नेपाली कांग्रेसको प्रदेश सभापतिमा अत्याधिक बहुमतले विजयी हुन्छु म– अमरसिंह पुन, रोल्पा जिल्ला सभापति

नेपाली कांग्रेसको प्रदेश सभापतिमा अत्याधिक बहुमतले विजयी हुन्छु म– अमरसिंह पुन, रोल्पा जिल्ला सभापति

नेपाली कांग्रेस पार्टीको १३ औं महाधिवेशनबाट जिल्ला सभापतिमा विजय जिल्ला सभापति अमरसिंह पुन जिल्ला सभापतिमा मात्र सीमित रहनुभएन । उहाँ पार्टीबाट संविधानसभामा समानुपातिक संविधान सभा सदस्य रोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्दै जिल्लाको विकासमा समेत महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभयो । पार्टी सभापतिको जिम्मेवारी निर्वाह गर्दै पार्टीको निम्ति पनि धेरै नमूना कार्य गर्न सफल हुनुभयो । पार्टीको १४ औंं महाधिवेशनको समय तालिका तय पश्चात् लुम्बिनी प्रदेशको सभापतिको उम्मेद्वारीको दाबी सहित अहिले प्रसारप्रसारमा सक्रिय बन्नु भएको छ । उहाँसँग जिल्ला पार्टीको सभापतिको कार्यकालको समीक्षा, महाधिवेशनको तयारी लगायतका विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको उप सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
 पत्रिकाको तर्फबाट हार्दिक स्वागत छ ।
 धन्यवाद ।
 आजभोली कुन कार्यमा व्यवस्ता हुनुहुन्छ ?
 नेपाल काँग्रेस पार्टीकंाे १४ औं महाधिवेशनको तयारीका लागि जिल्लाका साथीहरुसँग भेटघाट भइरहेको छ । महाधिवेशनमा पार्टीको लुम्बिनी प्रदेंंश सभापति उम्मेद्वारीको तयारी सहित आफुलाई सर्वसम्मतका लागि विशेष पहल गर्दै आएको छु भने सर्वसम्मत निर्वाचित हुने अवस्था सिर्जना भएको खण्डमा आफुलाई अत्याधिक मतले विजय बनाउने गरी तयारीमा जुटेको छु । आफ्नो जिल्लाकोंं लागि पनि सबै तहहरुमा पनि महाधिवेशनको तयारी लगायत अन्य पार्टीका विभिन्न कार्यहरु गरिहेको छु । त्यसैगरि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको पिता, नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला सस्मृति भवन निर्माण लगायतका पार्टीको कार्यहरुमा म व्यस्तु छु ।
 जिल्लामा महाधिवेंंशनको तयारी कहाँसम्म पुगेको छ ?
 १४ औं महाधिवेशनकांं लागि जिल्लामा क्रियाशील सदस्य नविकरण र नयाँ सदस्यका लागि केन्द्रीय कार्य समितिमा जिल्लाले पठाएको छ । यस जिल्लाबाट १३ औं महाधिवेशनमा करीव २ हजार ३ सय पार्टीको क्रियाशील सदस्यता स्वीकृत भएको थियो भने पार्टीको १४ औं महाधिवेशनका लागि विभिन्न कारणले करीव ४ सय ५० जनाले क्रियाशील सदस्यता नविकरण भएको छैन । आगामी १४ औं महाधिवेशनका लागि यस जिल्लाबाट करीव ४ हजार ६ जनाको क्रियाशील सदस्यता जिल्लाले स्वीकृत गरेर केन्द्रमा पठाएको छ । पार्टीको क्रियाशील सदस्यहरुलांंई महाधिवेशन सम्पन्न गर्नका लागि आ–आफ्नो ठाउँबाट क्रियाशिल भूमिका निर्वाह गर्न समेत जिल्ला पार्टीले अपिल समेत गंंरेको छ । केन्द्रीयंं कार्य समितिले निर्वाचन अधिकृत खटाएपछि जिल्लाले वडा निर्वाचन अधिकृत खटाएर अधिवेनशको केन्द्रीय अब आउने नंंयाँ समय तालिका अनुसार पार्टीको सम्बन्धित निकायसम्म जिल्ला पार्टीले जानकारी गरेको छ ।
 जिल्ला सभापतिको कार्यकाललाई कसरी लिनुभएको छ ?
 १३ औं महाधिवेशनबाटंं मैले पार्टीकोे जिल्ला सभापतिको जिम्मेवारी पाएको हुँ । मैले महाधिवेशनको समयमा प्रतिवद्वता गरेका कार्यहरुमध्ये धेरै कार्य पूरा भएका छन् भने केही कार्यहरु कोरोना भाइरस र लकडाउनको कारण संघीय लोकतान्त्रिक गणतन्त्र नेपाको भवन निर्माणका केही कार्यहरु बाँकी रहेका छन् । यो काम पनि अब अन्तिम चरणमा पुगेको छ । विशेष गरी जिल्ला पार्टीको पूर्व तयारी अनुसार कांग्रेस रोल्पाको इतिहास र गतिविधि समावेश गरेरं स्मारिका प्रकाशनमा आवश्यक सामाग्रीहरु समयमा संकलन नहुँदा स्मारिका प्रशासन प्रभावित भएको छ । १३ औं महाधिवेशनंपछि पार्टीको संगठनहरु सुदृढीकरणको क्रममा नेपाली कांग्रेस रोल्पाको अभियान, गाउँ–गाउँमा सबल र वैचारिक संगठनको निर्मांण भन्ने मूल नारा सहति पालिका स्तरसम्म एक दिवसीय प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गरेका थियौं । पटक÷पटक पार्टीको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण, घुम्ति बैठकहरु पनि सम्पन्न भएका छन्् । जिल्ला पार्टीले पार्टीसँग सम्बन्धित विभिन्न गतिविधिहरुलाई तीव्र गतिमा अगाडि बढाएको छ । त्यसैले समग्रमा मेरो जिल्ला सभापतिको कार्यकाललाई मैले सुखंद र उपलब्धिमै हुँदै गरेको महशुस गरेको छु । मेरो कार्यकालमा पूरा नहुन सकेका कार्यहरुलाई आगामी १४ औं महाधिवेंशनंंका निर्वाचित जिल्ला सभापतिको अगुवाईमा पूरा हुनेछन् ।
 जिल्ला पार्टीको सभापतिको जिम्मेवारी निर्वाह गर्ने क्रममा पार्टीको भावना विपरित सीमित व्यक्तिकाे स्वार्थ अनुसार अगाडि बढेको भन्ने पनिं अांंरोप छ, नि ?
 नेपाली कांग्रेस पार्टीको १३ंं औं महाधिवेशनबाट जिल्लामा मेरो नेतृत्वमा नयाँ टिम निर्वाचित पश्चात् मैले सहकार्य, सहमति, सम्झदारी, नीति र विधिंमांं अनुसार नै पार्टीलाई अगाडि बढेएका छौं । हामी पार्टीको हितमा नै अगाडि बढेका छौं । हामीले कहिले पार्टीको नीति विंपंंरित अगाडि बढेको भन्ने जुट्टा आरोप हो । पार्टीले क्रियाशिल सदस्य नविकरण र नयाँ सदस्यता लगायत पार्टीको अन्य कांंर्यक्रममा सबैलाई समावेश गरेर नै अगाडि बढेको छ । १२ औं महाधिवेशनबाट निर्वाचित कार्य समिति र १३ औं महांधिवेशनबाट निर्वाचित कार्य समितिको क्रियाकलापहरुलाई तुलना गरेपछि धेरै कुराहरु स्पष्ट भइन्छ । रोल्पामा कांग्रेसलाई सही गति र मार्ग दिन के कति कामहरु भएको छन् । त्यसैले मेरो जिल्ला सभापति कार्यकालमा पार्टीको नीति विधान अनुसार नै अगाडि बढेको मेरा ठहर छ ।
 जिल्लामा आगामी मंहांधिवेशनलाई कसरी सम्पन्न गर्ने योजना तय गर्नुभएको छ ?
 विश्वभरि महामारीको रुंपंमा फैलिएको कोरोना भाइरसबाट नेपाली जनताले पनि छुत नपाएको अवस्था छ । कोरोनाको कारण मानवीय तथा धनजनमांं क्षति ठूलो पु¥याएको बेला पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता छ । नेपाल कम्युनिष्ट पार्टीको बुहमंंतको सरकारले गरेका असंवैधानिक कदम प्रतिनिधिसभा विघटन जस्ता असंवैधानिक काम गरेरे देशलाई थप संक्रमणमा ढकेल्ने काम गरेको छ । हिजो निर्वाचन ताका नेपालीलाई सुन्दर सपना देखाएर बहुमत लियो । । तर, नेपालीलाई जनतालाई देखाएका सपनाहरु पूरा गर्ने ठाउँमा गलत काम गर्दै जाँदा आज नेपाली जनता निराश बढेको छ । नेपाली जनताको निराशालाई खुसीमा परिवर्तन गर्न र संविधानको रक्षाको लागि नेपाली कांग्रेस पार्टीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै धराप राखेको अवस्थामा यो व्यवस्थाको संरक्षक बन्ने क्रममा पार्टीको महाधिवेशनलाई सहमति, सम्झदारी, सहकार्य, एकताबाट नै केन्द्रदेखि वडासम्मको नेतृत्व चयन गरेमा उपयुक्त देखिन्छ । म सोही अनुसार नै सम्बन्धित निकायहरुमा पहल गर्दै आएको छु । देशभरि महाधिवेशनबाट नयाँ कार्य समिति चयनमा सहमति, सहकार्य, समन्वय, एकजुटबाट पार्टीको कार्य समिति चयन सम्भव नभएपनि रोल्पा जिल्लाबाट एक सन्देश दिनुपर्छ भन्ने उद्वेश्य सहित मैले भूमिका निर्वाह गर्नेछु ।
 पार्टीको क्रियाशिल सदस्यता नविकरण वा नयाँ सदस्यताको विषय विवाद कसरी समाधान गर्दै हुनुहुन्छ ?
 रोल्पा जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी कुनै विवाद छैन । हामीले सदस्यता वितरण तथा नविकरणलाई खुल्ला रुपमा स्थानीय तहका टोलसम्म पु¥याएका थियौं । वडा समितिले जस्तो क्रियाशील सदस्यता नविकरण तथा नयाँ वितरण गरेको छ, त्यहि नै जिल्लाले स्वीकृत गरेर केन्द्रीय कार्य समितिलाई पठाएका छौं । पार्टीको विधान र केन्द्रीय समितिको नियम तथा निर्देशन अनुसार नै हामी क्रियाशील वितरण गरेका छौं । हामीले विधि र विधान सम्वत् तरिकाले क्रियाशील वितरण गरेकाले हाम्रो जिल्लामा बाहिर प्रचार गरिए जस्तै कुनै विवाद छैन । कुनै व्यक्तिले विगतमा जस्तै आफू अनुकुल पार्टीको नीति र नियम विपरित क्रियाशील वितरण गर्न नपाउँदा विवादको स्वर सुनाइरहेका छन् । त्यस्ता विधान विपरीतका व्यक्तिगत स्वार्थलाई विवादको रुपमा चिन्दैनौ ।
 सम्पन्न महाधिवेशनमा कोइरला, पौडेल समूहबाट जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो तर, अहिले जिल्लामा यो समूह कम्जोर छ भन्ने छ, नि ?
 यो समूह कम्जोर छ वा बलियो छ भन्ने कुरा त आगामी महाधिवेशनपछि मात्र थाहा हुने कुरा हो । १३ औं महाधिवेशनमा हामीसँग नभएका धेरै नेता साथिहरु अहिले हामीसँग हुनुहुन्छ । अर्काे समूह कम्जोर भएर नै उहाँहरु हामीसँग रहनुभएको हो । १३ औं महाधिवेनपछि रै क्रियाशील नेता तथा कार्यकर्ताहरुलाई समेट्र अगाडि बढेकोले समग्र पार्टी बलियो भएको छ ।
 जिल्ला सभापतिको नेतृत्व गर्दै गर्दा जिल्ला पार्टीले के–के उपलब्धिहरु प्राप्त ग¥यो ?
 पार्टीको १२ औं महाधिवेशनबाट निर्वाचित कार्य समितिले पार्टीको कुनै पनि नीतिगत कार्यक्रम, सार्वजनिक कार्यक्रम र सांगठानिक कार्यक्रमहरु गरेको थिएन । तर, १३ औं महाधिवेशनबाट निर्वाचित म नेतृत्वको कार्य समितिले गाउँ–गाउँसम्म पार्टीको भेला तथा प्रशिक्षण कार्यक्रम, १० वटै स्थानीय तहहरुमा पार्टी भेला तथा प्रशिक्षण सम्पन्न गरेको छ । १३ औं महाधिवेशन अगाडि निर्वाचन धेरै पनि हुँदैन थिए । तर, यो महाधिवेशन सम्पन्न पश्चात् स्थानीय तहको निर्वाचन, प्रदेशसभाको निर्वाचन, प्रतिनिधिसभाको निर्वाचनहरुको पनि यो कार्य समितिले नेतृत्व गर्ने अवसर पायो । यो कार्य समितिद्वारा धेरै पार्टीको जागरण अभियान, रोल्पाली जनताका भावना विपरित सरकार र सरकारमा आवद्व पार्टीहरुले गरेको निर्णयको विरोधका कार्यक्रम सफलता साथ सम्पन्न भएका छन् । विगतमा व्यवस्थित पार्टी कार्यालय थिएन । तर, वर्तमान कार्य समितिको विशेष पहलमा सेवा सुविधा सम्पन्न अत्याधुनिक पक्कि भवन संविधान पिता सुसील कोइरला स्मृति भवन निर्माणको अन्तिम अवस्थामा छ । वर्तमान कार्य समितिले जिल्ला पार्टीको निम्ति धेरै उपलब्धिहरु हासिल गरेको छ । यो कार्य समितिले तीन वटा जिल्ला सम्मेलन, ४ वटा जिल्ला भेला सहित पार्टीसँग सम्बन्धित विभिन्न गतिविधिहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । साथै जिल्ला पार्टीको पहलमा विभिन्न समयमा जिल्लाको विभिन्न ठाउँमा आएको बाढिपहिरो पीडित, अग्निपीडित लगायतका प्राकृतिक प्रोकोपका पीडित परिवारको उद्वार तथा राहत कार्यमा समेत महत्वपूर्ण जिम्मेवारी भूमिका निर्वाह गर्दै आएको छ । त्यसैले १३ औं महाधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिले जिल्ला पार्टीको निम्ति जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
 आगामी महाधिवेशनमा पार्टीको लुम्बिनि प्रदेश सभापतिको तयारी सहित विभिन्न जिल्लामा भेटघाट गर्दै गर्दा जितको सम्भावना के छ ?
 मैले लुम्बिनी प्रदेशका सबै जिल्लाका पार्टीको नेता तथा कार्यकर्ताहरु नियमित भेटघाट गरेको छु । पार्टीको लागि प्रदेश कार्य समितिको निर्वाचन पहिलो हो । मेरो पहिलो प्रयास सर्वसम्मत, सहमति, सहकार्य, सम्झदारीमा नै प्रदेश सभापतिको लागि पहल गर्दै आएको छु । यदि सर्वसम्मत निर्वाचित नहुने अवस्था सिर्जना भएमा प्रजातन्त्रिक अभ्यासबाट म अत्याधिक बहुमतका साथ प्रदेश सभापतिमा विजय हुने गरी तयारी गरेको छु । मेरो अभियानमा प्रदेशका सबै जिल्लाबाट थुप्रै साथीहरुले साथ दिई रहनु भएको छ ।
 तपाईलाई केन्द्रमा पनि राम्रो प्रभाव पार्न सक्ने नेताको रुपमा लिइन्छ । तर, केन्द्रीय नेतृत्वमा दाबी नगरेर किन प्रदेश सभापतिमा दाबी गर्नुभएको हो ?
 पार्टीको ११ औं महाधिवेशनदेखि निरन्तर केन्द्रीय स्तरका नेतृत्वहरुसँग नजिक भएर काम गरेको छु । विशेष गरी संविधान पिता स्वर्गीय पार्टीको सभापति एवम् पूर्व प्रधानमन्त्री सुशिल कोइरालासँग नजिक भएर पार्टीको काम गरेँ । त्यो काम गर्दै गर्दा देशभरका धेरै नेता तथा कार्यकता साथीहरुसँग नजिक भएँ । अहिले पनि केन्द्रीय स्तरका नेताहरुसँग नजिकबाट काम गरिरहेको छु । त्यसैले केन्द्रीय स्तरका नेतासँग मेरो प्रभाव पर्ने कुरा स्वभाविक नै हो । तर, मेरो रोजाई पार्टीको लुम्बिनी प्रदेश सभापति हो । किनकि पार्टीको प्रदेश स्तरीय संरचना पहिलो हो । तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सञ्चातिल सशस्त्र द्वन्द्वमा यो प्रदेशको रोल्पा, पूर्वी रुकुम, बाँके, बर्दिया लगायतका जिल्लाहरुमा छिया छिया भएको पार्टीको संगठन निर्माण र आगामी दिनको प्रदेशसभा निर्वाचनमा पार्टीलाई अत्याधिक बहुमत सहित विजय बनाउने उद्वेश्य सहित पार्टीको नेता तथा कार्यकार्ताहरुको सल्लाह सुझाव अनुसार नै प्रदेश सभापति उम्मेदवारीको तयारी गरेको हुँ ।
 आगामी महाधिवेशन जिल्लामा पार्टी सभापति, क्षेत्रीय सभापति, वडा सभापति, क्षेत्रीय प्रतिनिधिको आकांक्षको अवस्था कस्तो छ ?
 पार्टीको वडा स्तरीय महाधिवेशन सम्पन्न नहुँदासम्म जिल्ला सभापति वा केन्द्रीय सभापतिको उम्मेदवार बन्ने अवस्था हुँदैन । वडा धिवेशन सम्पन्न पश्चात् क्षेत्रीय प्रतिनिधिबाट नै क्षमतवान, वौद्धिक, पार्टीको शिर ठाडो बनाउन सक्ने, आज संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था खतरामा छ, संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था जोगाउन सक्ने जुजारु क्रियाशिलताको आधारमा नै जिल्ला र केन्द्रको नेतृत्व छनौट हुन्छ । त्यसैले वडा धिवेशन सम्पन्नबाट विजय नेता तथा कार्यकर्ताहरुले औपचारिक उम्मेदवारको घोषणा गरी अगाडि बढ्ने अवस्था रहन्छ । अहिले नै महाधिवेशनमा पार्टीको विभिन्न पदको लागि उम्मेदवारीको आकांक्षको विषयमा बोल्नु पर्ने आवश्यक देख्दैन र समय आएको पनि छैन । विगतमा पार्टीको नेता तथा कार्यकर्ताहरु समूहमा विभाजन भएपनि आगामी दिनमा पार्टी र नेपाली जनताको निम्ति पनि हामी सबै नेता तथा कार्यकर्ताहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन । पार्टी विभिन्न समूहमा विभाजित हुँदा देशमा प्रतिगामी शक्तिहरुले टाउका उठाउने मौका पाए, नेपाली जनताको त्याग, टपस्या, बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था खतरामा पर्नु, देश विदेशी शक्तिहरुको भूमिका सक्रिय बन्नु, राष्ट्रिय स्वाधिन्ता दिनप्रति दिन कम्जोर बन्नु जस्ता समस्याहरु आम नेता तथा कार्यकर्ता सहित नेपाली जनताले भोग्नु परेको छ । त्यसैले आगामी महाधिवेशनमा कुनै नेताको व्यक्ति स्वर्थको निम्ति नेता तथा कार्याकर्ताहरुलाई पार्टी र नेपाली जनताको भावना विपरित समूहमा विभाजन नहुन समेत विनम्र अनुरोध गर्दछु ।
 पार्टीको महाधिवेशन निर्धारित समयमा सम्पन्न नहुने देखियो नि ?
 पार्टीको विधान अनुसार प्रत्येक ४ वर्षभित्र महाधिवेशन सम्पन्न हुुनुपर्छ । पार्टीको विधान अनुसार निर्धारित समयमा महाधिवेशन सम्पन्न नहुनको कारणहरु धेरै छन् । महाधिवेशन निर्धारित समयमा सम्पन्न भएका एक वर्षसम्म म्याद थप्ने व्यवस्था छ । विधानमा व्यवस्था अनुसार पार्टीको महाधिवेशनको म्याद एक वर्ष थप भयो । पुनः संवैधानिक व्यवस्था कुनै समस्या भएमा अनुसार पार्टीको महाधिवेशन ६ महिनासम्म थप गर्न सकिन्छ । विधान अनुसार पार्टीको महाधिवेशन एक वर्ष ६ महिना म्याद प भएको छ । अब निर्धारित समय भाद्र महिनामा पार्टीको महाधिवेशन सम्पन्न हुन सकेन भने पार्टीको बैधानिकता माथि नै प्रश्न उठ्छ । तल्ला तहको महाधिवेशनको समय तालिकामा परिवर्तन गरेर भएपनि महाधिवेशन गर्नु पर्छ । तर, पार्टीको केन्द्रीय महाधिवेशन समयमै सम्पन्न गर्ने कुरामा शंका देखिएको छ । त्यस कारण पार्टीको महाधिवेशन निर्धारित समयमा नै सम्पन्न गर्न दवाब सिर्जना गर्न म पार्टीको करीव १० लाखभन्दा बढि क्रियाशिल नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गर्दछु ।
 पार्टीले आगामी कार्य दिशा कसरी तय गर्न आवश्यकता छ ?
 महाधिवेशन पार्टीको नियमित कार्यक्रमभित्रको एक हो । तर, पार्टीको कार्य नीतिहरु पनि समय सापेक्ष तय गर्न यो महाधिवेशन महत्वपूर्ण छ । कोरोना भाइरसबाट प्रभावित बनेको बेला आम नागरिकलाई खोप प्रयाप्त उपलब्ध बनाउने जस्ता महत्वपूर्ण कार्यहरुलाई पार्टीले प्राथमिकता दिएर अगाडि बढेको छ ।
 अन्तिममा केही कुरा छुटेका छन्, कि ?
 अन्तमा मलाई नेपाली कांग्रेस जिल्ला पार्टीको गतिविधिहरु, आगामी महाधिवेशन लगायतको विषयवस्तुमा मेरो धारणा आम पाठक वर्गसम्म पु¥याउने अवसर दिएकोमा पत्रिकाको सम्पूर्ण परिवारप्रति आभार व्यक्त गर्दछु । तत्कालीन नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालित १० वर्षे सशस्त्र द्वन्द्वको समयमा हजारौं रोल्पा जनताले जीवन गुमाउनु परेको छ भने धेरै जना अझै पनि वेपत्ता, अंगभंग, धन सम्पत्ति नष्ट भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था ल्याउन रोल्पाली जनताको धेरै त्याग, टपस्या, बलिबादान र लगानी छ । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था खतरामा परको छ । यो व्यवस्थालाई जोगन पुनः रोल्पालीले सक्रिय भूमिका निर्वाह गर्न म अपिल समेत गर्दछु ।

You may also like