जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा कोरोना रोकथाम सम्बन्धि नयाँ सूचना जारी

जिल्ला प्रशासन कार्यालय रोल्पाद्वारा कोरोना रोकथाम सम्बन्धि नयाँ सूचना जारी
असार २३ गते
लिबाङ–रोल्पा


गृह मन्त्रालय संघीय सरकारमार्फत जारी पत्रचार अनुसार जिल्ला प्रशासन कार्यालय रोल्पाले आज नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक ऐन २०२० अनुसार नयाँ सूचना जारी गरेको छ । जारी सूचना नागरिकहरुले पालना नगरेको अवस्थामा सुरक्षकर्मीले नियन्त्रण लिनुका साथै कानुन बमोजिम कारवाही सूचनामा उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राना मगरद्वारा हस्ताक्षर सूचनामा नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम नियन्त्रण र प्रतिकार्यका लागि जारी गरिएको लक डाउन सहजिकरणका लागि संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी जन स्वास्थ्य र सुरक्षा मापदण्ड कडाई पूर्वक पालना गर्न जिल्लाबासीहरुलाई अनुरोध गरिएको छ । अन्याथा संक्रमण रोक ऐन २०२० बमोजिम कडाभन्दा कडा कारवाहीको दायरामा ल्याउने यो सूचनमा मार्फत सरोकारवाला सबै निकायहरुलाई सूचित गरिएको छ । जारी नयाँ सूचनमा अति आवश्यक काममा बाहेक घर बाहिर निस्कनु, निस्कनु परेमा अनिवार्य मास्क प्रयोग गरेर मात्र निस्कने । यदी कसैले मास्कको प्रयोग बिना घर बाहिर निस्केको देखिएमा सुरक्षाकर्मीले तुरन्त नियन्त्रणमा लिई सक्रमण रोक ऐन २०२० बमोजिम कडाभन्दा कडा कारवाही हुनेछ, घर बाहिर हिडडुल गर्दा सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा कम्तिमा २ मिटरको सामाजिक दुरी कायम गरेर मात्र आवतजावत गर्ने, सार्वजनिक सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुमा सेवाग्राही तथा सेवा प्रदायकले अनिवार्य रुपमा २ मिटरको सामाजिक दुरी कायम गर्न र साबुन पानीले बारम्बार हात धुने तथा सेनिटाइजरको प्रयोग गरौं, आवश्यक रुपमा भिडभाड नगर्ने, स्वास्थ्य र सुरक्षामा मापदण्ड अनिवार्य रुपमा परिपालन गर्ने जस्ता महत्वपूर्ण नयाँ नियम लागू भएको छ । जिल्लाबासीको हितमा जारी सूचना सम्बन्धित निकायसम्म पु¥याई कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन सबैले आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाहमा पक्कै पनि ध्यान दिन जरुरी छ । प्रशासन कार्यालयबाट मास्क अनिवार्यता नीति लागू गर्दै गर्दा बजारमा हुने कालो बजारिलाई पनि नियन्त्रण गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यवसायिहरुलाई पनि नियमित निगरानी राख्न आवश्यक छ ।

You may also like