श्री शिद्ध कैलाश मा.वि.मा पुरस्कार तथा सम्मान कार्यक्रम

लछुमन स्मृति छात्रवृत्तिबाट ३ जना विद्यार्थी सम्मानित
रोल्पा समाचारदाता
जेठ ३२ गते

 

माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुनमग ‘आनन्द’ ले गाउँपालिकाको शिक्षा सुधार गर्नका लागि पहिलो प्राथमिकता राखिएको बताउँदै अब माडी गाउँपालिकाको शिक्षालाई सुधार गर्नका लागि गाउँपालिका पुरै जनशक्ति लगाएर काम गरि रहेको बताउनुभयो ।
उहाँले यस्तो कुरा श्री शिद्ध कैलाश मा.वि. माडी गाउँपालिका वडा नं. ६ कोर्चाबाङद्वारा आयोजना गरिएको कार्यक्रममा शुक्रबार कोर्चाबाङ मिनाहीमा बताउनुभएको हो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका पुनमगरले नेपालमा राजनीतिक क्रान्ति पूरा भएको बताउँदै अब सामाजिक सुधारका लागि क्रान्ति आवश्यक रहेको जानकारी दिदैँ आफूहरु सुधारका लागि निरन्तर लागि परेको बताउनुभयो । उहाँले जनताको जीवन स्तर परिवर्तन गर्नका लागि पहिलो आधार शिक्षा क्षेत्र नै भएको बताउँदै त्यसलाई पहिलो प्राथमिकता समेत दिनु पर्ने अनुरोध गर्नुभयो ।

उहाँले विद्यालयमा प्रथम, द्वितीय, तृतीयहरु छात्राहरुलाई पनि वधाई ज्ञापन गर्दै बढी श्रेणी लिनका लागि र अन्यलाई पनि स्थान प्राप्त गर्नका लागि शुभकामना दिनुभयो । यसैगरी उहाँले विदाई शिक्षकहरुलाई पनि कार्यकुशलताको कामना गर्नुभयो ।
साथै कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका पहिलो अध्यक्ष मानसिंह विश्वकर्माको पहलमा आफ्नो स्वर्गिय बुवा लछुमन विश्वकर्माको स्मृति स्थापित उत्कृष्ट विद्यार्थी छात्रबृति अक्षकोष समेत प्रदान गरिएको थियो । सो कार्यक्रममा समेत प्रमुख अतिथि रहनुभएका गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनमगरले शिक्षाका क्षेत्रको सुधारका लागि सरोकार राख्ने व्यक्तिहरु पनि निरन्तर लागि रहेको बताउनुभयो । उहाँले अध्यक्षकोषका बारेमा भन्नुभयोः–“ लछुमन विश्वकर्मा जो हाम्रो पनि अभिभावक हुनुन्थ्यो, उहाँको सन्तानहरु मध्ये मानसिंह विश्वकर्माको पहलमा अक्षयकोष स्थापना गर्नुभयो यो राम्रो काम हो, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह विश्वकर्मा लगायत सहपरिवारलाई धन्यवाद दिन्छ । आगामी दिनमा अझै विकास हो । मृतक बुवाप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । ”
विद्यालयको समस्याप्रति भौतिक पूर्वाधार निर्माणको लागि गाउँपालिकाकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि माडी गाउँपालिका वडा नं. ६ कोर्चाबाङका अध्यक्ष खर्कबहादुर पुनमगरले माडी गाउँपालिका वडा नं. ६ को शैक्षिक अवस्था विगतभन्दा केही सुधारात्मक रुपमा अगाडि बढिरहेको जानकारी गराउँदै थप परिश्रम गर्नुपर्ने बताउनुभयो । उहाँले वडा कार्यालयले निरन्तर प्रयास गरिरहेको भएपनि यसमा सबैको सहयोगको आवश्यक रहेको बताउनुभयो । उहाँले अभिभावकको जिम्मेवारी, शिक्षकको जिम्मेवारी र सरोकारवालाको जिम्मेवारी सबैले निर्वाह गर्नुपर्ने बताउनुभयो । सबैले शिक्षाको विषयमा गम्भिर बन्नका लागि अनुरोध गर्दै त्यसमा आई पर्ने समस्यामा वडा कार्यालय हातेमालो गर्न तयार रहेको बताउनुभयो ।


यसैगरी कार्यक्रमका अतिथि माडी गाउँपालिका शिक्षा संयोजक कविराज रिजालले विद्यार्थीहरु आजका मुना र भविस्याका कर्णधार भएकाले हाल जस्तो सुकै आकार दिन समेत सकिने बताउनुभयो । उहाँले नैतिक शिक्षा शिक्षक, विद्यार्थी, अभिभावक सबैले सिक्न जरुरी छ । साथै रिजालले विद्यार्थीहरुलाई शिक्षण सिकाईको नयाँ तरिका अनुसार प्रदान गर्नका लागि अनुरोध गर्नुभयो ।


यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष एवं अध्यक्षकोष स्थापनादता मानसिंह विश्वकर्माले देशको भविस्य निर्माण गर्नका लागि शिक्षाबाट लगानी शुरुवात गर्नुपर्ने बताउनुभयो । शिक्षाले नै मानिसको जीवनको समृद्धिको यात्रा अगाडि बढाउने बताउनुभयो । उहाले भन्नुभयोः– समृद्ध देश निर्माणका लागि सुयोग्य नागरिकको आवश्यकता हुन्छ, त्यसका लागि शिक्षा नै पहिलो प्राथमिकतामा हुनुपर्दछ ।” त्यसैले सबै मिलेर शिक्षाको अवस्था सुधार गर्नुपर्ने बताउनुभयो । यसैगरी विश्वकर्माले आफूहरुले स्थापना गरेको अक्षयकोषका बारेमा समाजको सेवा गर्नुभएका बुवाको सपना पूरा गर्नका लागि आपूहरुले अक्षयकोष स्थपना गरेको बताउनुभयो । उहाँले भन्नुभयो–“ मैले अध्ययन गर्दा निकै कठिनता थियौँ, विद्यालयको प्रथम भएको पुस्कारले पढ्ने स्टेशनरी पुग्दथ्यो, हाम्रो परिवारले यही विद्यालयमा अध्ययन गरेको थियो त्यसैले उत्ष्कृष्ट विद्यार्थीहरुलाई थप प्रेरणा प्रदान होस् अनि उच्च शिक्षाको लागि राम्रो होस् भनेर विद्यालय प्रथम, द्वितीय, तृतीयलाई सम्मान गर्ने गरी राखिएको छ ।
उहाँले विद्यार्थीहरुलाई थप प्रोत्साहन होस भन्ने लक्ष्यका साथ स्थापना गरिएको अक्षयकोषमा २०७४ सालमा असोज ८ गतेका दिन ३१ हजार रुपैयाकोष स्थापना गरिएकोमा १९ हजार थप गरी ५० हजार पु¥याएइएको घोषणा समेत गर्नुभयो ।
सो लछुमन विश्वकर्मा उत्कृष्ट छात्रबृतिबाट शैक्षिक सत्र २०७५ मा विद्यालय प्रथम जुना पुनमगर, द्वितीय सुस्मिृता पुनगर, तृतीय पूर्णीमा पुनमगर सम्मानित हुनुएको थियो । विद्यार्थीहरुलाई नगद तथा स्टेशनरीबाट सम्मानित गरिएको थियो ।


यसै कार्यक्रममा निबृत्ती शिक्षक मनिराज बुढामगर र सरुवा हुनुभएको शिक्षक अमर बुढामगरलाई विदाई गरिएको थियो । विदाईमा विद्यार्थीहरुले विभिन्न मायाको चीनो र फूलमालाले विदाई गरेका थिए । विदाई समारोहमा बोल्दै शिक्षक अमर जिएमले विद्यार्थीका लागि १० वर्ष सेवा गरेको अनि त्यसमा आफूलाई निके खुशी लागेको विदाईकका बेला नमाराम्रो भएपनि विद्यार्थी, शिक्षकको मायाँ नै निकै प्रघात पाएको बताउनुभो । उहाँले फेरी आगामी दिनमा पनि कोर्चाबाङको उन्नती प्रगतिका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुको प्रतिनिधी रमेश बुढामगरले बोल्दै गरिव तथा जेहन्दार विद्यार्थीहरुलाई अध्ययनका लागि अवसरका लागि शिक्षाका सरोकारवालाहरुले सोचि दिनका लागि अनुरोध गर्नुभयो ।
विद्यालय प्र.अ. सुवबहादुर बुढामगर विद्यालयको शैक्षिक, भौतिक प्रगतिको विषयमा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा शैक्षिक जनशक्तिको अभाव, भौतिक पुर्वधारको अभाव र बजेटको अभावमा पनि शैक्षिक गुणस्तर विकाका लागि निरन्तर लागि परिरहेको बताउँदै आगाी दिनमा अझै सहयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा पूर्व गा.वि.स. अध्यक्ष मानबहादुर घर्तीमगर, गाउँ शिक्षा समितिका विजय घर्तीमगर वडा सदस्य ललिता घर्तीमगर, आईतमाली घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोर्चाबाङका वडा अध्यक्ष कमन बुढामगर, कोर्चाबाङ स्वास्थ्य चौकीका इन्चार्ज विवेक साह, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक, विभिन्न शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्ति तथा निकायको प्रतिनिधित्व रहेको थियो ।
यसैगरी कार्यक्रममा स्वर्गीय लछुमन विश्वकर्माका श्रीमति रुपशिला, माइलो भाई भिमबहादुर विश्वकर्मा, जेठा छोरा मनबहादुर विश्वकर्मा, माइली बुहारी, कान्छी छोरी शान्ती विश्वकर्मा, बुहारी सुकमति विश्वकर्मा, गंगा विश्वकर्मा, छोरा अमरबहादुर विश्वमर्मा, नातीनी दिलमाया विश्वकर्मा, सुनिता विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जग्गादाताहरु, पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व प्र.अ., कक्षा प्रथम, द्वतीय, तृतीय, अनुशाति, सबैभन्दा बढी हाजीरी हुने विद्यार्थी, शिक्षक, कर्मचारी, सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरु तथा शिक्षकहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत समेत गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोबहादुर घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक जुद्धबहादुर घर्तीमगरले गर्नुभउको थियो भने स्वागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमानसिंह बुढामगरले गर्नभएको थियो ।
शैक्षिक स्तर सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाला निकायको सहकार्य भएमा मात्रै सम्भव छ । त्यसैले सबैको जीवनको शुरुवात शिक्षाबाट हुनेभएकोले गर्दा शिक्षा सुधार्नका लागि सबै लाग्ने हो कि ।

You may also like