थबाङ गाउँपालिकामा बोरा सकेट बम फेला

रोल्पा समाचारदाता
फाल्गुन २८रोल्पा ।


रोल्पाको थबाङ गाउँपालिका वडा नं ३ मिरुलको रापाजङ्गगलमा दुई बोरा सकेट बम फेला परेको छ ।
बुधवार विहान करिव १० बजे तिर स्थानीयले घाँस काट्ने क्रममाशंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेको प्रहरी चौकी मिरुल रानागाउँका प्र.ह डम्बर बहादुर चलाउनेले जानकारी दिनुभयो । सूचनापाए लगतै प्रहरीको टोली उक्त स्थानमा खटिएको प्रहरी टोलीले दुई बोरा बम फेलापारेको हो ।
थबाङ गाउँपालिकाको वडा नं ३ मिरुलको वडा कार्यलयबाट करिव ५० मिटरको दुरीमा बम फेला परेको हो । बम राखिएको बोराहरु कुहिएको अवस्थामा रहेको छ भने बम कसले किन राखिएको भन्ने बारेमा अनुसन्धान भैरहेको प्र.ह चलाउनलाई उढृत गर्दै थबाङ गाउँपालिका प्रेस संयोजक विमलराज डाँगीले बताउनुभयो ।
जिल्ला सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भेटिएको प्रहरीले जानकारी गराएको बताउँदै सुरक्षा निकायको माथिल्लो निकायमा खवर गरि सकेको जानकारी दिनुभयो । साथै उहाँले विहीबार विहानमात्रै सकेट बम डिस्पोजको लागि नेपाली सेनाको बम डिस्पोज टोली घटनास्थल आउँदैछ ।
विगतको युद्धकालमा एकान्त जंगलमा राखिएको सकेट बम हाल फेला परेको हुन सक्ने स्थानीयबासीहरुले बताएका छन् ।

You may also like