अस्पतालकाे जनशक्तिले उपचार गर्न सक्छाै– डा‍क्टर अनिल के‍‍‍सी

 

मौसमीे परिवर्तनले सबै ठाउँमा चिसो बढेको छ । हिमाली क्षेत्रमा हिमपातले दैनिक जीवनयापन कष्ठकर भएको छ । भने हिमपातको प्रभाव पहाडी र तराई क्षेत्रमा समेत परेको छ । चिसोमा विशेष गरी बालबालिका र वृद्ववृद्वाहरु नै विभिन्न रोगबाट पीडित हुन्छन् । यो मौसममा विभिन्न रोगबाट कसरी बच्ने र बचाउने सहितका अन्य विषयवस्तुमा रोल्पा अस्पतालका मेडिकल अधिकृत डाक्टर अनिल के.सी.सँग रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।
पत्रिकाको तर्पबाट हार्दिक स्वागत छ ।
धन्यवाद !
चिसो मौसममा विरामीको अवस्था कस्तो छ ?
यो मौसममा वृद्ववृद्वा र साना नानी बाबुहरु विषेश गरी स्वास प्रश्वास, निमोनिया, रुघाखोकीले प्रभाव पर्दछ ।
यो समयमा कुन–कुन रोगबाट सक्रिमित हुन्छन्,नि ?
मौसमी परिवर्तनको कारण चिसो मौसमका रोगहरुको किटाणुहरु वातावरणमा फैलिने भएको हुँदा स्वास प्रश्वास, निमोनिया रोगबाट सक्रमित भएको पाइन्छ । भने बालबालिका र वृद्ववृद्वा बाहेक अन्य मानिसहरुलाई पनि रुघाखोकी, सामान्य श्वास प्रश्वास सम्बन्धि समस्या लिएर अपस्तापल आएका छन् ।
यस्ता रोगबाट बञ्च के–के कुरामा ध्यान दिनुपर्छ ?

विशेष गरी यो मौसममा न्यानोमा बस्ने, बालबालिका र वृद्ववृद्वाहरुलाई पनि न्यानोमा राख्ने, सरसफाइ, टाढाको यात्रामा ध्यान दिने, बिहानको न्यानो घाममा बस्ने, धुवा धुलोबाट बच्ने, रक्तचापको समस्या, मुटुको रोगहरु बिहान उत्थन बितित्कै हिड्नु हुँदैन, खाना, धुम्रपान र मध्यपानबाट बच्न सकियो भने यस्ता रोगबाट बच्न सकिन्छ ।
चिसोमा बिहान हिड्नु स्वास्थ्यका लागि फाइदा हुन्छ कि हुँदैन ?
यो मौसममा न्यानो भएर हिड्न स्वास्थयका लागि फाइदा नै हुन्छ । तर, धेरै चिसो समयमा बिहान हिड्नु उपयुक्त हुँदैन । घरमा नै विभिन्न शारीरिक व्यामहरु गर्दा उपयुक्त हुन्छ ।
दाउराको प्रयोगबाट निस्किएको धुवाले कस्ता रोगीहरुलाई असर गर्दछ ?
वयस्क उमेरको मानिस कुनै प्रकारको दीर्घ रोगी र धुम्रपान र मध्यपान गर्दैन भने दाउराबाट निस्किएको धुवाले असर गर्दैन् । तर, दीर्घ रोगी, श्वास प्रश्वासको रोगी, बालबालिका र वृद्ववृद्वाहरुलाई दाउरो बालेर न्यानो बनाउनुभन्दा पनि बिहानको घाम वा कोठामा कपडाको प्रयोग गरी न्यानो बनाई राख्नु उपयुक्त हुन्छ । त्यसैले दीर्घ रोगी, श्वास प्रश्वासका रोगी, बालबालिका र वृद्ववृद्वाहरुलाई दाउराको धुवा र धुलोबाट बाचाउनु पर्दछ ।

उमाली राखेको पानी वा मन तातो पानीमध्ये कुन पानी पिउँदा उपयुक्त हुन्छ ?
स्वास्थ्यको दृष्टिकोणले उमाली राखेको मन तातो पानी पिउनु चिसो मौसममा उपयुक्त हुन्छ । सुरुवामा नै मन तातो पानी पिउनु स्वास्थ्यको लागि फाइदा हुँदैन ।
विद्युतीय हिटर प्रयोग गर्नु स्वास्थ्यको दृष्टिकोणले ठीक हो वा होइन ?
स्वास्थ्यको दृष्टिकोणले विद्युतीय हिटरहरु प्रयोग गर्ने भन्ने कुरा त्यति अनुपयुक्त हुन्छ भन्ने चाँही होइन । तर, विद्युतीय हिटरहरु प्रयोग गर्दा धेरै सावधान अपनाउनु चाँही पर्दछ । सानो गल्तिले ठूलो क्षति हुन सक्छ । त्यसैले विद्युतीय हिटरहरु प्रयोग भएका कोठामा खुल्ला हुनु, मानिसभन्दा टाढा, विद्युतको ताराहरु निमिति रुपमा जाँच गर्नु पर्दछ ।
स्थानीय उत्पादित तेल शरीरमा प्रयोग गर्नु राम्रो हो ?
वैज्ञनिक तथ्यहरु हेर्ने हो भने पनि शरीरमा तेल लगाउँदैमा चिसोबाट बच्न सकिन्छ भन्ने छैन । तर, चिसोको कारण शरीरका बाह्य छाला सुक्का भएर छाला सम्बन्धिका सक्रमणबाट बचाउन तेलले सहयोग पु¥याउँछ । त्यसैले शरीरको भागमा तेल प्रयोग गर्दैमा चिसोबाट बच्न सकिन्छ भन्ने वैज्ञनिक कारण चाँही छैन ।
अस्पतालमा जनशक्तिको अवस्था कस्तो छ ?
गर्मी मौसमको तुलनामा जाडो मौसममा विरामीको चाप न्यू हुन्छ । तर, सम्बन्धित विरामीको चापलाई मध्यनजर गर्दै आवश्यक जनशक्ति प्रयाप्त नै छ । अपवादमा कुनै माहामारी भयो भने त्यो बेला त थप जनशक्ति व्यवस्थापन गर्नु पर्दछ नै । तर, सामान्य अवस्थामा भने अपस्तालको जनशक्तिले उपचार गर्न सक्छ । माहामारी रोकथामको अवस्था कस्तो छ भनेर जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सेना, प्रहरी समितिले त्रामासिक रुपमा जिल्लाको जनशक्तिको अवस्था अध्यायन तथा विश्लेषण गर्दछ । अस्पतालमा भर्ना भएका विरामीहरुलाई ठाउँको अभाव हुने अवस्था छैन । वितगको तुलनामा भौतिक संरचना थप भएको छ । त्यसैले माहामारी अवस्था बाहेक अन्य अवस्थामा विरामीलाई अस्पतालमा भर्ना गरी उपचारमा भौतिक संरचना पनि प्रयाप्त नै छ ।
अस्पतालमा औषधीको अवस्था के छ ?
निःशुल्क औषधीको अस्पतालमा अभाव छैन । खरिदको प्रक्रिया भएको हुँदा अस्पतालको फार्मेसिबाट उपलब्ध हुने केही औषधी अभाव छ । तर, ति औषधीहरु पनि खरिद गरी आपूर्तिको पहल भएको छ ।
स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा जनशक्ति र सामाग्रीको अवस्था के छ ?
बालबालिकाको उपचारको निम्ति नेपाल सरकारले छुट्टै सिद्वान्त व्यवस्था गरेको छ । सोही अनुसार अस्पताल, स्वास्थ्य केन्द्र र स्वाथ्य चौकीहरुले पनि उपचार गर्ने हो । कतिपय जटिल विरामीको उपचारको लागि जनशक्ति, सामाग्री, उपचार गर्ने वा नगर्ने जटिल कुराहरुले पनि अस्पतालमा नै पठाउनु पर्ने अवस्था छ । तर, सामान्य विरामीको उपचार स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुले पनि गर्दै आएको अवस्था छ ।
विरामीको उपचारमा अहोरात्र जिम्मेवारी निर्वाह गर्दै गर्दा कस्ता समस्याहरु भोग्नु परेको छ ?
हामी डाक्टरहरु विरामीको उपचारमा अहोरात्र जिम्मेवारी भूमिका निर्वाह गर्दै गर्दा उपचार गर्नु पर्छ भन्ने चेतनाको कमीले उपचारमा नआउने, कहिलेकाही उपचारको पद्वति सम्बन्धि जानकारीको अभाव, उपचार हुन्छ भने हुन्छ हुँदैन भने हामी लगेर जान्छौं भन्ने जस्ता विरामीका आफन्तबाट आउने गर्दछन् । तर, अप्रेसन नै गर्नुपर्ने, कृतिम श्वास प्रश्वास राख्नुपर्ने जस्ता जटिल विरामीहरुलाई बाहिर रिफर गर्ने पर्ने अवस्था रहन्छ । यस अस्पतालमा भएका जनशक्ति र सामाग्रीबाट उचार सम्भव हँुदा हुँदै पनि बाहिर रिफर गर्दा हामीलाई खिन्नता महशुस हुन्छ । त्यस कारण उपचारका लागि समय दिन पनि म सबैलाई अनुरोध गर्दछु । धेरै अस्पतालमा विरामीको दिसा, रगत, पिसाब, खकार, एक्सरेको रिर्पोट धेरै पनि मात्र दिने गरेका छन् । तर, यस अस्पताले धेरै विरामी भए पनि विरामी जाँच दिननै दिसा, पिसाब, रगत, खकार, एक्सरेको रिर्पाेट दिँदै आएका छौं । कहिले काही निर्धारित समयभन्दा ढिलो हुँदा पनि विरामीहरुले टिका टिप्णी गर्दा प्राविधिक कुराहरु बुझाउन र बुझ्न समस्या, कहिलेकाही नचाँहादा चाँदै पनि आकस्मिक घटनाहरु घट्छन् । जस्तै जनशक्ति र सामाग्रीको दृष्टिकोणले पूर्ण भएका अपस्तालहरुमा पनि हृदय घाटको विरामी र गर्भवती महिलाको पेटमा बच्चा खेल पानीको अभाव भएमा हेर्दा हेर्दै उपचार नहुन पनि सक्छ । त्यसैले चिकित्सकले उपाचार गरेपनि त्यो अवस्थामा विरामीको उपचार सम्भव नहुँदा परिणाम सोचेको भन्दा फरक आउँछ । त्यसैले चिकित्सकको लापरवाहीले मात्र विरामीको उपचार सम्भव हुँदैन रहेछ कि रोग नै त्यस्तो खतरा हो भन्नु कुरा बुझाईमा कमी हो भन्ने लाग्छ ।
अझै पनि नीजी मेडिकलमा विरामी जाँच गरी औषधी प्रयोग गर्ने प्रचलन छ, नि ? यसमा हजुरको धारणा बताईदिनुहोस् ।
नीजि मेडिकलहरुमा विरामी जाँच गरी औषधी प्रयोग गर्ने प्रचलन अन्त्य नै गर्न खोजेको हो । दुर्गम क्षेत्रका विरामीले रुघाखोकी, टाउको दुःखाई कम गर्ने औषधी लिने कुुरा त्यति अनपयोक्त नहोला । तर, रोगसँग लड्ने एन्टिभाइरस नै प्रयोग गरी दिनुभयो । भने उपचारमा समस्या हुन्छ । डाक्टरको सल्लाह बिना एन्टिभाइरसको प्रयोग गर्नु आफैमा हानिकार हो । समान्य रोगको उपचारमा एन्टिभाइरसको प्रयोग भयो । भने रोगका किटाणुहरुले क्षमता वृद्धि गर्दछन् । पछि एन्टिभाइरस औषधी प्रयोग औषधीले काम नगर्ने हुँदा उपचारमा समस्या हुन सक्छ । औषधी प्रयोग गर्नुभन्दा पनि चिकित्सकको सल्लाह सुझाव लिन आवश्यक छ । त्यसैले सामान्य रोगको उपचारमा पनि एन्टिभाइरस औषधीको प्रयोग नगर्न पनि यस पत्रिका मार्फट म अनुरोध गर्दछु ।

स्वास्थ्य विमा गरेका विरामी कति आउँछन् ?
अस्पतालमा विरामी जाँच गर्ने विरामी मध्ये करीव ५० प्रतिशत विरामी स्वास्थ्य विमा गरेका विरामी आउँछन् । विरामी जाँचको क्रममा दीर्घ रोगीहरुलाई अर्काे पटक स्वास्थ्य जाँचमा आउँदा जसरी पनि स्वास्थ्य बिमा गरी आउनुहोस् भन्नेर पठाएका छौं । त्यसैले स्वास्थ्य बिमाले आर्थिक अभाव भएका विरामीहरुलाई धेरै राहत मिलेको छ । तर, विमित विरामीले सामान्य विरामीका उपचारका लागि पनि यस अपस्तालमा स्वास्थ्य जाँचमा नआएर काठमाण्डौंतिर जाँदा विरामीको आफन्तलाई यस अस्पतालबाट रिफरको सिफारिस लिन आउने प्रचलन बढेको छ । सामान्य रुघा खोकीलाई पनि किन रिफर गरेको भनेर भोली अदित भयो । भने कुन डाक्टर रिफर ग¥यो भनेर सम्बन्धित चिकित्सक समेत कानुन अनुसार कारवाहीको भागेर बन्नु पर्दछ । त्यसो भएको हुँदा सुरुमा यस अस्पतालमा आएर स्वास्थ्य जाँच गर्नुहोस्, उपचार भए ठीक छ, उपचार नहुने जस्तो जटिल विरामी छ भने आवश्यक कागजात सहित रिफर गर्दछांै । त्यसैले विमितले यो कुरा बुझ्न आवश्यक छ ।
धेरै विमितले विमाको सेवा सुविधा पाउन असहज भएको भन्ने छ, खासमा के हो ?
यस अस्पतालमा विरामी जाँच गरेका विरामीहरुलाई स्वास्थ्य विमा अनुसार सेवा सुविधा प्रदानमा कुनै बाधा अड्काउ छैन । अपस्ताले सहज रुपमा नै सेवा प्रदान गर्दै आएको छ । साथै स्वास्थ्य विमा नगरी स्वास्थ्य जाँचमा आएका दीर्घ रोगीहरुलाई पुनः आउँदा स्वास्थ्य विमा गरी आउनु भनेर सुझाव दिएर पठाएका छौं । विमा सक्रिय नभएको अवस्थामा अस्पताले कसरी सेवा उपलब्ध गराउँछ ? त्यो कुरा त सम्भव नै छैन । त्यसैले विमितले मेरो र घरपरिवारको विमा सक्रिय छ कि छैन भन्ने कुरा ध्यान आवश्यक छ । विमा अनुसारको सुविधा आफ्नै विमा सक्रिय नभएको कारण नै अस्पतालबाट सेवा सुविधाबाट बञ्चित बन्नु भएको हो । यो कुरा सम्बन्धित विमितले बझ्न आवश्यक छ ।
अन्तिममा केही छुटेका छन्,कि ?
सर्व प्रथम त चिसो मौसमा बच्ने उपायहरु सहित अन्य महत्वपूर्ण विषयवस्तुमा मेरो विचार आम पाठकसम्म पु¥याउने अवसर दिएकोमा पत्रिकाको सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्दछु । चिसो बढ्दो क्रममा छ, यो समयमा अभिभावकहरुले आफ्ना बालबालिका र वृद्ववृद्वाहरुलाई विशेष ध्यान दिन हुन म अनुरोध गर्दछु । चिसोबाट बच्नका लागि आगो बाल्नुभन्दा पनि कोठामा न्यानो कपडा र बिहान पखको घाममा बस्न सुझाव समेत दिन्छु । धुम्रपान मध्यपानबाट टाढा नै रहनु पर्दछ । यो समयमा अवसरवादी सक्रमणहरु बढि हुने भएकाले सक्रमण हुने बितित्कै नजिकको स्वास्थ्य चौकी÷स्वास्थ्य केन्द्र वा अस्पतालमा स्वास्थ्य जाँचका लागि म पुनः अनुरोध गर्दछु ।

You may also like