बाल मन्दिर आधारभूत विद्यालयको ३० औं वार्षिक उत्सव सम्पन्न

१६ गते, माघ
लिबाङ–रोल्पा    बाल मन्दिर आधारभूत विद्यालय रोल्पा नगरपालिका ४ रोल्पाको ३० औं वार्षिक उत्सव कार्यक्रम बिहीबार विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ । विद्यालय प्राथमिक विद्यालयलाई शैक्षिक सत्र २०७६ देखि आधारभूततहको पढाई सञ्चालन गर्दै आएको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि रोल्पा नगरपालिका रोल्पाको शिक्षा शाखा प्रमुख उप सचिव महेन्द्र पराजुलीले भन्नुभयो,‘ बालबालिकाहरूले उचित वातावरण भए उकृष्ट विद्यार्थी बन्न सक्छन् भन्ने उदाहरण सामुदायक विद्यालय बनेको छन्, जसमा यस विद्यालयका विद्यार्थीको कला, संस्कार, क्षमता नै उदाहरणको प्रमाण हुन् । निजि विद्यालयमा अध्यान गर्ने बालबालिकाहरूको गृहकार्य, पढाईको चाप, सजायकै कारण विद्यालय जादा खुसि हँुदैनन् । तर, सामुदायिक विद्यालयमा बसाई व्यवस्थापन, दिवा खाजा, छात्रावृतिको व्यवस्थाले दैनिक घरमाभन्दा पनि विद्यालयमा नै समय बिताउन चाहन्छन् ।’ विद्यार्थीहरु ६ घण्टा विद्यालयमा सैद्वान्तिक तथा व्यवहारिह शिक्षा त प्राप्त गर्दछन् । भने बाँकी समय १८ घण्टा समय आफ्ना अभिभावकसँगै नै बिताउने भएको हुँदा अभिभावकहरुले असल कुरा सिकाउनु पर्ने आवश्यकता प्रमुख अतिथि पराजुलीले औल्याउनुभयो । ‘अहिले विद्यार्थी अनुपातमा भौतिक संरचना र शिक्षकको व्यवस्था नहुँदा शिक्षण सिकाईमा प्रभाव परेको वास्तविकता हो । त्यसैले शिक्षण सिकाईमा परेको प्रभावलाई संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरुले भौतिक संरचना र शिक्षकको व्यव्यवस्था गरेको खण्डमा तपाई हाम्रो बालबालिकाहरुले सहज वातावरणमा शिक्षण सिकाई हासिल गर्ने सक्छन्,’उहाँले भन्नुुभयो । यस विद्यालयको सर्वाङ्गीण विकासको निम्ति रोल्पा नगरपालिकाबाट हुने सक्ने सहयोग बाँकी नराख्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
त्यसैगरी विशिष्ट अतिथि एवं रोल्पा नगरपालिका ४ नं. वडा अध्यक्ष नवराज आचार्यले भन्नुभयो,‘यस विद्यालयलाई आधारभूततहसम्मको पढाई सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माणका लागि सम्बन्धित निकायमा माग भएको छ । विश्वास छ, त्यो माग पूरा हुने छ ।’ साथै यस विद्यालयको थप विकासको निम्ति वडा कार्यालयबाट आगमी दिनमा पनि हुने सहयोगका लागि पहल गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । शिक्षक अभिभावक संघ सदस्य जमलाल रोकाले शुभ कामना मतव्य राख्नुभएको थियो । सोही कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । भने उत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताको विजय विद्यार्थी र टिम नेतृत्वलाई पुरस्कारबाट पुस्कृति गरिएको थियो । उत्कृष्टि शिक्षाक लालबहादुर सेनलाई नगद रु १ हजार ५ रुपैया सहित प्रमाण पत्रले सम्मान हुनुभएको थियो । भने नियमिति विद्यालय उपस्तिथि हुने शिक्षक मिना आचार्य पनि सम्मानित हुनुभएको थियो ।

विद्यालयमा अध्यायरत विद्यार्थिहरुमध्ये विभिन्न विधामा उत्कृति विद्यार्थीहरुलाई प्रमुख अतिथि सहित अन्य अतिथिहरुले पुस्कृत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिको पदाधकारी, शिक्षक अभिभाव संघ पदाधिकारी, पत्रकार, शिक्षक, अभिभावक, सहितका सरोकारवाला निकायहरुको सहभागिता कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर सेनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बाल क्लव अध्यक्ष मिनबहादुर विष्टले गर्नुभएको थियो । भने स्वागत विद्यालयको प्रधानाध्यापक विना मल्लले गर्नुभएको थियो ।

You may also like