रोल्पा उद्योग वाणिज्य संघद्वारा नेपाल पत्रकार महासंघ रोल्पाको निर्वाचित पदाधिकारीलाई स्वागत तथा भेटघाट

रोल्पा उद्योग वाणिज्य संघद्वारा नेपाल पत्रकार महासंघ रोल्पाको निर्वाचित पदाधिकारीलाई स्वागत तथा भेटघाट
रोल्पा समाचारदाता
लिबाङ–रोल्पा

This image has an empty alt attribute; its file name is u1.jpg


रोल्पा उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको छैठौं जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिको पदाधिकारीहरुलाई स्वागत तथा भेटघाट कार्यक्रम शुक्रबार लिबाङमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य एवम् रोल्पा उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष किशोर कुमार आचार्य र रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व कुमार चन्दले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको छैठौ जिल्ला अधिवेशनबाट निर्वाचित कार्य समितिको पदाधिकारीररुलाई अविर र खादा लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि आचार्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखाको नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै सफल कार्यकालको शुभ कामना व्यक्त गर्नुभएको थियो । आगामी दिनमा सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बन्नुपर्ने उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको अध्यक्ष नवीन लोचन मगरले संस्थागत विकासका लागि रोल्पा उद्योग वाणिज्य संघ सहित विभिन्न संघ संस्थाहरुसँग सहकार्य समन्वय गर्दै अगाडि बढ्ने धारणा व्यक्त गर्नुभयो । उहाँको जिल्ला शाखा रोल्पाको छैठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको कार्यवधिसम्म रोल्पा उद्योग वाणिज्य संघबा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सल्लाह सुझावको समेत अपेक्षा गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको संघीय प्रतिनिधि कविता उपाध्याय, प्रदेश प्रतिनिधि मानसिंह विश्वकर्मा, भरत नेपाल सहित जिल्ला शाखा रोल्पाको पदाधिकारीहरुको उपस्थिति रहेको थियो । रोल्पा उद्योग वाणिज्य संघको उपाध्यक्ष केशव कुमार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालय सचिव दुर्गा के.सी.ले गर्नुभएको थियो भने स्वागत अध्यक्ष विश्व कुमार चन्दले गर्नुभएको थियो ।

You may also like