दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति रोल्पाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

This image has an empty alt attribute; its file name is d1-1024x768.jpg

दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति रोल्पाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र
असार २० गते । दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति रोल्पाद्वारा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंह दरबार, काठमाण्डौंमा जातिय छुवाछुतको पीडित रुपा सुनार न्याय दिलाउने माग गर्दै आज जिल्ला प्रशासन र्काालय रोल्पा मार्फत ज्ञापन पत्र पठाएको छ ।

This image has an empty alt attribute; its file name is d2-768x1024.jpg

दलिन मुक्ति मोर्चा नेपाल जिल्ला समिति रोल्पाको निवर्तमान अध्यक्ष लाल बहादुर सुनारद्वारा हस्ताक्षर ज्ञपान पत्र प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई प्रदान गर्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी सापकोटाले दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति रोल्पाको ज्ञापन पत्र आजै नै प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालय सिंहदरबार काठमाडौंमा पठाउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is d2-768x1024.jpg

दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति रोल्पाको निवर्तमान अध्यक्ष लाल बहादुर सुनारद्वारा हस्ताक्षर ज्ञापन पत्रमा ६ वुदे मागहरु जातिय विभेद तथा छुवाछुत गर्ने घरधनी सरस्वती प्रधानलाई थुनामा राखी कानुनी कारवाही अघि बढाउनु पर्ने, सरकारी उच्च पदमा रहेर जातिय भेदभाव तथा छुवाछुतलाई प्रोत्साहन तथा विभेदाकारी दोषिलाई संरक्षण गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई पदमुक्त गरी कारवाही गर्नेपर्ने, समाजिक सञ्जाल एवम् अनलाइन मिडियामा जातिय विभेदजन्य क्रियाकलाप गर्ने प्रकाशन गृह र पत्रकारलाई साइवर क्राइम अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउनु पर्ने, जातिय छुवाछुतको मुद्वा सरकारवादी मुद्वा भएकोले असुन्धानमा लापरवाही गर्ने र र निवेदन दर्ता गर्न आनाकानी गर्ने प्रहरी प्रशासन तथा तथा कानुनी कारवाहीको लागि मुद्वा अगाडि बढाउन नमान्ने सरकारी वकिलहरुलाई कारवाही गरी यथा सिघ्र मुद्वा अगाडि बढाउनु पर्ने, सरकारले पीडित रुपा सुनारको शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने, देशका विभिन्न ठाउँमा घटिरहेका जातिय विभेद तथा छुवाछुतका अन्य घट्नाहरुको गम्भीरतापूर्वक छानविन गरी दोषीलाई कारवाही, पीडितलाई न्याय र क्षतिपूर्तिको उचित व्यवस्था गर्नुपर्ने जस्ता माग जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालयमा पठाएको हो । यस महिनाको १ गतेका दिन सञ्चारकर्मी, कलाकार एवम् जात व्यवस्था उन्मुलन मोर्चा नेपालकी केन्द्रीय सदस्य रुपा सुनारले राजधानी काठमाण्डौंको बबर महल स्थित सरस्वती प्रधानका् घरमा कोठा खोज्न जादा गरिएको जातीय विभेद तथा छुवाछुतको ज्यादतीपूर्ण घटना र सो घटनाका दोषी घरधनी प्रधानलाई जातिय छुवाछुत मुद्वा नीज पीडितको उजुरीपछि प्रहरीले पक्राउ गरी थुनामा राखेर कानुनी कारवाही चलिरहेको सन्दर्भमा बहालवाला मन्त्रीबाटै पीडकलाई साथ र संरक्षण गर्ने जस्तो विभदपूर्ण कार्यले सम्पूर्ण दलित समुदाय मात्र होइन पुरै नेपाली समाज आक्रोषित र उद्धेलित भएको ज्ञपान पत्रमा उल्लेख गरिएको छ । जिल्ला समिति रोल्पाले घटनाको घोर निन्दा एवम् भत्र्सना गर्दै ज्ञापन पत्र मार्फत समितिको मागहरु पूरा नरिएकोमा कडा संघर्षमा उत्रिने चेतना समेत व्यक्त गरिएको छ । ज्ञापन पत्रमा हस्तान्तरण कार्यक्रममा समितिको नेता तथा कार्यकर्ताहरुको सहभागी थियो ।

You may also like