‘समुदायको सहभागीतामा विद्यालय नमूना बनाउन सकिन्छ’ ऊर्जा मन्त्री वर्षमान पुनमगर

मानसिंह विश्वकर्मा
फागुन १४ गते


ऊर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले समुदायको सहभागितामा पनि विद्यालयमा गुणस्तरीय एवं सुलभ शिक्षा प्रदान गर्न सकिने बताउनुभयो ।
उहाँले यस्तो विचार पिताराज आधारभूत विद्यालय लिबाङ रोल्पाको अक्षयकोष स्थापनाकर्तालाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रमम बताउनुभएको हो । उहाँले सबैले शिक्षालाई व्यापारीकरण र नीजिकरणबाट मुक्त गर्नुपर्ने बताउँदै शिक्षालाई सहजरुपमा नागरिकलाई प्रदान गर्नेु पर्ने बताउनुभयो । मन्त्री पुनमगरले राज्यले सवल नागरिक बनाउनको लागि शिक्षा नै पहिलो आधार भएको बताउनुभयो ।


उहाँले भन्नुभयोः‘शिक्षा नै मानिसको सबाङ्गीण विकासको आधार हो, गुणस्तरीय शिक्षा प्रदान गरेमा गरेमा देश विकास हुन्छ अब त्यतै तिर लाग्नु पर्दछ ।’
मन्त्री पुनमगरले गाउँको विकासका लागि युवाहरुलले स्थानीय शिक्षाको विषयमा चासो लिएर अभियान सञ्चालन गर्नुभएकोमा धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सामाजिक अभियानहरु सञ्चालन गर्नका लागि अनुरोध गर्नुभयो ।


कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, पूर्व संविधान सभा सदस्य लार्केर लामा, नेकपाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, पत्रकार, समाजसेवी लगायतको आथित्यता रहेको थियो ।
कार्यक्रमै मन्त्री पुनले रोल्पा नगरपालिका–२ स्थित पिताराज आधारभूत विद्यालयको अक्षयकोषका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभयो । विद्यालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पुनका उक्त घोषणा गर्नुभएको हो । पुन पत्नीसमेत रहनुभएकी पूर्वसभमुख एवं प्रतिनिधिसभा सदस्य ओनसरी घर्तीले पनि पिताराज आधारभूत विद्यालयको अक्षयकोषका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभयो ।


कार्यक्रम वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर घर्तीमगरको अध्यक्षतमा भएको थियो भने सञ्चालन पूर्व विद्यार्थी मञ्चका अध्यक्ष चन्द्र घतीगरले सञ्चालन गर्नुभएको थियो भने स्वागत विद्यालयका प्र.अ. लिला आचार्यले गर्नुभएको थियो । सो अभियानबाट करिव २५ लाख रकम संकलन भईसकेको पूर्व विद्यार्थी मन्त्रका सक्रिय अभियानता कुलबहादुर डागीले बताउनुभयो । साथै आगामी दिनमा पनि अभियान सञ्चालन गरिने बताएको छ ।

You may also like