उपराष्टपति पुनद्वारा आफैले पढेको वीरवलभद्र मा.वि. थबाङ नमूना विद्यालयको उद्घाटन गर्दै

मानसिंह विश्वकर्मा
रोल्पा १० फागुन


उपराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’ वीरबलभद्र माध्यमिक विद्यालय थबाङ रोल्पाको वार्षिकोत्सव एवं नमूना विद्यालयको उद्घाटन कार्यक्रममा आईतबार थबाङ आउनु हुने भएको छ । संघीय सरकारको एक स्थानीयतह एक नमूना विद्यालय बनाउने अवधारणा अनुसार थबाङ गाउँपालिकाको थबाङमा रहेको वीरवलभद्र मा.वि. नमूना विद्यालय घोषणा कार्यक्रमलाई सम्वोधन गर्न थबाङ आउन लाग्नुभएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’ आफूले अध्ययन गरेको बीरवलभद्र मा.वि. नमूना विद्यालयको उद्घाटन हुने र उपराष्ट्रपतिबाटै अक्षय घोषणा हुने भएपछि थबाङमा निकै उत्साह छाएको स्थानीयबासीले बताएका छन् ।


उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरका अनुसार फागुन ११ गते विहान नेपाली सेनाको हेलीबाट काठमाण्डौँबाट थबाङका लागि उडान रहने र विहान कार्यक्रम रहेको बताउनुभयो । उपराष्ट्रपतिको कार्यक्रम व्यवस्थापन एवं तयारीका लागि तिव्रता दिइइएको वीर बलभद्र मा.वि. व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले बताउनुभयो । उहाँले कार्यक्रमको तयारीका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक एवं स्थानीयहरु लागि परेको बताउनुभयो । विद्यालय व्यवस्साथ सवीर बलभद्र नमुना माध्यामिक विद्यालयको उद्घाटन, अक्षयकोष स्थापना तथा विद्यालयको स्मारिका विमोचन र गोर्खा मेमोरियल फन्र्ट युकेद्वारा विद्यालयलाई सहयोग गरिएका कम्प्युटर हस्तान्तरण कार्यक्रम तय गरिएको छ । विद्यालयमा गुणस्तरीय शिक्षाका लागि न्यूनतम १ करोडको अक्षकोष स्थापना गर्ने लक्ष्यसहित स्थापना गरिएको अक्षकोषमा ४९ लाख रकम जम्मा गरि सकिएको अध्यक्ष अजय घर्तीमगरले बताउनुभयो । साथै प्राविधिक शिक्षाका लागि गोरखा मेमोरिलय युकेद्वारा करिव २० लाखको कम्युटर ल्याव हस्तातरण गर्ने कार्यक्रम रहेको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनमगर ‘पासाङ’ सँगै शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वखेलकुद मन्त्री दलजित श्रीपाली, संघीय संसदका शिक्षा समिति सभापति जयपुरी घर्ती लगायतका नेताहरु आउने कार्यक्रम रहेको छ ।
वि सं २०१५ सालमा स्थापना भएको वीर वलभद्र नमूना विद्यालयमा अध्ययन गरेका व्यक्तिहरु देशका थुप्रै उच्च ओहदमा पुग्नुभएको छ । उपराष्ट्रपति पुनले पनि वाल्यकालमा कक्षा ९ र १० कक्षा सोही विद्यालयमा अध्ययन गर्नुभएको थियो ।
आफुले अध्ययन गरेको विद्यालयमा आफु आउन पहिले देखिनै चासो राख्नुभएको थियो यस पटक यही कार्यक्रलाई सम्बोधन गर्न उप राष्ट्रपति पुन थबाङ आउन लाग्नु भएको छ विद्यालयका प्र.अ कुलबहादुर वलीले जानकारी दिनुभयो ।
उपराष्ट्रपति नन्दबहादुर पुनमगर जनयुद्धकालमा युद्धका धेरै समय थबाङमा नै विताउनुभएको थियो । जनयुद्धबेला जनमुक्ति सेना नेपालका कमाण्डर बन्दै दुई कार्यकाल उपराष्ट्रपति बनेपछि पहिलो पटक थबाङमा आउन लाग्नुभएको हो । उहाँले थबाङमा सो कार्यक्रमलाई सम्वोधन गरेपछि सोही दिन नै फिर्ता रहने कार्यक्रम रहेको छ ।


यसैगरी उर्जामन्त्री वर्षमानको सचिवालयको अनुसार मन्त्री पुनमगर थबाङमा बीरवलभद्र माध्यमिक विद्यालय नमूना उद्घाटन लगायतको कार्यक्रमपछि १२ गते परिवर्तन गाउँपालिकाको रहेको छ । यसैगरी १३ गते माडी गाउँपालिकाद्वारा आयोजना गरिएको माडी अध्यक्ष कप एवं शैक्षिक मेला २०७६ मा सहभागी हुने कार्यक्रम रहेको छ । मन्त्री पुनमगरले फागुन १४ गते रोल्पा नगरपालिका वडा नं. २ मा रहेको पिताराज आधारभूत विद्यालयमा स्थापना गरिएको अक्षकोष उद्घाटन, बाल कल्याण नमूना मा.वि. लिबाङ पूर्व विद्यार्थी मञ्च लिबाङ रोल्पाको पहलमा स्थापना गरिएको अक्षकोषको उद्घाटन गर्नुहुने भएको छ । सोही दिननै रोल्पा नगरपालिका र रोल्पा उद्योग वाणिज्य संघद्वारा आयोजित लगानी सम्मेलनलाई पनि उद्घाटन गर्नु हुने उर्जा मन्त्रीको सचिवालयले बताएको छ ।
रोल्पा जिल्ला जनयुद्धको समयमा त्याग, तपस्या, बलिदान गरेको जिल्ला हो । जनयुद्धकै बेला भएको नेतृत्वहरुको विकासले हाल देशको विशिष्ट स्थानमा पुग्नुभएको छ । रोल्पा जिल्लाको नेतृत्व, सरकार, कर्मचारी क्षेत्र लगायत स्थानमा पहँुच पुगेको छ । त्यसैगरी रोल्पाली जनताको अपेक्षा अनुसार विकासको चाहना विस्तारै पुरा हुँदै गएको छ । विगतभन्दा वर्तमानमा रोल्पाको विकास भइरहेको छ । विकसित रोल्पा बन्दै गइरहे पनि आगामी दिनमा अझै विकासमा निरन्तर लाग्नुपर्ने पर्ने देखिन्छ ।

You may also like