राेल्पामा लोकवार्ता परिषद्को नबौं राष्ट्रिय सम्मेलनको तयारी तिव्र


मानसिंह विश्वकर्मा
असोज २९ रोल्पा
लोकवार्ता परिषद् नेपालको नवौँ राष्ट्रिय सम्मेलन नजिकिदै गर्दा सोही बिषयमा सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । मंगलबार आयोजत बैठकमा माडीगाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले सम्मेलनलाई भब्य र सब्य बनाउनका लागि आफनो गाउँपालिकाबाट गर्ने सबै कार्यहरुको तयारी भईसकेको जानकारी दिनुभयो ।
लोकवार्ता परिषद् नेपालको आयोजनामा रोल्पा र प्यूठान जिल्लाको लोक जीवन सम्बन्धी बृहत अध्ययन अनुसन्धान गर्ने उद्देश्यले रोल्पा र प्यूठान जिल्लामा यही २०७६ साल कात्तिक ४ देखि ७ गतेसम्म लोकवार्ता परिषद् नेपालको नबौं राष्ट्रिय सम्मेलन हुँदैछ ।
सम्मेलन मुल आयोजक समितिका केन्द्रीय संयोजक बमकुमारी बुढामगर र स्थानीय आयोजक भिमबहादुर बुढामगर लगायत स्थानीय मुल आयोजक समितिका विभिन्न उपसमितिका प्रमुखहरुले बैठकमा आफनो तयारीहरु अन्तिम भएको जानकारी दिएका थिए ।
प्रचार प्रसार, झाँकीको ब्यवस्थापन, विभिन्न कार्यक्रमहरुको संयोजन, स्थानीयतहहसंगको समन्वय तथा अन्य विविध कार्यहरु निरन्तर भईरहेको जानकारी दिएका थिए ।
कार्तिक ४ गते रोल्पाको लिबाङमा उदघाटन पश्चात जिल्लाका विभिन्न गाउँपालिकाहरुमा पुगेर कार्यक्रमहरु गरिने भएको छ । प्रचार समितिका संयोजक मानसिंह विश्वकर्माका अनुसार परिवर्तन गाउँपालिकाको कार्यालय पुत्लाचौरमा २०७६ साल कात्तिक ५ गते विहान ११ः३० बजे, माडी गाउँपालिका को कार्यालय घर्तीगाउँमा २०७६ साल कात्तिक ५ गते दिउसो ४ बजे, त्रिवेणी गाउँपालिका नुवागाउँ २०७६ साल कात्तिक ६ गते, बिहान ७ बजे, रुन्टीगढी गढी गाउँपालिका होलेरीमा २०७६ साल कात्तिक ६ गते दिउसो १ बजे, स्वर्र्गद्धारी नगरपालिका प्यूठान गाउँपालिका २०७६ साल कात्तिक ७ गते बिहान ११ बजे कार्यक्रम गरिने जानकारी गराउनुभएको छ ।
मंगलबार आयोजित बैठकमा सहभागि विभिन्न समितिका सदस्यहरु र सरोकारवालाहरुको बैठकले सम्मेलन नजिकिदै गर्दा अब आफनो कार्यहरुलाई समेत तिब्र रुपमा अघि सार्नुपर्नेमा जोड दिएका थिए ।
साथै बैठकले यातायातको व्यववस्थापन, मञ्च व्यवस्थापन, आर्थिक सहयोग संकलन, बसाईको व्यवस्थापन, प्रचार प्रचारस समितिको काम लगायतको कार्य समेत गर्ने भएको छ ।
रोल्पा जिल्लाको लागि गौरव राष्ट्रिय कार्यक्रमको आयोजना रोल्पा जिल्लामै हुनु र यसलाई सम्पन्न गरिनुले रोल्पालाई फेरी पनि नयाँ आयाम थपिएकोछ । यसलाई सबैको सहयोगले सम्पन्न गर्नु नै सबैको कतव्र्य भएको कुरा केन्द्रीय संयोजक बमकुमारी बुढामगरले बताउनुभयो ।

You may also like