‘लुट्नु हुन्न देश कान्छा’ को भिडियो सार्वजनिक


रोल्पा समाचारदाता
लिबाङ–रोल्पा
तत्कालनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी) पार्टीको नेतृत्वमा सञ्चाचलन महान जयुद्वको समयमा जनवादी कलाकारको भूमिका निर्वाह गरेका जनवादी कलाकार झन्कार बुढामगरले पछिल्लो समय ‘लुट्नु हुन्न देश कान्छा’ नामक गीतको भिडियो  बजारमा ल्याउनुभएको छ ।  मगरले शान्ति प्रक्रिया सुरुवातसँगै समय सन्र्दभिक आफ्नै शब्द लयमा जनवादी गीतहरू नै गाउँदै आउनुभएको छ ।
त्यसले बुढामगरको राजनीतिक र चेनतामूलक सन्देश सञ्चारको उद्धेश्य गीत संगीतको माध्यमलाई अङ्गाल्नुभयो । महान जनयुद्वको समयमा आफ्नो राजनीतिक जीवन परिवर्तनसँगै उनी देशभक्ति गीत सृजना गर्ने र गाउनेमा नै सक्रिय बन्नुभयो । पछिल्लो समयमा पनि देश भक्ति स्वरुप ‘लुट्नु हुन्न देश कान्छा’ गीत बजारमा ल्याउनुभएको छ । बुढामगरले पछिल्लो समयमा पनि जनवादी कलाकारको पहिचान बनाउन सफल बन्नुभएको छ । केही समयमा पशुपति शर्माले बजारमा ‘लुट्न सके लुट् कान्छा’ गीत बजारमा ल्याउनुभयो । उक्त गीतले पनि राष्ट्रिय स्तरमा नै स्थान पाउन सफल भयो । नेपाल सरकारले ‘लुट्नु सके लुट कान्छा’ गीतलाई युट्युवबाट नै हटाउने शर्मालाई निर्देशन दिएको थियो तर विभिन्न निकायको दबाबको कारण उक्त गीत युट्युवमा राखियो । शर्माको गीत ‘ल्टन सके लुट् देश कान्छा’ ले बजार तताएको समयमा जनवादी कलाकार झन्कार बुढामगरले ‘लुट्न हुन्न देश कान्छा’ गीत बजारमा ल्याउनुभयो । यी दुवैले कलाकारले बजारमा ल्याएका गीतले नेपाली समाजको अवस्था प्रस्तुत गर्नुभएको छ भने बुढामगरले विशेष गरी आफ्नो गीत मार्फत अब समृद्ध विकास देश बनाउन देश लुटेर सम्बव छैन भन्ने सन्देश दिनुभएको छ । अब नेपालेली जनतालाई सुखी समृद्ध बनाउनको निम्ति सबै एक जुट भएर अगाडि बढ्नु पर्ने गीतले मार्ग निर्देशन समेत गरेका छ । ‘लुट्नु हुन्न देश कान्छा’ गीतको भिडियोमा नेपालको ग्रामीण भेगमा बस्ने एउटा गरीव विपन्न परिवारमा आर्थिक समस्याले परिवारको दबाबबाट सोही परिवारका एकजना युवा देश लुट्न अगाडि बढ्छन् तर देश लुट्न हुँदैन भन्दै युवालाई देश बनाउने सन्देश प्रवाह गरिएको छ । बुढाले आफ्नो गीत मार्फत देश परिवर्तनको समयमा बलिदान गरेका महान शहीदहरुको योगदान र बलिदानलाई भुल्न नहुने समेत सन्देश प्रवाह गर्नुभएको छ भने भ्रष्टाचारीलाई दिउँसै आर्यघाट लैजानु पर्ने सन्देश उनको गीतमा रहेको छ । गीतको भिडियोमा रोल्पाली कलाकारहरुले नै अभिनयको भूमिका निर्वाह गरेका छन् । अब देश समृद्ध विकासको दिशामा अगाडि बढेको अवसथामा बुढाले गीत मार्फत सबै भ्रष्टाचार नगर्न सचेत गराउनुभएको छ । साथै गीत मार्फत भ्रष्टाचार गर्न हुँदैन भन्ने सकारात्मक सन्देश दिन खोज्नु भएको छ । कलाकारिता क्षेत्र पनि समाजको ऐना हो । समाजको वास्तविकता चित्रण गर्न सक्ने नै कलाकारको अन्तरनिहित क्षमता हो । नेपाल समाजमा विगतदेखि नै पहुँचवाला व्यक्तिहरुले धेरै थोरै अवसर पाएको अवस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भ्रष्टचार गर्दै आएकाछन् । पछिल्लो समयमा ह्वाइड वडि, सुन काण्ड जस्ता अन्य कुरा पशुपति शर्माले आफ्नो गीत मार्फत प्रस्तुत गरेका छन् भने अब देश लुटेर समृद्ध विकास हुँदैन भन्ने नयाँ सन्देश सहित ‘लेट्नु हुन्न देश कान्छा’ गीत बजारमा बुढामगरले ल्याउनुभएको छ ।
अब नेपाली जनतालाई सुखी समृद्ध बनाउने हो भने पक्कै पनि देश लुटेर सम्भव छैन । त्यसैले नेपाली जनताको सुखी समद्ध बनाउनेको निम्ति देश नलुटेर सबै एक जुट भएर अगाडि बढ्नु पर्दछ । जनवादी कलाकार बुढामगरको ‘लुट्नु हुन्न देश कान्छा’ गीतको भाव पनि त्यही नै हो ।

You may also like