“केही घण्टा सूचना ढिलो आएको भए प्रचण्डको मृत्यु हुन सक्ने थियो” –ऊर्जा मन्त्री वर्षमान पुनमगर (अनन्त)

मानसिंह विश्वकर्मा
फागनु १२ गते
राङ्सी रोल्पा


उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ ले जनयुद्धका सर्वाेच्च कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हेली आक्रमणको जानकारी केही समय मात्रै दिला भएको भए २०६१ साल फागुन ४ गते नै तत्कालीन शाही सेनाको आक्रमणमा मृत्यु हुन सक्ने विगतको दुखद दिनको स्मरण गर्दै सूचना पाएपछि ६ महिनासम्म बसेको सेल्टर रोल्पा राङ्सी डाँडाँगाउँको हेडक्वाटरबाट बाहिएर आक्रमणबाट बाच्न सफल भएको बताउनुभयो । प्रचण्डको मृत्यु भएको भए जनयुद्ध र देशमा आमूल परिवर्तन नहुन सक्न बताउँदै शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र सँस्थागत हुन नसक्ने बताउनुभयो ।


मन्त्री पुनमगरले यस्तो कुरा रोल्पाको राङ्सी डाँडाँगाउँमा रहेको तत्कालीन नेकपा (माओवादी) केन्द्रीय हेडक्वाटर रहेको प्रचण्डको सेल्टरलाई युद्ध पर्यटन क्षेत्र बनाउन संघीय सरकारले बनाएको योजना अनुसार आज उद्घाटन गर्दै रोल्पाको राङ्सी डाँडाँ गाउँमा बताउनुभएको हो । उहाँले २०६१ साल फागुन ४ गतेको दिनलाई स्मरण गर्दै भन्नुभयोः–“यहाँ अध्यक्ष क. प्रचण्ड धेरै करिव ११ महिना सेल्टर बनाउनुभएको थियो । २०६१ साल फागुन ४ गते उहाँको सुरक्षा टोलीले थाहाँ पाएर विहान सेल्टर छोड्नुभयो, दिनको २ बजे घर तथा गाउँलाई घेरा हालेर हवाई आक्रमण ग¥यो, उहाँको सचिवालयले केही घण्टा सूचना ढिलो प्राप्त मात्रै गरेको भए हवाई आक्रमणमा मृत्यु हुन सक्थ्यो तर संयोगले बच्न सफल हुनुभयो, जनयुद्ध र शान्ति प्रक्रियालाई सफल बनाउनुभयो ।”


जनयुद्धकालमा पनि अध्यक्ष र केन्द्रीय हेडक्वाटरसँग नजिकको समन्धमा रहेका पुनमगरले भन्नुभयोः– ‘ आज हामी खुशीयाली मनाई रहेका छौँ, २५ वर्षलाई फर्कि हेर्दा यस जिल्लामा राज्य व्यवस्था परिवर्तनको निम्त महान जनयुद्व सञ्चालन भएको थियो । त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको थियो, जनयुद्ध र जनआन्दोनको राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधान जारी राष्ट्र समृद्धको दिशामा अगाडि बढेको छ यो परिवर्तनलाई सँस्थागत गर्नुपर्दछ ।’
जनयुद्धकालमा राङ्सीबाटै ऐतिहासिक परिवर्तनको योजना निर्माण गरेको बताउँदै संविधान निर्माण नहुँदा पनि युद्धको बंकरमा बस्न मन छ भन्ने प्रचण्डको बोलीले संविधान निर्माणमा सहयोग पुगेको सत्य घटना बताउनुभयो । उहाँले भन्नुभयोः–“मलाई संकट परेको छ, म रोल्पा जान्छ, युद्धका बंकरमा बस्न मन छ भने पछि कत्रो चर्चा भयो, हामी अध्यक्ष प्रचण्ड सँग आयौँ, तुरुन्त तत्कालीन प्रधानमन्त्री सुशिल कोइरला र सभामुख सुवास नेम्बाङले फोन गर्नुभयो । तपाईहरु तुरुन्त आउनु होस् भन्नुभयो हामी गयाँै संविधान जारी भयो ।”
महान जनयुद्वमा नेपाली जनताको त्याग, वलिदान र योगदानबाट आज शान्ति, समृद्धको दिशामा राष्ट्रय अगाडि बढेको प्रमुख अतिथि पुनले बताउनुभयो । मन्त्री पुनमगरले महान जनयुद्वको सुप्रिम कमाण्डर प्रचण्ड यस भवनमा बसी पार्टीलाई सफलता पूर्वक अगाडि बढाउनुभएको थियो । “अहिले सरकारकै पहलमा यस भवन युद्व सङ्ग्रालय बनेको छ । यो महान जनयुद्वको प्रमाण हो ।”
प्रमुख अतिथि पुनले युद्व सङग्रालयको केही भौतिक संरचना तयार भएको भए पनि आगामी दिनमा संघीय, प्रदेश र स्थानीयसरकारको सहकार्यमा यसलाई नमूना युद्ध पर्यटनको क्षेत्र बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


उहाँले तत्कालीन समयमा माओवादीको केन्द्रीय हेडक्वाटरलाई राखेर गाउँमा सुरक्षा प्रदान गर्ने सबैलाई धन्यवाद व्यक्त समेत गर्नुभयो ।
उहाँले चिनमा जनयद्धुको बेलामा माओले सिर्जना गरेको युद्ध पर्यटनबारे सुनाउँदै भन्नुभयोः–“सुविधा युक्त च्याङ्काई सेकको विरुद्धमा क. माओले यही पिठो र सिस्नो खाएर लडेर विजय प्राप्त गरेका छाँै, १८ वर्ष सम्मको ऐनान भूमि हाल युद्ध पर्यटकीय क्षेत्र हो, त्यसै झै हामीले प्रचण्ड मात्रै होइन जनयुद्धको एउटा विम्ब हो हामीले संरक्षण गर्नुपर्दछ ।” घरबास कार्यक्रम, बाटो ग्रावेल, सुरुङको संरक्षण, सेन्ट्री पोष्ट लगायको संरचना लाई संरक्षण गर्न अपिल गर्नुभयो ।
यसैगरी कार्यक्रममा पूर्व मन्त्री एवं शिक्षा तथा स्वास्थ समितिका सभापति जयपुरी घर्तीमगरले आफूहरुको गाउँमा प्रचण्डले पार्टीको हेडक्वाटर सञ्चालन गरेर देशैभरीको जनयुद्धको आन्दोलनलाई नयाँ उचाईमा पु¥याएको बताउनुभयो । उहाँले पहिले देखि बस्दै आएपनि त्यस बेला ११ महिना एउटै स्थानमा बसेर योजना निर्माण गरी क्रान्तिलाई नयाँ उचाईमा उठाएको बताउनुभयो ।
पूर्व मन्त्री एवं सोही गाउँ निवासी जयपुरी घर्तीमगरले प्रण्डले फौजी एवं राजनीतिक योजना त्यही गाउँमा बसेर जनयुद्ध र जनआन्दोलनको फ्यूजनको रुप रेखा कोरेर अगाडि बढेको बताउनुभयो । ११ महिनासम्म बस्दा पनि कुनै सूचना चुहावत नभएको र सबै पार्टी र क्रान्ति प्रति प्रतिबद्ध भएकोले पनि हेडक्वाटर लामो समय बसेको बताउनुभयो ।


पूर्व सभामुख ओनसरी घर्तीमगरले प्रचण्ड मात्रै बसेका होइन, सिंगो क्रान्तिको विचारक यस घरमा बसेर क्रान्तिलाई अगाडि बढाएको बताउँदै अब यसको विकास र संरक्षणमा लाग्ने बताउनुभयो । उहाँले त्यसको पहलकर्ताको रुपमा जयुपुरी घर्तीमगरले लिदै आएको र आगामी दिनमा पनि लिन अनुरोध गर्नुभयो ।
यस्तै प्रदेश सभा सदस्य दीपेन्द्र पुनमगरले प्रचण्ड बाचेको भएर आज पर्यटन क्षेत्र बनाउने कुरा गरि रहेको बताउँदै यदी हवाई आक्रमण मरेको भए क्रान्ति नै तुहिने खतरा रहेको बताउनुभयो । उहाँले प्रदेशको बजेटसमेत राखेर अब संरक्षण बनाउने बताउनुभयो । यसैगरी गाउँपालिका अध्यक्ष निमकान्त डाँगीले परिवर्तन गाउँपालिकाबाटै त्यस क्षेत्रको विकास गरिने बताउनुयो ।


जनयुद्धकालमा राङ्सी डाँडाँगाउँ जनमुक्ति सेनाका कमाण्डर नन्द किशोर पुनमगर ‘पासाङ’ र नेता जयपुरी घर्तीको गाउँ हो । यी दुवै पात्र प्रचण्डका विश्वासशीला पात्रका रुपमा थिए । सो गाउँका सबै जनताहरु सबै संगठित एवं सक्रिय कार्यकर्ता रुपमा थिए । जनताहरुले प्रचण्डलाई सुरक्षा दिएका थिए । सबैले साग, सिस्नो दिएर, दुश्मन आएको खवर गर्ने, सबै जिम्मेवारी स्थानीयले पाएका थिए ।
सोही घरका घरवेटी सर्माली घर्तीका अनुसार प्रचण्ड, सिता दाहाल आफूहरुको एउटै घर परिवारको नाता रहेको थियो । प्रचण्ड अध्ययन, लेखन कार्यले फूर्सद नभएपनि सिता दाहाल गाई बस्तुलाई घास दिने, पानी दिने, बाल बच्चा हेरी दिने लगायतको सहकार्य गरेको बताउनुभयो । उहाँले प्रचण्डले सिस्ने, हरियो भाजीको साग मन पराएको समेत बताउँदै त्यसको आपुर्ती समेत गरको बताउनुभयो ।
पुरानो घर, गोलीले छियाँ छिया बनाएको घर, अग्लो डाँडामा रहेको भवनमा दुइतले घर, त्यसैमा करिव ५० मिटर लामो सुरुङ, प्रचण्ड सुतेको बेड, आगो बालेर टापेको चुलो, भाग्न सहजीलो भ¥याङ लगायतका संरचना छन् ।
डाँडाँ गाउँ युद्ध पर्यटन क्षेत्र संरक्षण समितिका अध्यक्ष लालबहादुर घर्तीमगरको अध्यक्षताम भएको कार्यक्रमको सञ्चालन सचिव जितेन्द्र पुनमगरले गर्नुभएको थियो ।

You may also like