लुंग्री १ पाङ दाइबाङमा नेकपाको टोल कमिटी गठन

चन्द्र रोकामगर
साउन १६ पाङ

लुंग्री गाउँपालिका १ पाङको दाईबाङमा टोल कमिटी गठन भएको छ । टोल कमिटी अध्यक्ष भरत घर्तीको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जसको सचिवमा महेन्द्र पुनमगर रहनुभएको छ ।
बैठकमा जिल्ला समिति सदस्य ताजे पुनमगर, दिलबहादुर पुनमगर लगायतको आतिथ्यता रहेको थियो । उहाँहरुले समसामयीक विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेस पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश समेत गरेका थिए । प्रवेशीकाहरुलाई अतिथिहरुले स्वागत समेत गरेका थिए । कार्यक्रम भरत घर्तीको अध्यक्षतामा भएको थियो भने समेश पुनमगरले सञ्चालन गर्नुभएको थियो । यसैगरी छिउडरमा समेत हुने आयोजकले बताएको छ । साथै गाउँपालिकामा पार्टी कमिटीहरु गठन गर्ने लहर निकै चलेको गाउँपालिकाले बताएको छ ।

You may also like