प्रतियोगिले प्याट्रनको स्टेपहरु राम्रोसँग देखिने गरी भिडियो समयमा पठाउन अनुराेध गर्दछौंः संयोजक विक्रम बाठामगर

विश्वका विकसित राष्ट्रहरु सहित अन्य विकासन्मुख राष्ट्रहरुले नोबेल कोरोना भाइरस (कोभिड–१९) को सामना गरिरहेका छन् । ति राष्ट्रहरुमा भाइरस नियन्त्रणको लागि लक डाउनको कारणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु सहित अत्यावश्यक यातायात साधानहरु बाह्यक अन्य यातायात साधान र पसलहरु समेत बन्द छन् । साथै यसले खेलकुद सहित अन्य विभिन्न क्रियाकलापहरु प्रभावित भएका छन् । तर, लक डाउनको पूर्ण रुपमा कार्यन्वयन गर्दै अनलाइन माध्यमबाट विभिन्न गतिविधिहरु हुँदै आएका छन् । सोही क्रममा आई.टि.एफ. तेक्वान्दो संघ रोल्पाको आयोजनामा प्रथम खुला अनलाइन राष्ट्रव्यापी पुरुष बल्याक बेल्ट प्याट्रन प्रतियोगिता आयोजना गरेको छ । अनिवार्य आई.टि.एफ तेक्वान्दो संघको ड्रेसमा भिडियो सुरुदेखि अन्तिमसम्म तयारी गरी २० गतेसम्म संघ रोल्पाको कार्यालयमा पठाउन सूचना आयोजकले जारी गरेको छ । लक डाउनको समयमा जिल्लामा प्रतियोगिता आयोजना गर्नुको उद्वेश्य, तयारी, आवश्यक वजेट व्यवस्थापन सहित विषयवस्तुमा प्रतियोगिताको संयोजक एवं आई.टि.एफ.तेक्वान्दो संघ रोल्पाका अध्यक्ष विक्रम बाठामगरसँग रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशक बि.क.ले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

प्रतियोगिता संयोजक विक्रम बाठामगर

पत्रिकाको तर्फबाट हजुरलाई हार्दिक स्वागत छ ।
हजुर धन्यवाद ।
नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको क्रममा जारि लकडाउनको अवस्थामा जिल्लामा आइ.टि.एफ. संघ रोल्पाको गतिविधि सम्बन्धि बताइदिुनहोस्, न ?

जिल्लामा अहिले खेलाडीहरुको खेल प्रशिक्षण पूर्ण रुपमा थप्प भएको छ र सम्पूर्ण खेलकुद संघहरु पनि यतिबेला मौन नै बसिरहेका छौं र पनि खेलाडीहरुलाई भने घरमै सेल्फ– ट्रेनिङ गरि राख्न संघले आग्रह गरेको छ ।
धेरै संघ संस्थाहरु लक डाउन कार्यन्वयनको चरणमा गुप्तबास बसेको अवस्थामा आई. टि. एफ. तेक्वान्दो संघ रोल्पाले अनलाईन प्रतियोगिता आयोजना गर्दै गर्दा कस्तो अनुभुति भैइरहेको छ ?
सर्व प्रथम त यतिखेर विश्व महामारीमा च्याप्पिईरहेको बेला यस रोल्पा आई. टि. एफ. तेक्वान्दो संघले नेपालमै पहिलो पटक अनलाइन खेल आयोजना गर्नै आंट गर्नु नै ठूलो कुरा हो । यस समयमा विश्व तथा देशभर नै खेलकुद गतिविधिहरु थप्प भैइरहेको बेला खेलाडीहरुलाई शारिरिक तथा मानसिक रुपले आफुलाई स्वःस्फुर्ट फिट र क्रियाशिल बनाई खेल अभ्यासलाई निरन्तरता दिनको निम्ति अहिलेको आधुनिक प्रबिधिलाई पछ्याउदै अनलाईन खेल आयोजना गर्न पाउँदा म लगायत संघका सम्पूर्ण पदाधिकारीहरु नै खुसिको अनुभुति गरेका छांै ।
प्रथम रोल्पा खुला अनलाईन राष्ट्रिय पुरुष ब्ल्याक बेल्ट प्याट्रन प्रतियोगिता आयोजनाको उद्वेश्य के हो ?
माथि उल्लेख गरे झै, हाम्रो खेल आयोजनाको खास उद्वेश्य भनेकै लक डाउनको समयमा पनि खेलाडिहरुलाई घरमै बसेर शारिरिक तथा मानसिक तवरले स्वःस्फूर्ट रुपमा आफ्नो खेल अभ्यासलाई निरन्तरता दिन प्रोत्साहन गर्नु हो ।
 प्रतियोगिताको भिडियोको मुल्याङ्कनको व्यवस्था कसरी गर्नुभएको छ ?
मुल्याङ्कनको विषयमा नेपाल अन्तर्राष्ट्रि«य तेक्वान्दो महासंघबाट महासंघका प्रमुख रेफ्रि सहित अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रिहरुको नाम छनौट गरी संघलाई यस प्रतियोतिाको निर्णायकमा मनोनित गर्न निर्देशन दिएको थियो । सोहि अनुसार महासंघले पठाएको निर्देशन अनुरुप रेफ्रिहरु मनोनित गरी आयोजक समिति र उक्त रेफ्रिहरुको बीच प्रतियोगिताको नाममा एउटा ग्रुप च्याटको निर्माण गरेका छांै भने खेलाडीहरुले भिडियो संघको टाईम लाईनमा तथा संघको म्यासेज बक्समा पनि पठाउन सक्नेछन् । अनि सो भिडियोलाई निर्णायकको ग्रुप च्याटमा राखेर मुल्याङ्कन गरी निर्णायक समूहले भिडियो कन्फेरेन्समार्पmत एकापसमा छलफल गरेर निर्णय सार्वजानिक गर्ने सल्लाह भएको छ ।
प्रतियोगिता सम्पन्नका लागि कति रकम खर्च हुने अनुमान गर्नुभएको छ ?
अनलाईन मार्पmत प्रतियोगिता आयोजना गरिएको हुँदा अन्य होम ग्राउण्डमै गरिने आयोजनाभन्दा सस्तो र शुलभ छ । यहि प्रतियोगिता होम ग्राउण्डमै आयोजना गर्दा रु ७ देखि ८ लाखसम्म खर्च हुन्थ्यो भने अनलाईन मार्पmत आयोजना गर्दा ५० हजारदेखि ८० हजारसम्म खर्च हुने अनुमान गरिएको छ ।
 आवश्यक रकम कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
आवश्यक रकम वैदेशिक रोजगारिमा रहनु भएका र नेपालमै रहनुहुने युवा व्यावसायी, पूर्व खेलाडी तथा खेलप्रेमी साथिहरुबाट व्यवस्थापन भएको छ ।
प्रतियोगितामा बिजयी प्रतियोगी खेलाडिहरुलाई कुन.कुन पुरस्कारको व्यवस्था गर्नुभएको छ ?
यस प्रतियोगितामा बिजयी खेलाडीहरुमध्ये प्रथमलाई रु ८ हजार र प्रमाणपत्र, दोस्रोलाई रु ६ हजार र प्रमाण–पत्र र तेस्रोलाई रु ४ हजार र प्रमाण–पत्रको व्यवस्था गरिएको छ ।
आयोजकले कुन.कुन नियमहरु तय गरेको छ ?
आयोजकले प्रतियोेगिता सम्पन्नका लागि तय गरेको नियमहरु प्याट्रन गरेको भिडियो सुरुदेखि अन्तिम सम्म हुनुपर्ने, प्याट्रन गर्दा अनिवार्य आई.टि.एफ. को ड्रेस लगाएको हुनुपर्ने, कोभिड–१९ को असरलाई मध्यनजर गर्दै कभर्डहलमा मात्र नभई जस्तोसुकै ठाउँबाट पनि भिडियो बनाएर पठाउन सकिने, खेलाडीले एउटा kwange–Gae Tul pattern र आफूले इच्छ्र्र्र्याएको एउटा प्याट्रन गरी दुई ओटा प्याट्रनको भिडियो बनाएर पठाउनु पर्नेछ, खेलाडीहरुले भिडियो जेष्ठ २० गतेसम्म रोल्पा आई. टि. एफ. तेक्वान्दो संघको टाईम लाइनमा र संघको म्यासेज बक्समा पोस्ट गरी सक्नुपर्नेछ, केहि कुरा सोधपुछ गर्नुपरेमा संघको म्यासेज बक्समा गएर सोध्न सकिनेछ ।
सबै प्रतियोेगीहरुसंग गुणस्तरिय भिडियो बनाउने सामाग्री नहुन सक्ने हुँदा यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
हामीले भलै भिडियोको क्वालिटी यस्तो हुनुपर्छ भनेका छैनांै, बस प्याट्रनको स्टेपहरु चाहि राम्रोसँग देखिएको हुनुपर्छ ।
अहिलेसम्म रकम कति संकलन गर्नुभएको छ ?
यस प्रतियोगिताको अनुमानित खर्च रकम संकलन गरिसकेका छौं ।
हालसम्म आयोजकले कतिजना खेलाडिको भिडियो प्राप्त भएको छ ?
अहिलेसम्म आयोजकले टाईम लाइन र म्यासेज बक्समा गरी जम्मा २३ जनाको प्राप्त भएको छ भने नाम लिस्ट दर्ता गराए अनुसार भिडियो आउने क्रम अझै धेरै जारी छ ।
प्रतियोगिता व्यापकताको लागि कुन–कुन निकायसँग समन्वय गर्दै आउनु भएको छ ?
प्रतियोगिता व्यापकताको लागि नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ, रोल्पा जिल्लाका विभिन्न सञ्चार माध्यम तथा जिल्ला बाहिरका सञ्चार माध्यम, विभिन्न अनलाइन खबरहरुसँग समन्वय गरेका छौं ।
अनलाइन प्रतियाेगिताकाे  चुनौतिहरु के–के हुन् ?
अनलाइन प्रतियोगिता आयोजना गर्दा चुनौतीहरु धेरै छन्ः जस्तो कि दुर्गम बस्ती स्तरमा अहिले पनि अनलाइनको पहँुच नहुँदा खेलाडीहरु सूचना बिहिन भई सहभागी हुन् पाएका छैन्न । कतिपय ठाउँमा पहुँच भई, सूचना पाएपनि भरपर्दो नेटवर्क नहुँदा भिडियोहरु पठाउन नसकिरहेको अवस्था छ । अनलाइन मार्पmत प्रतियोगिता गर्न होम ग्राउण्डमा आयोजना गरेजस्तो नहुने हुँदा खेलाडी, रेफ्री, प्रशिक्षक, आयोजक र संघका व्यक्तिहरु बीच प्रत्यक्ष वार्तालाप नहुने । सबैसँग गुणस्तरीय सामाग्री नहँुदा भिडियो बनाउन गाह्रो हुने यि यावत समस्याहरु छन् ।
प्रतियाेगिताकाे  तयारी कहाँसम्म भएको छ ?
प्रतियोगिताको तयारी सबै पूर्ण रुपमा भैसकेको छ ।
लकडाउनको समयमा अनलाईन प्रतियोगिता गर्दै गर्दा सम्पूर्ण खेलाडिहरुलाई के भन्न चाहनुहुन्छ ?
लक डाउनको समयमा प्रतियोगिता आयोजना गर्दै गर्दा म सम्पूर्ण खेलाडीहरुलाई यही अपिल गर्छु कि, मार्शल आर्टस खेलको लागि ठूलो ठाउँ नचाहिने हुँदा तपाईहरु आफ्नो अभ्यासलाई घरमै बसेर पनि निरन्तरता दिनुहोस्, अभ्यासको कुनै दायरा हुँदैन जति तपाई आफू अभ्यास गर्नु हुन्छ । त्यति नै आफ्नो खेलमा सुधार भएको पाउनु हुन्छ । त्यसैले अल्छी नगरी लक्ष्य तय गर्नुहोस्, अभ्यासलाई जारी राख्नुहोस्, लक्ष्यलाई टुक्रा–टुक्रा पारी योजना बनाउनुहोस् र योजना अनुरुप आफ्नो अभ्यासलाई निरन्तरता दिनुहोस् सफल्ता अवस्य तपाईको हातमा पर्नेछ ।
सरोकारवाला निकायहरुलाई आयोजकको  तर्फबाट के अनुरोध गर्न चाहनुहुन्छ ?
सरोकारवाला निकायहरुसँग मेरो अनुरोध के छ भने विगतमा भन्दा यस तथा आउँदो वर्ष अझ खेलकुदमा बजेट बिनियोजन गरियोस्, बिनियोजित रकम सहि ठाउँमा सदुपयोग होस्, शहरी केन्द्रीत मात्र नभई गाउँ केन्द्रीत भई गाउँमा पनि खेल मैदान तथा कभर्ड हल निर्माण होस् साथै खेलकुद क्षेत्रलाई मर्यादित एवं व्यवस्थित बनाउने र खेल क्षेत्रमा जनताको सरल र सहज पहुँच पु¥याउनतर्फबाट ध्यान दिइयोस् ।
अन्तिममा केही भनाई छुटेका छन् की  ?
हजुर, अन्तमा सर्व प्रथम त मेरा कुराहरु राख्नको लागि यो वातावरण मिलाई दिनुहुने यस रोल्पा समाचार राष्ट्रिय साप्ताहिक प्रति हार्दिक धन्यवाद दिन चाहन्छु । त्यसैगरी यस कार्यक्रम सफल पार्नको निम्ति असिमित बधाई तथा शुभकामना दिनुहुने माननीय व्यक्तिहरु र आवश्यक पुरस्कारहरुको प्रायोजन गरी दिनुहुने प्रथम पुरस्कार प्रायोजक गणेश बाँठामगर, दोस्रो पुरस्कार प्रायोजक रोशन के.सी, तेस्रो पुरस्कार प्रायोजक सुबास चन्द्र वि.क र प्रमाण–पत्र तर्फकाे प्रायोजक हिमालय अफसेट प्रेसको सञ्चालक घोराही दाङका प्रो प्राईटर इश्वर बस्नेत ज्यू लगायत अन्य प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस कार्यक्रमलाई सफल पार्नको लागि सहयोग गरी दिनुहुने सम्पूर्णलाई रोल्पा आई. टि. एफ. तेक्वान्दो संघको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ, सल्लाह र हौसलाको अपेक्षा गर्दछु । धन्यवाद ।।।

You may also like