रोल्पाको खुंग्रीमा माडी, लुङ्ग्री सिंचाई कारिडोर अायाेजना सञ्चालन

मानसिंह विश्वकर्मा
लिबाङ, माघ २४
रोल्पामा विभिन्न सिंचाई आयोजना सञ्चालन भएपछि अब पहिलो पटक माडी, लुङ्री, सिचाई करिडोरको कार्यालय स्थापना भइ कार्य सञ्चालन हुने भएको छ ।
रोल्पाको खुंग्रीमा पहिलो पटक कार्यालय स्थापना गरि कार्यालय सञ्चालन गर्ने सि.डि.ई गोपाल शर्माले जानकारी गराउनुभएको छ । २५ गते विहान ११ बजे खुंग्रीमा माडी, लुङ्री कोरिडोर सिंचाई आयोजनाको कार्यालय स्थापना गरिने समेत शर्माले बताउनुभयो । सो पहिलो पटक हुन लागेको कार्यालय स्थापना सिंचाई राज्य मन्त्री अमरसिंह पुनमगरको प्रमुख आथित्यतामा सम्पन्न हुने समेत करिडोर सिंचाई आयोजना प्रमुख गोपाल शर्माले बताउनुभयो । सो कार्यालयबाट माडिचौर, जेदबाङ, खुंग्री, घोडागाउँ, मिझिङ लगायतको स्थानमा सिचाई आयोजनाबारे अध्ययन एवं कार्य सम्पादन गरिने छ । अब निरन्तररुपमा आयोजनाहरु सञ्चालन गरिने भएकोले त्यस क्षेत्रका किसानले सहजरुपमा सिंचाई सुविधा पाउने छन् । सो कार्यक्रमका लागि जिल्ला स्थित राजनीतिक, सरकारी तथा गैर सकारी कार्यालयका प्रमुख एवं प्रतिनिधी र पत्रकारहरुलाई सहभागिका लागि कार्यालयले अनुरोध समेत गरेको छ ।

You may also like