नेकपा (एमाले)बाट हामीले विद्रोह गरेका हौं– विश्वासी 

२६ भाद्र, लिबाङ् । नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य एमव् लुम्बिनी प्रदेश कमिटी इञ्चार्ज भागवत विश्वासीले नेकपा (एमाले)बाट चोइतेर गएको होइन विद्रोह गरेर नव गठित पार्टी नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले यस्तो धारणा प्रेस चौतरी नेपाल रोल्पाले शनिबार लिबाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताउनुभएको हो । उहाँले भन्नुभयो,‘ नेकपा (एमाले) पार्टी कम्युनिष्ट विचार, आस्था, सिद्वन्ताबाट विचलित भएपछि माधव कुमार नेपालको अध्यक्षतामा नेपाली जनताको आशा पूरा गर्ने उद्वेश्य नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको छ । पार्टीको नेतृत्वमा समाजवादको निम्ति सबै कम्युनिष्ट पार्टीहरू अगाडि बढ्ने छ ।’

बहुमतको कम्युनिष्ट पार्टी (एमाले) शान्ति र विकासमा ध्यान नदिएर संघीय लोकतान्त्रिक गणतन्त्र संविधान धराप पार्ने जता घिर्नित कार्यहरू गरेको भन्दै उहाँले आपत्ति व्यक्त गर्नुभयो । विवेकशिल नेता तथा कार्यकर्ताहरू पार्टी र चुनाव चिन्हको पछाडि कहिल्यै लाग्दैनन् भन्ने कुरा समाजवादी पार्टीले पुष्टि भएको उहाँको भनाइ छ । पछिल्लो समयमा नेकपा (एमाले)का साइबर सेना लगायतकाले आगामी दिनमा निर्वाचनमा एक निर्वाचन क्षेत्र पनि जित्न नसक्ने जस्ता गल्त भ्रम फैलाएको भन्दै उहाँले आगामी तहको निर्वाचनमा पार्टीले जित्ने आधार सहित निर्वाचनमा पार्टी होमिने धारणा उहाँले व्यक्त गर्नुभयो ।

राष्ट्र भावना विपरित काम गर्ने नेकपा (एमाले)को विरुद्वमा सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएका छन् भने आगामी दिनमा पनि खड्क प्रसाद वली जस्ता गलत प्रवित्तिको विरुद्वमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिने दाबी उहाँले गर्नुभयो ।
उहाँले नेकपा (एमाले)का सासंदहरुले प्रतिनिधि सभामा देखाएको व्यवहार नाटक मञ्चन भएको भन्दै आपत्ति व्यक्त गर्नुभयो । पछिल्लो समयमा चर्चाको विषय एमसिसीको विषयमा राष्ट्रिय हित विपरितका वुदाहरुलाई संशोधन गरेर मात्र स्वीकृत गर्नुपर्ने पार्टीको आधिकारिक धारणा उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी रोल्पा जिल्ला अध्यक्ष हरी प्रसाद घर्तीमगर, जनसाँस्कृतिक महासंघ केन्द्रीय उपाध्यक्ष पवित्रा घर्ती, जिल्ला सदस्य मनसिङ डाँगी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्द, संस्थापक अध्यक्ष काशिराम डाँगी, पूर्व अध्यक्ष खेम बहादुर बुढामगर लगायतको आतिथ्यता थियो । कार्यक्रम प्रेस चौतारीको पूर्व उपाध्यक्ष धनराज डाँगीको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन विष्णु मगर माझीले गर्नुभएको थियो ।

You may also like