हालसम्म रोल्पामा ३६ हजार ७५२ जनाको सामान्य स्वास्थ्य परीक्षण

हालसम्म रोल्पामा ३६ हजार ७५२ जनाको सामान्य स्वास्थ्य परीक्षण
असार, ६ गते
लिबाङ–रोल्पा


जिल्ला प्रशासन कार्यालय रोल्पाबाट गृह मन्त्रालय, विपद् पूर्व तयारी तथा प्रति कार्य शाखा (राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंह दरबार काठमाण्डौैंमा आज नोबेल कोरोना भाइरस (कोभिड–१९)को दैनिक रिर्पाेट पठाएको छ । यस जिल्लामा शनिबारसम्म ३६ हजार ७५२ जना मानिसहरुको सामान्य स्वास्थ्य परीक्षण भएको छ ।
यस जिल्लामा हालसम्म विभिन्न स्थानमा ८६ ओटा क्वारेन्टाइनमा घर फर्किएका मानिसलाई राखिएको छ । ति क्वारेन्टाइनमा एक हजार ३४७ वेड संख्या रहेको छ । क्वारेन्टाइनमा बसेको सामान्य मानिसहरुमध्ये ५३ जना महिला र ५६५ जना पुरुष गरी जम्मा ६१८ जना मानिसरहरु बसेको छन् । आजसम्म क्वारेन्टाइनबाट घर फर्किनेहरु ११ हजार १५५ रहेका छन् । यस जिल्लामा हालसम्म ७८ वेडको आइसुलेसनमा ४ जना महिला र ३७ पुरुष गरी ४१ जना मानिसहरु आइसुलेसनमा राखेर उपचार भइरहेको छ । भने आइसुलेसनबाट २३ जना मानिसहरु फिर्ता भएका छन् । यस जिल्लाको विभिन्न स्थानका क्वारेन्टाइनका राखिएका १ हजार ७६ जनाको स्वाव संकलन भएकोमध्ये ८८२ जना मानिसहरुको स्वाब परीक्षणको रिपोर्ट सार्वजनिक भइसकेको छ । कोरोना संक्रमित विरामीको उपचारमा स्वास्थ्यकर्मीलार्य अवश्यक पर्ने महत्वपूर्ण पिपिई सेट ३७५ थान रेहेको छ । यस जिल्लाको विभिन्न स्थानको क्वारेन्टाइनमा राखिएका एक हजार ७९० जना मानिसहरुको आरडिटी परीक्षणमध्ये एक हजार ७४५ जनाको रिर्पाेट नेगेटिभि आएको छ भने ४५ जना मानिसहरुको पोजिटिभ रिर्पाेट आएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर के.सी.ले बताउनुभयो । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई खानपिनको व्यवस्था स्थानीयतहरुले गर्दै आएका छन् भने संक्रमितको उपचार जलजल बहुमुखी क्याम्पस रोल्पाको अस्थायी आइसुलेसनमा उपचार भइरहेको छ ।

You may also like