नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रोल्पाको अध्यक्षमा खुविना सुनारीमगर

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) रोल्पाको अध्यक्षमा खुविना सुनारीमगर


This image has an empty alt attribute; its file name is p1-3.jpg

१० पौष लिबाङ, रोल्पा
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पाको तेस्रो अधिवेसन आज लिबाङमा सम्पन्न भएको छ ।
अधिवेशनबाट सुविना सुनारीमगरको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित भएको छ, जस्को उपाध्यक्ष मनोज पुनमगर, सचिव चित्र वियोग झाँक्रीमगर, सह–सचिव अन्जली बाँठामगर, कोषाध्यक्ष सुनसरी बुढामगर, सदस्यहरुमा बन्दना घर्तीमगर, चन्द्र रोकामगर, तिलक घर्तीमगर, मिलन रोकामगर, अनिता बुढामगर, जनक गुरूङ, वीरेन्द्र घर्तीमगर, श्रृजना पुनमगर सर्वसम्मत चयन हुनुभएको छ ।
कार्यक्रमक प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय सल्लाहाका खेम बहादुर बुढामगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष नविन लोचन मगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका निवर्तमान अध्यक्ष महेश न्यौपान, प्रेस सेनटर नेपाल रोल्पाका जिल्ला अध्यक्ष देवी गुरुङ, प्रेस युनियन रोल्पा जिल्ला अध्यक्ष लोकेन्द्र चन्द, प्रेस चौतारी रोल्पाका प्रतिनिधि तिलक संघर्ष मगर, नेपाल मगर पत्रकार संघ रोल्पाको अध्यक्ष स्मृति रोकामगर, हेल्थ केयर पत्रकार समाज रोल्पाका रोल्पाका अध्यक्ष माधव कुमार वली, समुदायिक रेडियो रेडियोहरुको तर्फबाट सामुदायिक रेडियो सुनछहरीका स्टेशनम्यानेजर एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका उपाध्यक्ष सन्तोष सुवेदी लगायतका अतिथिहरुले शुभकामना मनतव्य राख्नुभएको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रोल्पा जिल्ला अध्यक्ष हर्क घर्तीमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन चित्र वियोग झाँक्रीमगरले गर्नुभएको थियो स्वागत उपाध्यक्ष खुविना सुनारीमगरले गर्नुभएको थियो ।

You may also like