनि सहयोग गर्नुभाछ, साउदी अरबको कानुनलाई पनि प्रवाह नगरी आफ्नो ठाउँमा सक्रिय भूमिका निर्वाह गरिरहेको समयमा सम्पूर्ण अभियान्ताहरु र सहयोगी मनकारी मनहरुलाई हदृयदेखि नै आभार व्यक्त गर्दछु । फेरि पनि अहिलेसम्म विभिन्नि समूह वा व्यक्तिगत रुपमा सञ्चालित ‘दिलबहादुर बचाऔं’ अभियान्नबाट हालसम्म २६ लाख रकमले मात्र मेरो श्रीमान साउदी अरबको जेलमुक्त बन्ने सम्भावना नभएकोले साउदी अरबको अदालतले फैसला गरेको ब्लड मणि नेपाल करिव ६५ लाख रकम सम्पूर्ण अभियान्ताहरुलाई म हार्दिक अनुरोध गर्दछु किन कि सम्पूर्ण अभियान्ता र सहयोगी मनकारी मनहरुको सहयोगबाट नै उक्त ब्लड मणि संकलन गरी जसरी भएपनि मेरो श्रीमानलाई नेपाल फर्कादिनका लागि पुनः अनुरोध गर्दछु ।
कुन–कुन अभियान्ताहरुले ‘दिलबहादुर बचाऔं’ अभियान सञ्चालन गरिरहेका छौं भने जानकारी आएको छ कि छैन ?
मैले हालसम्म जानकारी पाए अनुसार जलजला सेवा समाज दोहाकारतार, जनप्रगतिशिल मञ्च साउदी, नेपाल मगर संघ साउदी, नेपाल मगर संघ मलेसिया लगायत अन्य देशमा गठन भएका नेपाल मगर संघ लगायत अन्य विभिन्न निकायहरुले ‘दिलबहदुर बचाऔं’ अभियान सञ्चालन गरिरहेका छौं भनेर मलाई जानकरी आएको छ भने स्वेदशमा ‘दिलबहादुर बचाऔं’ मूल समिति, योङ क्युनिष्ट लिग नेपाल ‘वाइसियल’ रोल्पा, नेपाल कम्युनिष्ट पार्टी प्रवास मोर्चा साउदी, रोल्पा उद्योग वाणिज्य संघ, रोल्पा नगरपालिका सहित जिल्लाका सबै गाउँपालिकाले नै ब्लड मणि संकलन गरिरहेको छन् भन्ने जानकारी आएको छ ।
आफ्नो श्रीमानलाई जेलमुक्तको निम्ति कुन–कुन निकायमा पुग्नुभयो ?
साउदी अरबको जेलमा जेल जीवन बिताइरहेका मेरो श्रीमानलाई जेलमुक्तको निम्ति प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय, म्यान पावर व्यवसायी लगायत अन्य विभिन्न ठाउँमा पुगी सकेकी छु । प्रमुख कुरा त ‘दिलबहादुर बचाऔं’ अभियान एक वर्ष पहिलेदेखि नै सञ्चालन गरिएको थियो तर बीचमा साउदी राजदुताबासले हामी दिलबहादुरलाई निर्दाेश सावित गर्न सक्छौं भनेर आश्वासन दिएपछि हामी ‘दिलबहादुर बचाऔं’ अभियान बीचमा रोकिएको थियो । त्यो समयमा मलाई सम्बन्धि निकायमा पु¥याउनु हुने जीवन प्रवेश रोकामगर, किरण, सुशिला, गुलाफ लगायतले प्रधानमन्त्री, मन्त्री कार्यालय लगायत अन्य विभिन्न सम्बन्धित निकायमा पु¥याउन सहयोग गर्नुभयो । प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय सहित अन्य विभिन्न सम्बन्धित निकायहरुमा पुनः पुग्दै छु । साथै स्वदेश तथा विदेशका विभिन्न संघ संस्थाहरुहरुको सामूहिक तथा व्यक्तिगत पहलमा मेरो श्रीमान साउदी अरबको जेलमुक्त निम्ति ‘दिलबहादुर बचाऔं’ अभियानले १०० प्रतिशत सफल्तामा पुग्ने विश्वासको वातावरण सिर्जना भएको छ । ‘दिलबहादुर बचाऔं’ मूल समिति संयोजक दिपेश पुनमगर, सचिव जीवन प्रवेश रोकामगर लगायत सम्पूर्ण अभियान्ताहरुको सक्रियतामा ‘दिलबहादुर बचाऔं’ अभियान पछिल्लो समयमा सक्रिय बनेको छ भने प्रमुख कुटनीतिक पहलमा साउदी अरब देशमा नै गर्नुपर्ने भएकाले बाबुलाल, हितमान लगायतको टिमले स्वदेश तथा विदेशमा रहनुभएको सहयोगी मनहरु पछिल्लो समयमा देख्दै छु, जुन सक्रियताले ‘दिलबहादुर बचाऔं’अभियानले सार्थकता पाउँदै भन्ने मलाई लागेको छ । साउदी अरबको जेलमा जेल जीवन बिताइरहनु भएको मेरो श्रीमानलाई जेलमुक्तका लागि कुटनीति पहलदेखि आर्थिक सहयोग पाइरहेकी छु । रोल्पाको गाउँको कुना कन्दराबाट जनयुद्धका नायक प्रचण्डसम्म भेटे एउटा विश्वासको वातावरण भएको छ ।
सम्पूर्ण सहयोगी मनहरुलाई हजुरले के भन्नु हुन्छ ?
म थप स्वेदेश तथा विदेशमा ‘दिलबहादुर बचाऔं’ अभियान सञ्चालन गरी ब्लड मणि संकलन गरिरहनुभएका सम्पूर्ण अभियान्ताहरु र सहयोगी मनकारी मनहरुलाई सउदी अरबको जेल जीवन बिताइरहेका मेरो श्रीमान जेलमुक्त भई स्वदेश नफर्किदासम्म ‘दिलबहादुर बचाऔं’ अभियान्ताहरुलाई निरन्तर सञ्चालनका लागि अनुरोध गर्दछु भने सहयोग मनकारी मनहरुलाई पनि सक्दो सहयोगका लागि पुनः हार्दिक अनुरोध गर्दछु । साउदी अरबको अदालतले फैसला गरेको ब्लड मणि करिव नेपाली ६५ लाख रकम नपुग्दासम्म ‘दिलबहादुर बचाऔं’ अभियान रोक्नु हुने छैन भने विभिन्न संघ संस्थाको संस्थागत तथा व्यक्तिगत पहलमा ब्लड मणि संकलनमा थप सहयोगी भूमिका निर्वाह गर्नु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । साथै ‘दिलबहादुर बचाऔं’ अभियानका अभियान्तासँग सम्पर्क गरी सहयोग गर्न चाहने सहयोगी मनकारी मनहरुले सक्दो सहयोग गरिदिनका लागि सबै सहयोगी मनकारी मनहरुलाई अनुरोध गर्दछु । यो अभियान २०७५ साल वैशाष महिनाको २५ गते काठमाण्डैमा पत्रकार सम्मेलन मार्फत सञ्चालन गरिएको ‘दिलबहादुर बचाऔं’ अभियान सञ्चालन भएको छोटो समयमा नै औपचारिक रुपमा २६ लाख रुपैया संकलन हुनु अभियानले प्रगति हासिल गरेको मलाई महशुस भएको छ । मलाई प्रत्यक्ष भेटेर सहयोगी मनकारी मनहरुले सहयोग गर्ने अवस्था नहुन सक्छ तर ‘दिलबहादुर बचाऔं’ अभियान देश विदेशमा व्यपक रुपमा सञ्चालन भइरहेको हुँदा सहयोगी मनकारी मनहरुलाई अभियान्तासँग सम्पर्क गरी सहयोगका लागि समेत अनुरोध गर्दछु । सबै सहयोगी मनकारी मनहरुको सहयोगबाट नै मेरो श्रीमान साउदी अरबको जेल जीवनबाट मुक्त भई स्वदेश फर्किनु हुनेछ भन्ने आशा व्यक्त गर्दछु ।
ब्लड मणि कहिलेसम्म बुझाउनु पर्ने हो ?
साउदी अरबको अदालत पुनरावेदनले फैसला गरेको करिव नेपाली ६५ लाख रकम ब्लड मणि रकम बुझाउने समय निर्धारण गरेको छैन । २०७५ साल वैशाष महिनाको २२ गते साउदी अरबको अदालतले उक्त ब्लड मणि करिव नेपाली रकम ६५ लाख रकम फैसाल गरे अनुसार २०७५ साल असार महिनाको २२ गते उक्त ब्लड मणि बुझाउने गरी देश तथा विदेशमा ‘दिल बहादुर बचाऔं’ अभियान सञ्चालन गरिएको हो । उक्त ब्लड मणि नबुझाउँदासम्म मेरो श्रीमानले आजीवन जेल जीवन बिताउनु पर्ने अदालतले फैसला गरेको छ । त्यसैले एकप्रकारले आजीवन र मृत्यु दण्ड भन्नु एउटै हो । अदालतले फैसला गरेको तीन महिनासम्म मुद्वा ताजै हुन्छ र तीन महिनाको समयभन्दा बढि भएको अवस्थामा मेरो श्रीमान दिलबहादुर घर्तीको मुद्वा प्यान्डिङ हुने भएको तीन महिना भित्रै उक्त ब्लड मणि बुझाउने हाम्रो लक्ष्य हो ।
‘दिलबहादुर बचाऔं’ अभियानको क्रममा नेपाल सरकारबाट कति साहयोग प्राप्त भयो ?
गत वर्ष साउदी अरबको पुनरावेदनमा मेरो श्रीमान दिलबहादुर घर्तीको मुद्वा चलिरहेको थियो । पुनरावेदन अदालतमा मुद्वा चलिरहेको समयमा नेपाल सरकारको सम्बन्धित मन्त्रालयरुलाई भेट्दा पनि विदेशको मुद्वा भएकाले केही भएन र म रित्तै फर्र्किएर आए तर अहिले पुनरावेदन अदालतले घर्तीलाई दोषि सावित गर्दै ब्लड मणि (नेपाली करिव ६५ लाख रकम) को फैसला ग¥यो । अदालतले फैसला गरेको उक्त ब्लड मणि हाम्रो घरपरिवारमा जुट्ने सम्भव पनि थिए र म ब्लड मणि संकलनको क्रममा उप राष्ट्रपति नन्दबहादुर पुनमगर, निर्वतमान सभामुख ओनसरी घर्ती, सभामुख कृष्णबहादुर महरा, उर्जा तथा जलजस्रोत सिंचाई मन्त्री वर्षमान पुनमगरले ५०÷५०÷५०÷५० हजार रुपैया सहयोग प्रदान गर्नुभयो तर नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई भेट्ने अवसर अझै पाएको छैन । कहिले मेरो कार्य व्यवस्ता, कहिले प्रधानमन्त्री ज्यूको कार्य व्यवस्ता, कहिले मलाई प्रधानमन्त्री कार्यालयसम्म पु¥याउने साथिहरुको कार्य व्यस्तताले गर्दा प्रधानमन्त्री ज्यूलाई भेट्न सकिएको छैन तर म उहाँलाई भेट्ने नियमिति प्रयास गरिरहेकी छु, कुनै बेला पक्कै पनि पधानमन्त्री ज्यूलाई भेट्ने प्रत्यन चाहि गरिहरेकी छु नै ।
‘दिलबहादुर बचाऔं’ अभियानबाट नेपाली ६५ लाख रकम संकलन हुँदै गर्दा आर्थिक पारदशिता विषयमा व्यापक टिका टिप्णी भएको अवस्थामा हजुरको धारणा के छ ?
जसरी साउदी अरबको जेलमा जेल जीवन बिताइरहेका मेरो श्रीमान दिलबहादुर घर्तीलाई जेल जीवनबाट मुक्त बनाउने उद्वेश्य सहित ‘दिलबहादुर बचाऔं’ अभियान सञ्चालन गरिएको अभियान हो । यस अभियान मार्फत लाखौं रकम संकलन हुँदै गर्दा आर्थिक पारदशिताको विषयमा प्रश्न उठ्ने कुरा स्वभाविकै नै हो तर ‘दिलबहादुर बचाऔं’ अभियान्ताहरुले आफ्नो संस्था र व्यक्तिगत छवि माथि सधैका लागि प्रश्न उठ्ने काम गर्नु हुँदैन भन्ने कुरामा म पूर्ण विश्वश्त छु । जुसरी साउदी अरबको जेलमा जेल जीवन बिताइरहेका मेरो श्रीमान दिलबहादुर घर्तीमगरलाई जेलमुक्त बनाउनको निम्ति देश विदेशमा ‘दिलबहादुर बचाऔं’ अभियानबाट नै उहाँ स्वदेश फर्किने प्रमुख आधार हो । ‘दिलबहादुर बचाऔं’ अभियानको क्रममा आर्थिक अनियमिता, अपारदशिता गर्नु हुन्छ भन्नेर मेरो मनबाट नै बोल्न सक्दैन र त्यस्तो पनि लाग्दैन । ‘दिलबहादुर बचाऔं’ अभियानका अभियान्ताहरुले दिलबहादुर घर्तीमगरलाई जेलमुक्त बनाएर स्वदेश फर्काउने लक्ष्य, उद्वेश्य सहित सञ्चालन गरिएको अभियान मार्फत सम्र्पणू अभियान्ताहरुले महत्वपूर्ण जिम्मेवारी भूमिका निर्वाह गरिरहेको समयमा ति अभियान्ताहरुले आफ्नो संस्था वा व्यक्तिगत इमान्दारीता, पारदशिता विषयमा प्रश्न उठ्ने काम पक्कै हुँदैन । त्यसैले अभियानको क्रममा आर्थिक पारदशिताको विषयमा सरोकारवाला निकायहरुको चाँसो, प्रश्न उठ्नु स्वाभाविक नै हो तर अभियान्ताहरुले आर्थिक पारदशिता सार्वजनिक गर्नु ठूला कुरा अरु केही होइन जस्तो मलाई लाग्छ । मलाई के लाग्छ भने जसरी साउदी अरबको जेलमा जेल जीवन बिताइरहेका मेरो श्रीमान घर्तीलाई जेलमुक्त बनाउने उद्वेश्यले सञ्चालन गरिएको ‘दिलबहादुर बचाऔं’ अभियानलाई सफल बनाउन सम्पूर्ण अभियान्ता र सहयोगी मनकारी मनहरुको भूमिका अटुलनीय रहन्छ भन्ने कुरामा म विश्वश्त छु । मेरो श्रीमानको नाममा राजनीतिकरण, धार्मिकताकरण, जातिकरण गर्न सम्पूर्ण अभियान्ताहरुलाई विनम्र पूर्वक अनुरोध गर्दछु । त्यसैले सबैलाई विश्वास गर्दछु कि सबै अभियान्ताहरुले मानवताको भावनाले अभियानलाई सार्थकता बनाउनु हुनेछ भन्ने सबै सहयोगी मनकारी मनहरुले पनि ‘दिलबहादुर बचाऔं’ अभियानमा नेपाली दाजुभाइ, दिदी बहिनी, बुबा–आमा लगायत सबै सहयोगी मनकारी मनहरुलाई सक्दो सहयोगका लागि अनुरोध गर्दछु । ‘दिलबहादुर बचाआंै’ अभियानका सबै अभियान्ताहरुलाई विवादरहीत, पारदशिता, विश्वश्नीयताका अभियान सफल बनाउनु हुनेछ भन्ने विश्वास गर्दछ ।
वैदेशिक रोजगारीमा जाने तयार भएका नेपाली जिल्लाबासीलाई के भन्नु हुन्छ, नि ?
मैले मेरो श्रीमान जस्तो वैदेशिक रोजगारी पुगेर विभिन्न किसिमका पीडाहरुसँग छटपाटाइरहेको नेपालीहरुको पीडा, दुःख, कष्टहरु सामाजिक सञ्जालमा सार्वजनिक भएको आम हामी देखिरहेको छौ । त्यसैले रोजागरीको शिलशिलमा विदेशिएर नेपाली दाजुभाइ, दिदी बहिनीहरुलाई म सर्व प्रथम के भन्दछु भने पैसा भनेको विदेशमा मात्र नभई नेपालमा पनि पैसा कमाउने क्षेत्रहरु थुप्रै छन् । नेपालीले विदेशको ठाउँमा बगाएको पसिना जस्तो आफ्नो ठाउँमा पसिना बगाएको खण्डमा आफ्नै ठाउँमा प्रयाप्त पैसा कमाउन सकिन्छ । केही समयमा नै वैदेशिक रोजगारीको शिलशिलमा सिकेका सीप कलालाई आफ्नै ठाउँमा प्रयोग गरी व्यवसायी सञ्चालन गर्दा जस्तो उपयुक्त केही हुँदैन । दास्रो कुरा विदेश नै जानु पर्ने नै हो भने सीप सिकेर आफूलाई पठाउने कम्पनी, डलालीला, आफूले गर्ने कामको बारेमा राम्ररी बुझेर मात्र विदेश जाँदा उपयुक्त हुन्छ किन भने मेरो श्रीमानलाई स्काभेटरको अपरेटर भनेर विदेश पु¥यो तर त्यहाँ ठूलो ट्ररक चलाउन लगायो । उहाँलाई स्काभेरटरको नै अपरेटर बनाएको भए आज यस्तो समस्या सायद आउने थिएन । त्यसैले सम्पूर्ण नेपालीले विदेश पठाउन लागेको कम्पनी, डलाली, आफूले गर्ने कामको बारेमा बुझेरमात्र वैदेशिक रोजगारीमा जानु होला भन्दछु ।
अन्तिममा केही भन्नु हुन्छ, कि ?
अन्तिममा यस पत्रिका मार्फत के भन्दछु भने कलाकारले कला गला, पत्रकारहरुले कलम, समाज सेवीहरुले बोली मार्फत ‘दिलबहादुर बचाऔं’ अभियानलाई सार्थकता बनाइदिनु हुनेछ भन्ने अपेक्षा व्यक्त गर्दछु । एउटा दिलबहादुर घर्ती साउदी अरबको जेलमा ब्लड मणिको अभावमा जेल जीवन बिताउनुपर्ने बाध्यत्मक अवस्था छ । घर्तीलाई जेल जीवनबाट मुक्तको निम्ति आज म मणिका विभिन्न संघ संस्था तथा व्यक्तिहरुसँग ब्लड मणि संकलनमा संघर्ष पर्नुपर्ने अवस्था छ । भोलिका दिनमा म जस्तै ब्लड मणिका संकलनमा अन्य नेपाली दिदी बहिनीहरुलाई भौतारिनु पर्ने अवस्था नआओस् । अब आम नेपाली नागरिकले यस्तो पीडा भोग्न नपरोओस् भनेर आम पत्रकारहरुको कलम मार्फत सम्बनिधत निकायमा पुग्नेछ भन्ने आशा व्यक्त गर्दछु । आगामी दिनमा यसरी नेपाली दिदी बहिनीहरुले म जस्तै रुदै आफ्नो श्रीमानको उद्वारको निम्ति सहयोगी निकायहरु खोज्नु पर्ने सिर्जना नहोस् भन्न चाहन्छु । वैदेशिक रोजगारको शिलशिलमा कम्पनीमा कामको समयमा दिलबहादुर घर्तीको जस्ता दुर्घटना भएपनि आगामी दिनमा आम आर्थिक व्यवस्थाप सरकारलाई अनुरोध गर्दछु । साथै रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाले ‘दिलबहादुर बचाऔं’ अभियानको बारेमा आफ्ना विचार राख्ने अवसर दिएकोमा पत्रिका परिवारलाई विशेष धन्यवाद व्यक्त गर्दछु ।

You may also like