रोल्पामा फेरी १० दिन लकडाउन थपसँगै पसलहरु खुलाउने


रोल्पा समाचारदाता
जेठ ३१ लिबाङ रोल्पा

This image has an empty alt attribute; its file name is p-3.jpg


कोरोना भाइरसको सक्रमणका कारणले रोल्पामा गरिएको निषेधाज्ञ फेरी १० दिनका लागि थप गरेको छ । आज प्रमुख जिलला अधिकारी नबराज सापकोटाको अध्यक्षतमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र रोल्पाको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारीले रोल्पा जिल्लामा शुरुको चरण भन्दा विस्तारै सक्रमितको संख्या कम हुँदै गएको बताउनुभयो । साथै कोरोनाको दोस्रो चरणमा आइतबारसम्म रोल्पा जिल्लामा १७ जनाको मृत्यु, ५०६ जना संक्रिय संक्रिमत, १४८५ जनामा पी.सी.आर.मा ८७७ जना, २५८६ जनाको एन्टीजेन्ट गर्दा ९४० जना संक्रमित भएको बताउनुभयो । साथै रोल्पा जिल्लामा सबैको सहयोग र सहकार्यले कोरानोको भवावह अवस्थामा केही कम गर्न सकिएको बताउनुभो । यस्तै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले विरामीको संख्या भए पनि आगामी दिनमा अझै परिक्षणको संख्या बढाउनु पर्ने बताउनुभो । उहाँले सबै अझै कोरोना नियन्त्रणमा लाग्न आवश्यक रहेको बताउनुभयो । यसैगरी जिल्ला समन्वय समिति रोल्पाका का.वा. प्रमुख कर्मलाल परियारले पनि अझै सम्वेदनशील बनेर अगाडि बढ्नु पर्नेमा बताउनुभयो ।


बैठकले यस अति आवश्यक सम्पूर्ण पसलहरु विहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने, ढुवानी सेवा सञ्चालनका लागि सहजीकरण गर्ने, १० दिनको अवधीमा जिल्ला भरी नै परिक्षणको दायरा बढाउने निर्णय गरेको छ । साथै वित्तिय सेवा दिउसो ४ बजे सम्म नै सेवा प्रवाह गर्न सहजीकरण गर्ने निर्णय गरेको छ ।

You may also like