वाइ.सी.एल. माडीको सम्मेलनबाट अध्यक्षमा कपिल पुन


समाचारदाता
पुष १४ घर्तीगाउँ रोल्पा

This image has an empty alt attribute; its file name is kapil.jpg


नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसील) माडी गाउँपालिका रोल्पाको दोस्रो सम्मेलन घर्तिगाउँमा विहिवार सम्पन्न भएको छ । उक्त समेलनबाट अध्यक्षमा कपिल पुन मगर सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि “नेकपा माओवादी केन्द्र लुम्बिनि प्रदेश सदस्य एवम् ४ महिने अभियानका माडी गाउँपालिका संयोजक नर्सिङ राना मगर ‘लालिगुरास’ , को प्रमुख आतिथ्यतामा भएको रहेको थियो । विशिष्ट अतिथि माडी गाउँपालिका अध्यक्ष तथा पार्टी अध्यक्ष अमरसिंह घर्तिमगर, वाईसील नेपाल रोल्पाका संयोजक राजेन्द्र वली, पार्टीका उपाध्यक्ष भरत बहादुर बुढा, सचिव विर बहादुर घर्ति, कोषाध्यक्ष तथा सरकार उपाध्यक्ष जयपुरी घर्तिमगर सह सचिव झक्कु प्रसाद परियार लगाएत प्रत्येक वडाका पार्टी अध्यक्ष तथा विभिन्न राजनितिक दलका प्रतिनिधि लगायत समाज सेवीवुद्धिजि लगायत पत्रका , युवा नेतृत्वहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष कपिल पुन मगर उपाध्यक्ष घमण्ड खड्का, भोजमन घर्ती मगर, बिशाल पुन मगर सचिव, राजकुमार घर्ती मगर, कोषाध्यक्ष खिमा बुढा मगर, सह सचिब बिकास बाठा मगर, लगायत ४५ जनाको गाउँपालिका समिति गठन भएको योङ कम्युनिष्ट लिग नेपाल (वाईसील) माडी गाउँपालिकाका उपाध्यक्ष घनश्याम खड्काले बताउनुभयो ।
कार्यक्रमको उपाध्यक्ष घनश्याम खड्काको अध्यक्षतामा भएको थियो भने मन्तव्य लालसिंह घर्तिमगरले गर्नभएको थियो भने कार्यक्रमका सञ्चालक कपिल पुन मगर गर्नु भएको थियो ।

You may also like