गाउँस्तर समूह गठन तथा अनुशिक्षणको आज उद्घाटन


जंकोट रोल्पा,
रोल्पा नगरपापलिका–८ नं वडा गाउँस्तर समूह गठन तथा अनुशिक्षणको आज उद्घाटन
जंकोट रोल्पा,
रोल्पा नगरपापलिका–८ नं वडा जंकोट रोल्पामा गाउँस्तर समूह गठन तथा अनुशिक्षण कार्यक्रमको आज उद्घाटन भएको छ । तीन दिनसम्म सञ्चालन हुने महिला सशक्तिकरण अनुशिक्षणले महिलाहरुलाई महिला सशक्तिकरणमा थप सहयोग पुग्ने भएको छ ।
एक टोल एक महिला समिति, एक वडा एक महिला सहकारी बनाउँने लक्ष्यका साथ रोल्पा नगरपालिका–८ जंकोटमा महिला विकास समिति गठन कार्यको शुरुवात भएको छ । नगरपालिकाका महिलाहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन, घरेलु हिंसा, लैगिंक भेदभाव न्युनिकरण र महिलाहरुको आर्थिक उपार्जन गर्न यो कार्यक्रम सार्थक रहने रोल्पा नगरपालिकाका सहायक महिला विकास निरीक्षक खिमा पुनले बताउनुभयो । कार्यक्रममा वडा सदस्य मन कुमारी वि.क.ले महिलाको व्यक्तित्व विकासमा नगरपालिकाको यो कदम प्रसंशनिय रहेको बताउनुभयो । टोल–टोलमा महिला विकास समिति गठन गरी नेतृत्व विकास, बचत तथा समूहकृतका विषयमा प्रशिक्षण दिईने र ति समितिहरुलाई बैंक खाता खोल्न लगाई खातामा पाँच हजारका दरले रकम जम्मा गरीदिएर बचत गर्ने बानीको विकास गरिने आयोजकले बताएको छ । कार्यक्रममा चालिस जना दलित, जनजाती, विपन्न महिलाहरुको सहभागिता रहेको रहेको थियो । वडा सदस्य मनकुमारी बि.क.को अध्यक्षतामा सम्पनन भएको कार्यक्रमको सहजिकरण वडा सचिव सुदिप डाँगीले गर्नुभएको थियो ।
जंकोट रोल्पामा गाउँस्तर समूह गठन तथा अनुशिक्षण कार्यक्रमको आज उद्घाटन भएको छ । तीन दिनसम्म सञ्चालन हुने महिला सशक्तिकरण अनुशिक्षणले महिलाहरुलाई महिला सशक्तिकरणमा थप सहयोग पुग्ने भएको छ ।
एक टोल एक महिला समिति, एक वडा एक महिला सहकारी बनाउँने लक्ष्यका साथ रोल्पा नगरपालिका–८ जंकोटमा महिला विकास समिति गठन कार्यको शुरुवात भएको छ । नगरपालिकाका महिलाहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन, घरेलु हिंसा, लैगिंक भेदभाव न्युनिकरण र महिलाहरुको आर्थिक उपार्जन गर्न यो कार्यक्रम सार्थक रहने रोल्पा नगरपालिकाका सहायक महिला विकास निरीक्षक खिमा पुनले बताउनुभयो । कार्यक्रममा वडा सदस्य मन कुमारी वि.क.ले महिलाको व्यक्तित्व विकासमा नगरपालिकाको यो कदम प्रसंशनिय रहेको बताउनुभयो ।

टोल–टोलमा महिला विकास समिति गठन गरी नेतृत्व विकास, बचत तथा समूहकृतका विषयमा प्रशिक्षण दिईने र ति समितिहरुलाई बैंक खाता खोल्न लगाई खातामा पाँच हजारका दरले रकम जम्मा गरीदिएर बचत गर्ने बानीको विकास गरिने आयोजकले बताएको छ । कार्यक्रममा चालिस जना दलित, जनजाती, विपन्न महिलाहरुको सहभागिता रहेको रहेको थियो । वडा सदस्य मनकुमारी बि.क.को अध्यक्षतामा सम्पनन भएको कार्यक्रमको सहजिकरण वडा सचिव सुदिप डाँगीले गर्नुभएको थियो ।

You may also like