समृद्ध देश निर्माणका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्दछ ः उपराष्ट्रपति नन्दबहादुर पुनमगर (पासाङ)

मानसिंह विश्वकर्मा
थबाङ रोल्पा फागुन ११
उपराष्ट्रपति नन्दबहादुर पुनमगरले सबै नागरिकको मौलिक हकका रुपमा गुणस्तरीय शिक्षा, जीवनउपयोगी शिक्षा प्रदान गर्ने संविधानको प्रस्तावामै लेखिएकोले नागरिलाई गुणस्तरी शिक्षा प्रदान गरी समृद्ध देश निर्माणमा अघि बढाउन राज्यको दायित्व भएको बताउनुभयो । उहाँले संविधानमा समाजवादी शिक्षा नीति उल्लेख गरि सकेको अवस्थामा पनि शिक्षामा व्यापारी करण भइरहेकोप्रति आफू चिन्चित भएको कुरा उल्लेख गर्दै देशमा दुई प्रकारका शिक्षा प्रदान हुनुले असमानता, वर्ग विभेद, फेरी द्वन्द्व हुन सक्ने सम्भावना पनि हुने बताउनुभयो ।
यस्तो कुरा उपराष्ट्रपति नन्दबहादुर पुनमगरले विरबलभद्र माध्यमिक विद्यालयको नमूना उद्घाटन, अक्षकोष स्थापना एवं विद्यालयको स्मारिका बिमोचन कार्यक्रम रोल्पाको थबाङमा आईतबार बताउनुभएको हो ।
उपराष्ट्रपति पुनमगरले विगतको रोल्पा र रोल्पालीको त्याग तपस्याले देशमा आमूल परिवर्तनमा ऐतिहासिक भूमिका रहेको बताउँदै परिवर्तन एवं राजनीतिक केन्द्रको रुपमा रहेको रोल्पा थबाङ अब विकास र समृद्ध तर्फ अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयोः–“जनयुद्धमा बलिदान गरेको उपब्धली हो आज रोल्पाको विचार र नेतृत्व केन्द्रीय राजनीति एवं विशिष्ट स्थानमा छौँ, हामी रोल्पाको लागि अत्याधिक विकासमा लागि परेका छौँ ।” उहाँले सवल नागरिक बनाउनको लागि अनिवार्य भएको बताउनुभयो । उहाँले विगतमा रोल्पा राज्यबाट पछाडी पारिको भएपनि वर्तमानमा विकासको गति तीव्र रुपमा अगाडि बढेको बताउँदै उपराष्ट्रपति पुनमगरले भन्नुभयोः–“हामीले दाङको कोइलाबासबाट नुन बोक्ने गर्दथ्यौँ हाल नुन घरमै आएको छ, यो परिवर्तन हो, शहीदमार्ग, विद्युत, सञ्चार क्षेत्रमा निकै प्रगति भएको छ, तर अझै अपेक्षाकृत विकास गर्न लागि रहेका छौँ ।”
जनयुद्धको बेलामा रोल्पाबाट तत्कालीन डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’, तेजनमान घर्तीमगर, नेबहादुर वली, ज्वार लगायतका शहीदहरु देशका साझा शहीद भएकोले कसैले पनि आफ्नो पार्टीको मात्रै शहीद हुन भनेर खेती गर्दा शहीदको सपना र बलिदानमा अपमान हुने भएकाले तिनै शहीदहरुलाई सधै सम्मान र योगदानको कदर गर्नुपर्ने बताउनुभयो । उहाँले विभाजनले कसैलाई पनि फाइदा नपुगेको स्मरण गर्दै एकताबद्ध भएर शहीदको सपना पूरा गर्नका लागि आग्रह गर्नुभयो ।
उहाँले क्रान्ति भनेको भनेको रातारात परिवर्तन नहुने भन्दै भन्नुभयोः–“क्रान्ति भनेको रातरात पैसाको वित्यो बाड्ने, घर घरमा भकारी भरि दिने होइन परिवर्तन भनेको राज्य संरचना, संविधान, व्यवस्था परिवर्तन हो ।” छिटै करोडपति बन्ने त दलाल, भष्टचारीहरु मात्रै हुन्छन् हामी त आफ्नो पौरख र क्षमतामा गतिमा आत्मनिर्भर बन्नु पर्ने धारणा बन्नुभयो ।
उपराष्ट्रपति पुनमगरले थबाङमा आफू पहिले हिड्डा विकास नभएको स्मरण गर्दै वर्तमानमा विकासभएकोमा खुसी व्यक्त गर्दै भन्नुभयोः–“ विगत भन्दा हाल निकै परिवर्तन भएको गाउँ झलमल भएकोछ, गाउँमा चिल्ला बाटो भएकोछ, विद्यालय बनेको छ, पुल पुलेसा बन्दैछन्, सडक आएको छ, नदि नियन्त्रण गरिएकोछ यही त हो नी विकास, अर्काे सामाजिक सचेतना विकास भएकोछ ।”
उहाँले यो परिवर्तनका लागि रोल्पा र रोल्पाली, नेपाली र नेपालीको सिंगो बलिदानबाट आएको स्मरण गराउँदै यसको संरक्षण र विकासमा कम चासो लिएमा यी उपलब्धीहरु गुम्न सक्ने खतरा रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयोः–“सामाजिक, समावेशी, समानुपाति, संघीय लगायतका कामहरु भइरहेका छन्, मौलिक हकसहितको समाजबादको परिकल्पना पुरा गर्न सबै लाग्नेछौँ ।”
आफूलाई राजनीति चेतना प्रदान गरेको थबाङलाई उच्च सम्मान गर्दै भन्नुभयोः–“थबाङको गौरव र आदर्श बन्यो, देशभरी सचेतना फैलायो, जनयुद्धले नयाँ युग जन्मायो, जनयुद्धको जगमा संविधानमा परिकल्पना परिर्तन भयो यसलाई हामी सबैले नयाँ ढंगबाट विकास गरौँ एकतामा नयाँ विकास गरौँ ।
आफूले ३४ वर्ष पहिले अध्ययन गरेको घटना सुनाउँदै भन्नुभयोः–“३४ वर्ष पहिले मलाई लिबाङबाट राजनीतिक र विद्यालय छोडन् दवाव भएपछि म यस विरवलभद्र विद्यालयमा पढे, राजनीतिक जीवन शुरुवात गर्दै यो स्थानमा पुगे मलाई निकै खशी लागेकोछ ।”
यस विद्यालयको सँस्थापक पूर्व सांसद बरमन पुढामगर, ललित घर्ती लगायत सबै सरोकारवाला र आफ्नो साथी, सहपाठी सबैलाई धन्याद व्यक्त गर्नुभयो । आफूले अध्ययन गरेको विरबलभद्र मा.वि. थबाङ र आफूले अध्यापन गरेको रोल्पा जिनाबाङको नाउली मा.वि.लाई नमूना बनाउन सहयोग गर्ने शिक्षा मन्त्री गिरीराजमणी पोख्रेल, ऊर्जा मन्त्री वर्षमान पुनमगर लगायत सबैलाई धन्यवाद दिनुभयो । उहाँले नमूना विद्यालयको लागी शिक्षा गुणस्तरीय बनाउनुहोस् सहयोग सबैबाट हुन्छ, मेरो तर्फबाट पनि भरपुर रुपमा सहयोग हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेले रोल्पा जिल्लाले सौर्ययता, विर र बहादुरीको नाममा चिनिएको थबाङ राजनीतिक आन्दोलननमा अग्रणी भूमिका निर्वाह गरेको बताउँदै भन्नुभयो । थबाङका बारेमा कृष्ण सेन इच्छुकको कविताबाट सुनेको स्मरण गराउँदै उहाँले शिक्षा विकासको पनि पूर्वाधार भएको बताउँदै संघीय सरकारले शिक्षामा लगानी गर्दै हरेक नागरिकलाई गुणस्तरीय शिक्षा प्रदानका लागि राज्य लागि रहेको बताउनुभयो ।
उहाँले स्थानीयतहले पनि १०० पुर्णाङ्को पाठ्यक्रम निर्माण गर्न सक्ने बताउँदै शिक्षाको सुधारमा स्थानीयतहलाई नै पहिलो अधिकार भएको बताउनुभयो । उहाँले जनवादी शिक्षाको पनि निकै राम्रो सचेतनाको अभियान भएको बताउँदै उहाँले अबको शिक्षा जीवनउपयोगीता र रोजगारमुखी प्रदान गर्ने बताउनुभयो ।
उहाँले संसार ज्ञान, प्रविधिको युग भएको बताउँदै त्यसको नेतृत्व प्रदान गरि दिनुभएको छ । अब रोल्पा जिल्लामा पूर्व सभामुख ओनसरी घर्ती, ऊर्जा मन्त्री वर्षमान पुनमगर माडिचौर कृषि क्याम्पस र निवर्तमान सभामुख कृष्णबहादुर महाराको नेतृत्वमा रोल्पाको लिबाङमा रोल्पा पोलिटेक्नीकल कलेज सञ्चालन गररहेको बताउँदै त्यसलाई अझै सुधार गर्ने बताउनुभयो ।

मन्त्री पोख्रेले भन्नभयोः–“ रोल्पा पञ्चायत विरुद्धको आन्दोलनमा होस् वा बहुदलीय व्यवस्था लिनका लागि र जनयद्धमा अग्रणी भूमिका निर्वाह गरेको थियो । जनयुद्धको जगमा नै आजको परिवर्तन सम्भव भएको छ । रोल्पालाई विगतमा राज्यले उपेक्षा गरेकै कारणले जनयद्धको केन्द्र बनेको थियो । वर्गसंघर्षताका रोल्पामा चलाएको रोमियो, किलोसेरा टु, जंगल सर्च अप्रेसन लगायतको दर्जानौ अप्रेशनले रोल्पामा राज्यप्रति विद्रोही मासिकताबाट परिवर्तन सम्भव भएको हो ।
उहाँले जनयुद्धकै क्रममा रोल्पा केन्द्रीय आधार इलाकाको रुपमा विकसित भयो । जनयुद्धमा तत्कालीन डिभिजन कमाण्डर किमबहादुर थापा सुनिल, केन्द्रीय सल्लाहकार एवं यसै थबाङका तेजमान घर्ती क. दिर्घ, नेपबहादुर केसी परिवर्तन, ज्वार लगायत ९७९ जना आम रोल्पाका नेतृत्वदेखि जनतासम्मले त्याग तपस्या बलिदान, रगत, पसिनाकै कारणले रोल्पाको विरतापूर्ण इतिहास कायम गरेकोमा सम्मान व्यक्त गर्नुएको थियो ।
आफू शिक्षा मन्त्रीले रोल्पा जिल्लाले परिवर्तनमा योगदान गरेको बताउँदै २०७२ सालमा नै रोल्पा जिल्लालाई नमूना बनाउनु पर्दद्ध भन्ने भएपछि हाल निकै अगाडि बढाइ रहेको बताउनुभयो ।
उहाँले नमूना विद्यालयका लागि गुणस्तरीय शिक्षा, एवं प्राविधिक रुपमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । परम्परागत शिक्षाको पद्धतीलाई बढल्नुपर्ने बताउनुभयो ।


उहाँले मौलिक हककोको ग्यारेन्टी गर्नका लागि सबै विद्यार्थीलाई जीवन उपयोगी, रोजगारमुखी, सचेत र परिवर्तन, सँस्कार, संस्कृतिमा आमूल परिवर्तनसहितको शिक्षा दिनु पर्ने बताउनुभयो ।
उहाँले नमूना विद्यालयकोका निर्माणमा लागि विद्यालय व्यवस्थापन समिति, प्र.अ. लगायत, शिक्षक, विद्यार्थी अभिभावकहरुलाई एक भएर अगाडि बढ्नका लागि आग्रह गर्नुभएको थियो ।
साथै उहाँले शुसासन र पार्दशीताको क्षेत्रमा नमूना बन्र्ने पर्ने बताउनुभयो । उहाँले १२३ पालिकाका विद्यालयमा शिक्षकको दरवन्दी रहेको त्यसबाहेक रोल्पा जिल्लामा पनि दरवन्दीमा हेरफेर गर्ने बताउनुभयो ।
शिक्षाको सबै जिम्मेवारी स्थानीयतहलाई प्रदान गर्ने बताउँदै शिक्षा क्षेत्रको विकासका लागि स्थानीयतहलाई नै अधिकार प्रदान गर्ने बताउनुभयो साथै उहाँले शिक्षक भर्ति गर्दा आफ्नो गोजीबाट राखेको झै गरी न बनाउनु हुने बताउनुभयो ।
उहाँले शिक्षकले जनआन्दोलन, जनयुद्धमा खेलेको भूमिका सम्मान गर्दै शिक्षकलाई पूर्ण राजनीतिक कार्यकर्ता होइन कि समाजलाई बढल्ने दिशामा लाग्नुपर्ने बताउनुभयो ।


साथै विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानका लागि न्यूनतम १ करोडको लक्ष्यसहित स्थापना गर्नका लागि करिव ५० लाख रुपैया जम्मा भइसको छ । साथै गोरर्खा मेमोरियल युकेद्वारा कम्युटर हस्तातरण गरेको छ ।
रोल्पा जिल्लामा शिक्षकको दरवन्दी संख्याको अनुपातमा हाल निकै न्यून रहेको छ । यसमा शिक्षक दरवन्दीका लागि ध्यान दिने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि ऊर्जा सिंचाई एवं जलश्रोत वर्षमान पुनमगरले थबाङ एउटा राजनीतिक आस्थाको केन्द्र बनेको केन्द्र र थबाङ त्यो गाउँ जलजलाको गीत गाउँदै गरेको नेता आज सम्मानित उपराष्ट्र बन्दा सबै रोल्पालीको गौरवको विषय भएको बताउनुभयो । उहाँले रोल्पा जिल्लाको लागि यो गौरवको विषय थबाङले जन्माएको बताउँदै उहाँले रोल्पाको विकासका लागि सधै अगाडि बढाउनुपर्ने बताउनुभयो । त्यही राजनीतिक आन्दोलनले जन्माएको नेतृत्वको हैसियतले रोल्पा एवं थबाङको विकाकाका लागि सधै लाग्नु पर्ने बताउनुभयो ।
उहाँले रोल्पा जिल्लाको राजनीतिक केन्द्रलाई संरक्षण गर्दै अब पर्यटक, विकास र समृद्धिको विकासको लागि केन्द्र बनाउने बताउनुभयो । उहाँले शिक्षाको विकासका लागि संघीय, प्रदेस, स्थानीय सरकारबाट समानुपातिक विकासका गर्नका लागि अगाडि बढाएको बताउँदै यस पटक सम्मानीय उपराष्ट्रपति नन्दबहादुर पुनमगरले अध्ययन गरेको थबाङ र आफूले अध्यापन गरेको जिनाबाङको विद्यालयमा नमूना बनेको बताउनुभयो ।
साथै उहाँले विगतमा रोल्पा जिल्लाको विकासका संसद विकासका कोषबाट सहयोग गरेको बताउनुभयो । साथै उहाँले आम रोल्पालीको दुश्वमन भनेको गरीवी, अशिक्षा, पछौटेपन नै भएको बताउनुभयो ।
थबाङ गाउँपालिका बनाउनको लागि आफ्नै पहलमा भएको बताउँदै थबाङ गाउँपालिका र थबाङ गाउँपालिकाको केन्द्र थबाङ बनेको बताउनुभयो । साथै गाउँपालिकाको सरकार गाउँमै रहेको बताउँदै गाउँपालिकाको विकासका लागि संघीय सरकार लागेको बताउनुभयो ।
साथै संघीय सरकारले जलजलालाई नेपालको १०० गणतव्यमा जलजला पार्न सफल भएको बताउँदै जलजला क्षेत्रको प्रचार प्रशार भएको बताउनुभयो । उहाँले थबाङ र जलजललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर अगाडि बढाएको बताउँदै आगामी दिनमा पनि अझै विकास र विस्तार गर्ने बताउनुभयो ।
साथै सहीद मार्ग लगायत सडक सञ्जाल अगाडि बढेको बताउँदै रोल्पा उज्यालो कार्यक्रम तिव्र रुपमा अगाडि बढिरहेको बताउँदै रोल्पा जिल्लालाई यसै वर्ष उज्यालो बनाई सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षाको विकासका लागि अक्षयकोषमा आफ्नो तर्फबाट १ लाख र पूर्व सभामुख ओनसरी घर्तीमगरको तर्फबाट १ लाख गरी २ लाख घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विरबहादुर घर्तीमगरले थबाङ गाउँपालिकाको विकासका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारको सहकार्यमा समग्र थबाङ गाउँपालिकाको शिक्षा क्षेत्र गुणस्तरीय बन्दै गइरहेको बताउनुभयो । ३ लाख रुपैया प्रदान गर्नुभएको थियो ।
टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानका निर्देशक गोविन्द दुलालले २०३० सालमा अम्रेकी नागरिक अगस्ट मोलनरले रोल्पाको थबाङमा बसेर मगरभाषा तथा मगर सस्ंकृतिमा विद्यावारधी गर्नुभएको जानकारी गराउँदै तत्कालीन प्राधानमन्त्री टंकप्रसाद आचार्यको छोरी मिना आचार्यको पहलमा थबाङका पूर्व सांसद बरमन बुढाको घरमा बसेर मगर संस्कृतिमा विद्यावारीधा गरेपछि थबाङसँग समन्ध बढेको बताउनुभयो । नमूना विद्यालय घोषणाका लागि स्मृतिको तर्फबाट व्यक्तिगत रुपमा ९ लाख प्रदान गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । टंकप्रसाद स्मृति आचार्य स्मृतिबाट आगामी दिनमा सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नेपालको राजनीतिक इतिहासमा राजनीतिक ९३९७ मा २०१३ सालमा प्रधानमन्त्री हुनुभएको थियो । २० ५० सालमा नबलपरासी, रोल्प लगायतको व्यक्तिगत तर्फबाट ९ लाख नमूना सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै गोरर्खा मेरोसियल फण्डले २० लाख बरावर इमीजा टेक्नोलोजी प्रदान गरेको छ ।


कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीमगर, प्रदेश सभा सदस्य , पूर्व मन्त्री दलजीत सिर्पाली, दिपेन्द्र कुमार पुनमगर लगायतको नेताहरुको उपस्थित रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन प्र.अ. कुलबहादुर वलीले गर्नुभएको थियो । स्वागत विद्यालय विद्यालयको सहायक प्र.अ. उदय जिएमले गर्नुभएको थियो ।

You may also like