ऊर्जा मन्त्री वर्षमान पुनगको पहलमा घर छेउमै एनएमवी बैंक सञ्चालनले जनता खुशी

मानसिंह विश्वकर्मा
रोल्पा, १५ फागुन–


ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनमगर ‘अनन्त’ ले पहिले साहुको घरमा ऋण लिएर समस्या साधान गर्ने चलनको विस्तारै अन्त्य भइसकेकोले गर्दा हाल बैंकबाट कर्जा लिएर उद्यम, रोजगार लगायत घरायसी समस्या साधान गर्ने बतानुभयो । ऊर्जामन्त्री वर्षमान पुनमगरको पहलमा मन्त्रीले आफ्नै घर छेऊमा बैंक सञ्चालन भएपछि स्थानीयबासी खुशी भएर बाजा गाजाले बैंकलाई स्वागत गर्दै उद्घाटन कार्यक्रममा सरिक भए ।

उहाँले रोल्पाका नारिकहरुको घरायसी एवं उद्यमी सञ्चालन गर्नका लागि बैंकले कर्जा प्रवाह गरी रहेको बताउँदै आगामी दिनमा बैंक जनताको लागि हुनुपर्नेमा बताउनुभयो ।


उहाँले पवन गोल्याङ एउटा देशको सफल व्यावसायीक व्यक्ति भएको बताउँदै रोल्पामा जनताको लागि नै कार्य गरिदिनका लागि अनुरोध गर्नुभयो । उहाँले कृषि कर्जामा नागरिकलाई सेवा प्रदान गर्नका लागि आर्थिक रुपमा सफल बन्नका लागि अनुरोध गर्नुभयो ।

कृषि तथा पशुपालनका लागि विस्तारै माडीचौरको बजारीकरणका लागि सकरात्मक भएको बताउँदै माडीचौरका जलसाययुक्त आयोजना स्थापना, कृषि क्याम्पस स्थापना, बैंकको स्थापनाले गाउँका किसानलाई सहयोग गर्ने बताउनुभयो । यस बैंकले गाउँमा लगानी गरी गाउँको लगानी गरि दिनका लागि नै सकरात्मक रहेको छ । उहाँले रोल्पामा लगानी गरी अगाडि बढेर काम गरेर अगाडि बढ्न त्यसको सुरक्षा एवं सहयोगका लागि अनुरोध गर्नुभयो । उहाँले गाउँका किसानका रकम बढी व्याजदरमा जम्मा गरि दिन र कम व्याजमा ऋण प्रदान गरी सेवा गर्नका लागि आह्वान गर्नुभयो ।
कार्यक्रममा एनएमबी बैंकका अध्यक्ष पवन गोल्यान बालबालिकाकालाई निशुल्क खाता सञ्चालन गरि दिई बैंकले १ सय रुपैया जम्मा गरि दिने, महिलाहरुलाइहरुलाई पनि उद्यम सञ्चालन गर्न, विशिष्ट सहुलियत कर्जा प्रदान गर्ने बताउनुभयो । साथै उहाँले टिमोर, आलु लगायतको बजारी करणका लागि नै गरि दिनका लागि अनुरोध छ । साथै आफू व्यावसायी नै भएकाले जनताको जीवनस्तर परिवर्तन गर्नका लागि आफूले उत्पादनमा जोड दिदैँ वजारीकरणका लागि समेत जिम्मेवारी भएको बताउनुभयो ।


कार्यक्रममा राजेन्द्र प्रसाद गौतम नेपालमा करिव २७ वटा बैक भए पनि एनएमवी बैंकले जरी नयाँ कार्यक्रम अनुसार अगाडि बढेको छ त्यसका लागि अझै रोल्पा जिल्लाका लागि नयाँ कार्यक्रम अनुसार अगाडि बढाउनुपर्ने बताउनुभो । उहाँले राजनीतिक चर्चामा रहेको रोल्पालाई अब विकास गर्नका लागि आफ्नो हातेमालो एवं साझेदारी गर्न तयार रहेको बताउनुभयो । साथै यस क्षेत्रको कृषि उत्पादनका लागि अगाडि बढ्ने बताउनुभयो । साथै बैंकबाट फाइदा लिनका लागि अनुरोध गर्दै लघु उद्यम विकासका लागि कृषकहरुलाई सेवा दिनका लागि आफूहरु तयार रहेको बताउनुभयो । उहाँले महिलाहरु, बैदशिक रोजगारमा रहेका युवा युवतिहरुलाई नै अगाडि बढाउनको लागि कर्जा प्रवाह गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

कार्यक्रममा रोल्पा नगरपालिकाका नगरउपप्रमुख मनकुमारी घर्तीमगर प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङ, सशस्त्र प्रहरी नायव निरीक्षक कर्णबहादुर बुढामरगर, राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख अनुसन्धान अधिकृत लक्ष्मण चौधरी लगायतको आतिथ्यता रहेको बताउनुभयो ।
रोल्पाको माडीचौर ऊर्जा मन्त्रीको जन्म स्थान हो । रोल्पाको माडी चौरमा ग्लोबल आईएमइ बैंक रहेको छ । एनएमवीको १६४ औँ शाखा रहेको जानकारी गराउँदै गतवर्ग उच्च प्रतिफल रहेको रहेको थियो । कार्यक्रममा आमा समूह, विद्यार्थी, विभिन्नि व्यावसायी एवं नागरिकहरुको सहभागीता रहेको थियो । साथौ कार्यक्रमको सञ्चालन एनएमवी बैंकका निरज तिमिल्सीनाले सञ्चालन गर्नुभएको थियो । विभिन्न आमा समूहहरुले झाँकीसमेत प्रस्तुत गरेका थियो ।

You may also like