‘नेकपालाई जनताको सेवकको रुपमा निर्माण गर्नु पर्दछ’ ऊर्जा मन्त्री वर्षमान पुनमगर

रोल्पा समाचारदाता
फागुन १५ गते रोल्पा


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं ऊर्जा मन्त्री वर्षमान पुनमगर अनन्तले पार्टीलाई जनताको सेवकको रुपमा स्थापित गरेमा मात्रै पार्टी जीवन्त एवं गतिवान हुने बताउँदै त्यसका लागि सम्पूर्ण पार्टी नेतृत्व अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।
उहाँले यस्तो विचार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण बैठकको उद्घाटन गर्ने क्रममा विहीबार रोल्पाको लिबाङमा बताउनुभएको हो ।
उहाँले नेपालको इतिहासमा पहिलो पटक भएको कम्युनिष्ट पार्टीहरुको एकताले जनतालाई नयाँ सन्देश प्रवाह गरेको बताउँदै त्यसका लागि त्यो दुर्गामी महत्वका साथ भएको एकतालाई सुदृत गर्नका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।
नेकपाको केन्द्रीय समितिको बैठकमा प्रतिगामी एवं कम्युनिष्ट विरोधीहरुले पार्टी विभाजन होस् भन्ने चाहेको बताउँदै त्यस बैठकले अझै पार्टीलाई सुदृत एवं केन्द्रीकृत बनाएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई एम.सी.सी.को बारेमा भईरहेको बहसले पार्टी विभाजन हन्छ भनेर आकंलन गर्दै विभाजन चाहने प्रतिगामी शक्तिहरु लागेको कारण बताउँदै बहस गर्दै कार्यदलको बनाएर अगाडि बढेर त्यसले प्रतिवेदन दिएपछि अब सकरात्म बन्दै गएको बताउनुभयो ।


ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्री समेत रहनुभएका नेता पुनमगरले संघ, प्रदेश र स्थानीयतहको सरकार पार्टीको नीति तथा कार्यक्रम अनुसार नै अगाडि बढ्नु पर्ने बताउनुभयो ।
नेकपाले सञ्चालन गरेको ३ महिने संगठन सुढृत अभियानलाई सफल बनाउनको लागि सबै कार्यकर्ताहरुलाई एकमत भएर सञ्चालन गर्नका लागि अनुरोध गर्नुभया । देशलाई समाजबादी तर्फ लग्नका लागि सबै कार्यकर्ताहरु लाग्नुपर्ने बताउनुभयो ।
रोल्पा जिल्लाको विकासमा पार्टीले निरन्तर काम गरिरहेको बताउँदै भन्नुभयोः–‘ मदन भण्डारी राजमार्ग रोल्पाबाटै जाने भएकको, ऊर्जाको क्षेत्र १५६ वाटको जलविद्युतको आयोजना शुरुवात भइसकोछ, शिक्षा, स्वास्थ्य, लगायतको काम हुने भएको छ ।”

उहाँले पार्टीको केन्द्रीय नेताहरुमा चल्ने केही बहसहरुका पछि लागेर तल्लो स्तरमा झगडा नगरी अगाडि बढ्नका लागि अनुरोध गर्दै भन्नुभयोः–‘एउटा जहाज हो, त्यसमा केही मतभेद भए पनि तल्लो स्तरमा मिलाएर लग्नु पर्दछ माथी बैचारिक बहस हो तसर्थ तल पार्टीको काममा मिलेर जानुहोस्, सरकार र पार्टीलाई सफल बनाआँै ।’
कार्यक्रममा नेकपा प्रदेश संगठन कमिटीका सहइन्चार्ज कुलप्रसाद केसीले राजनीतिक बैचारिक रुपमा छलफल गरी पार्टीलाई नयाँ ढंगको विकास गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले विगत भन्दा वर्तमानमा पार्टी निर्माण गर्नुपर्ने बताउनुभयो । साथै केसीले आगामी दिनमा प्रदेशलाई नमूना प्रदेश निर्माण गर्नका लागि रोल्पा जिल्लाले नमूना कार्य सम्पादन गरी मोडेल बन्नु पर्ने बताउनुभयो ।
बैठकमा पार्टी केन्द्रीय समिति सदस्य जयपुरी घर्तीमगरले पार्टी एकताको बेलामा केही सीमा समस्या भए पनि नयाँ पार्टी निर्माणको बेलामा अगाडि बढ्नु पर्ने बताउनुभयो । साथै राजीतिक बैचारिक रुपमा एक भएर अगाडी बढेमा सिंगो पार्टीलाई नयाँ गति दिन सकिने बताउनुभयो ।
कार्यक्रममा नेकपाका प्रदेश अध्यक्ष ओनसरी घर्तीमगरले पार्टी एकताको काम प्रदेशमा छलफल तथा बहसबाट अगाडि बढेको बताउँदै प्रदेशले जारी गरेको नीति तथा कार्यक्रमलाई अभियानात्मक रुपमा अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो । पार्टीको ३ महिने अभियानलाई अगाडि बढाउँदै रोल्पा जिल्लामा गति प्रदान गर्नका लागि अनुरोध गर्नुभयो ।
बैठकमा केन्द्रीय सदस्य एवं रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्र कुमार पुनमगर सिजलले पार्टीको गति दिनका लागि रोल्पा जिल्लामा केही नीतिगत व्यवस्था बमोजिम काम गरिरहेको बताउँदै त्यसमा आवश्यक सुझावको माग राख्नुभएको छ । उहाँले पार्टीको ३ महिने अभियान सञ्चालनका लागि आफ्नो नेतृत्वमा पूर्वमा सह इन्चार्ज नविन रोकामगर र पश्चिम क्षेत्र नं २ मा तारा घर्तीमगरको नेतृत्वतमा अभियान सञ्चालन गर्ने, संगठित सक्रियतामा सदस्यहरुलाई नविरकण गर्ने, सम्पूर्ण जबस लगायत सबै अभियानमा जोडिने बताउनुभयो ।
उहाँले बैठकमा केन्द्रीय सदस्य एवं प्रेदश नं. ५ का सह इन्चार्ज कुलप्रसाद के.सी, पार्टी केन्द्रीय सदस्य जयपुरी घर्तीमगर, केन्द्रीय सदस्य एवं नेकपा प्रदेश अध्यक्ष ओनसरी घर्तीमगर, रोल्पा जिल्लाका इन्चार्ज दिपेनद्र कुमार पुनमगर, सह इन्चार्ज तारा घर्तीमगर, के.स. एवं संगठन विभाग प्रमुख भूभेश्वर ढकाल, कार्यालय सचिव बलराम अधिकारी लगायत नेकपाका प्रदेश संगठन समितिका सदस्यहरु आतिथ्यता रहेको थियो ।
बैठक नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर अध्यक्षामा सम्पन्न भएको थियो भने सचिव हरीप्रसाद घर्तीमगरको सञ्चालनमा भएको थियो ।

 

You may also like