परियोजनामा गरिएका राम्रा कामको निरन्तरता दिनुपर्छः हुरेक राेल्पा अध्यक्षा घनश्याम आचार्य

रोल्पा जिल्लाको विभिन्न स्थानीयतहरुमा सेचभ द् चिल्ड्रनको आर्थिक सहयोगमा मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाको साझेदारीमा सञ्चालित ‘हामी सिक्न सक्छौं’ परियोजनाले शिक्षण सिकाई क्षेत्रमा आर्थिक, शैक्षिक सामग्री र शिक्षण सिकाई सहित सम्बन्धित क्षेत्रमा काम गरेको थियो । अहिले परियोजनाको समयवधि पूरा भई समापनको प्रक्रियामा छ । परियाजनाको समयवधिमा भएको उपलब्धि, चुनौती, आगामी दिनमा स्थानीयतह, स्थानीयतह र वडा स्तरीय शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ पदाधिकारी अन्य सम्बन्धित निकायको भूमिकाको विषयवस्तुमा रोल्पा समाचार राष्ट्रिय साप्ताहिक पत्रिकाको कार्यकारी सम्पादक रेशम बि.क.ले मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाको अध्यक्ष घनश्याम आचार्यसँग गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।


पत्रिकाको तफबाट हार्दिक स्वागत छ ।

यस पत्रिकामा आफ्नो कुरा पत्रिका पाठकसम्म पु¥याउने अवसर दिनुभएको धन्यवाद ।
‘हामी सिक्न  सक्छौं’ ’ परियोजना जिल्लाको कुन–कुन स्थानीयतहरुमा सञ्चालित छ ?
रोल्पा जिल्लाको रोल्पा नगरपालिका, माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका, रुन्टीगढी गाउँपालिका, सुनिल स्मृति गाउँपालिकाको १९ ओटा वडाहरु साविकका गाउँ विकास समितिहरु लिबाङ, खुमेल, धबाङ, ह्वामा, जंकोट, कोटगाउँ, कोर्चाबाङ, डुब्रिङ, सखी, र डुबिडाडाँहरुमा सञ्चालित छ ।
परियोजना समाप्तको प्रक्रिया हुँदै गर्दा संस्थाको धारणा बताईदिनुहोस् ?
रोल्पा जिल्लामा सेभ द् चिल्ड्रनको आर्थिक सहयोग र मानव अधिकार सचेतन् केन्द्र (हुरेक) रोल्पासँगको साझेदारीमा सञ्चालित ‘हामी सिक्न सक्छौं’ परियोजना समाप्तको प्रक्रिया रहेको अवस्थामा संस्थाको तर्फबाट परियोजना सफल भएको महशुस भएको छ । सेभ द् चिल्ड्रनको आर्थिक सहयोग मात्र नभई प्राविधिक रुपमा सेभ कै दिलकमल क्षेत्रीलाई खटाएको थियो । उहाँले धेरै महेनतका साथ हामीलाई गाईड गर्नुभएको थियो, हामीले पनि त्यही अनुसार जिम्मेवारी निर्वाह ग¥यौं । त्यसैले परियोजना कार्यन्वयनमा हामी सफल भएका छौं । राम्रो काम भएकोले जनप्रतिनिधि, राजनीतिकद, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षक अभिभावक संघ सहित सरोकारवाला निकायहरुको सहयोगबाट सफल भएको छ । त्यसैले हामीले परियोजनाको तीन वर्षको प्रगति प्रतिवेदन नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरुमा हस्तान्तरण तथा परियोजना बहिर्गमन कार्यक्रम सम्पन्न भई सकेका छन् । ६ गतेका दिन जिल्ला स्तरीय परियोजना बहिर्गमन कार्यक्रमबाट परियोजना बहिर्गमन हुने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रममा परियोजनाको प्रगति र वजेटको विषयमा जिल्लाका सरोकारवाला निकायहरुलाई जानकारीसँगै आगामी दिनमा परियोजना नभएपनि यसबाट राम्रा र सफल गतिविधिहरुलाई सम्बन्धित स्थानीयतह, वडा कार्यालय सहितका सरोकारवाला निकायहरुले निरन्तरता दिनु हुनेछ भन्ने मलाई लागेको छ । यस जिल्ला ५ नंं. प्रदेश नेपालको सबैभन्दा कम्जोर शिक्षा क्षेत्रमा भएकोले सरकारले त्यही अनुरुप वजेट छुट्याउने छ र सेभ द् चिल्ड्रनमा पनि रोल्पा जिल्लालाई प्राथमिकताको जिल्ला पार्न पनि पहल गर्ने छौं । प्राथमिकताको जिल्लामा पार्न सक्यौं भने पक्कै रोल्पाको शिक्षा क्षेत्रमा प्रगति हुन सक्छ भन्ने लागेको छ ।
परियोजनाको सञ्चालनको लक्ष्य, उद्देश्य के–के निर्धारण भएको थियो ?
परियोजनाको मुख्य लक्ष्य विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालयमा भर्ना गर्ने, ति बालबालिकाहरुलाई निरन्तरता दिने र ति बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिई जुनसुकै क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति निर्माण गर्ने, बालबालिका मैत्री विद्यालय, बालमैत्री, खानेपानीको व्यवस्था, चर्पी निर्माण, बसाई व्यवस्थापन, शैक्षिक सामग्री सहित शैक्षिक गतिविधि, बाल सहभागिता, सुशासन रहित विद्यालय व्यवस्थापन सहितका सुधार ल्याउने उद्वेश्य निर्धारण भएका थिए ।
परियोजना लागू हुनुभन्दा पहिलेको शैक्षिक अवस्था कस्तो थियो ?
परियोजना लागू हुनुभन्दा अगाडि कक्षा ३ को सिकाई उपलब्धि ४४ प्रतिशत थियो । हाल ६० प्रतिश पुगेको छ । कक्षा कोठामा शैक्षिक सामग्री निर्माण र प्रयोग हुँदैन थियो । हाल कक्षा कोठाहरु शिक्षण सामग्रीहरुले भरीभराउ छन् । शिक्षण सिकाइयुक्त वातावरण बनेको छ । विद्यालय सुधार योजना र वडा शिक्षा योजन बनरे सोही अनुसार काम अगाडि बढेको छ ।
परियोजनाको उपलब्धिहरु बताईदिनुहोस् ?
परियोजनाको उपलब्धिहरु निम्न अनुसार भएका छन्, जसमा सिकाइ उपलब्धिमा उल्लेखनीय वृद्धि भएको छ, शिक्षक कार्य सम्पादन सम्झौता भएका छन्, विद्यायल व्यवस्थापन समिति र वडा तहबाट शिक्षालाई प्राथमिकतामा राखिएको छ, समग्रमा सबैको चाँसो शिक्षाम बढेको छ ।
परियोजनाको समयवधिमा कति रकमको लागनी भयो ?
झण्डै १३ करोड रकम परियोजनाको समयवधिमा खर्च भएको छ ।
परियोजनाले कुन–कुन क्षेत्रमा काम गरेको छ ?
परियोजनाले बाल बिकास, आधारभूत तहको शिक्षा र बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको छ ।
शिक्षा क्षेत्रमा काम गर्दै गर्दा परियोजनाको लक्ष्यमा पुग्न कस्ता चुनौतिहरु थिए ?
शिक्षा क्षेत्रमा काम गर्दै जाँदा अझै पनि शिक्षकहरुको ज्ञान, सीप र दक्षतालाई कक्षा कोठासम्म पु¥याउन सकिएको छैन र अभिभावकको नजरमा शिक्षा क्षेत्र प्राथमिकतामा परेको छैन । साथै भौतिक पूर्वाधारमा निकै सुधार गर्नुपर्ने छ ।
परियोजनाको सिकाई उपलब्धिहहरुलाई निरन्तरताका लागि सम्बन्धित निकायहरुको के कुरामा ध्यान पु¥याउन आवश्यक छ ?
धेरै कुरामा सकरात्मक परिवर्तन भएका छन् । आगामी दिनमा निर्माण भएका शिक्षाका योजनालाई प्रभावकारी ढंगबाट बजेट विनियोजन गरी कार्यन्वयन गर्न जरुरी देखिन्छन् ।
अब संस्थाको भूमिका कस्तो रहन्छ ?
मानव अधिकार सचेतन् केन्द्र (हुरेक) नेपाल रोल्पाको बेग्लै इतिहास रहेको छ । हामी संयुक्त जनमोर्चाले सञ्चालन गरेको वर्ग संघर्षको क्रममा राज्य र गैर राज्यबाट संविधानमा रहेको मैलिक हक मानवहरु स्वतन्त्र पूर्वक बाच्न पाउन अधिका हनन् भईराखेको समयमा, लोकतन्त्र, प्रजातन्त्र, मानव अधिकार, सुशासन, क्रान्तिको पक्षमा ओकालत गर्ने उद्वेश्यले २०५१ साल १२ गते स्थापना भई २०५३ साल चैत्र महिनाको १२ गते जिल्ला प्रशासन कार्यालय रोल्पामा दर्ता भएको थियो । स्थापनादेखि नै आफ्नो काम सुरुवात गरेको थियो । सशस्त्र द्वन्द्वको समयमा मानव अधिकार, शान्ति, सुशासन, मेलमिलाप मध्येष्ट कर्ता र खबरदारी जस्ता काम गर्दै आएको छ । यस जिल्लामा सात राजनीतिक पार्टी र तत्कालीन ने.क.पा (माओवादी) बीच ६ बुदे सहमति घर्तिगाउँमा भएको वार्ताको वातावरण निर्माण जस्ता कार्य गरेर जनआन्दोलनलाई जिल्लामा व्यवस्थित समेत गरेको थियो । संस्थाले जनआन्दोलनमा दलहरु सरह भूमिका निर्वाह गरेको थियो । दोस्रो जनआन्दोलन सफल भएपछि यस संस्थाले हवाई गतिविधिका लागि सामुदायिक रेडियो रोल्पा स्थापनसँगै स्थलगत गतिवधिका रुपमा सरकारी निकाय, दातृ निकाय, गैर सरकारी संघ संस्था, व्यक्तिगत सहयोगबाट आफ्नो गतिविधि सञ्चालन गर्ने उद्वेश्य सहित अगाडि बढ्दा धेरै दातृ निकायसँग स्थलगत गतिवधि सञ्चालन गर्दै गर्दा सेभ द् चिल्ड्रनको आर्थिक सहयोग र यस संस्थाको साझेदारीमा ‘हामी सिक्न सक्छौं’ परियोजना सञ्चालन गर्ने मैका पायौं । यस परियोजनाबाट बालबालिकाको विकास, शिक्षाका लागि ६ वर्षभन्दा बढि काम गरेका छौं । परियोजना कार्यन्वयनको चरणमा धेरै सिकाई भएको छ । ति महत्वपूर्ण सिकाई अनुभवहरु नेपाल सरकारले विश्वास गरेर जिल्ला र स्थानीयतहसँग मिलेर काम गर्ने विभिन्न दातृ निकायमा प्रस्तावना पेश गर्ने र खास गरी सेभ द् चिल्ड्रनको आर्थिक सहयोगमा सञ्चालित परियोजनाको समयवधि थपका लागि प्रयास गर्ने जस्ता भूमिका संस्थाले निर्वाह गर्दछ ।
गुणस्तरीय शिक्षाका लागि स्थानीयतहहरुले कस्तो नीति निर्माण गर्नु पर्दछ ?
धेरै जसो विद्यालयमा शिक्षक दरवन्दी कम भएकोले नीजि स्रोतबाट अभिभावकहरुले वर्षाैदेखि सहयोग उठाएर न्यूनतम परीश्रमिक दिएर नास्ता मात्र पुग्ने गरी दिएको र कुनै विद्यालयले एक वर्षसम्म पारीश्रमिक नदिएको पाइन्छ । त्यसैले पारीश्रमिक उपलब्ध गराउनको लागि नीति बनाएर जानु पर्छ ।
विद्यालयमा बालबालिका पठाएर शिक्षा, दीक्षा राम्रो गराउने अभिभावकलाई प्रोत्साहन र विद्यालयमा बालबालिकाहरुलाई नियमित रुपमा नपठाउने अभिभावकहरुलाई दण्ड सजाय गर्ने र राम्रा गर्ने विद्याल, अभिभावक, शिक्षकहरुलाई प्रोत्साहित गर्नका लागि पुरस्कार, बालमैत्री, अपाङ्गमैत्री, बसाई व्यवस्थापन, भौतिक संरचना निर्माण, शैक्षिक सामग्री प्रदान, विद्यालय शान्ति क्षेत्र घोषणा गर्ने जस्ता काम विद्यालय र बालबालिकाका लागि लगानी बढाउन आवश्यक वजेट छुट्याउनु पर्छ । यी सबै कार्य कार्यन्वयनका लागि आवश्य नीति बनाएर जानु पर्दछ ।
न.पा÷गा.पा. कार्यालय, न.पा÷गा.पा. शिक्षा समिति, वडा कार्यालय, वडा शिक्षा समिति, विद्यालय व्यवस्थापन समितिहरु, शिक्षक अभिभावक संघको पदाधिकारी, शिक्षक विद्यार्थीहरुलाई परियोजनाबाट कस्तो सिकाई भएको छ ?
शिक्षालाई गुणस्तरीय बनाउन वास्तविक समस्या पत्ता लगाई योजना र वजेट, इमान्दारी पूर्वक पार्दशिता, सबैसँग सहकार्य गरेर काम गरेमा सफल हुने रहेछ भन्ने ‘हामी सिक्न सक्छौं’ परियोजनाबाट सिकाई भएको छ ।
परियोजनो सञ्चालन भएको ठाउँहरुमा परियोजनाको अवश्यकता अब पर्दछ कि पर्दैन ?
यस जिल्ला ५ नं. प्रदेश नेपालको सबैभन्दा कम शिक्षा हासिल गरेको जिल्ला र द्वन्द्वबाट ग्रष्ट जिल्ला भएकाले शिक्षा क्षेत्रमा धेरै काम गर्नुपर्ने अवस्थामा भएकाले हामी परियोजना बाल विकास केन्द्रदेखि कक्षा ३ सम्म प्रत्यक्ष सहयोग पुग्ने कार्यक्रम थियो भने कक्षा ४ देखि कक्षा ५ सम्म काम गर्नुपर्ने र जनप्रतिनिधिहरु आएपछि कार्यक्रमप्रति सक्रियता बढेकोले अझै परियोजना सञ्चालन भएको ठाउँहरुमा काम गर्न आवश्यक छ ।
अन्तिममा महत्वपूर्ण कुरा छुटेका छन् ?
परियोजना सपल बनाउन जनप्रतिनिधि, राजनीतिकदल, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक अभिभावक संघ, बाल क्लव, शिक्षक, अभिभावक, सेभ द् चिल्ड्रनका दिलकमल क्षेत्री, मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पामा कार्यरत कर्मचारी, सञ्चारकर्मी, नागरिक समाज, विद्यार्थी सहितका सरोकारवाला निकायहरुको सहयोग प्राप्त भएको थियो । त्यसैले ‘हामी सिक्न सक्छौं’ परियोजना कार्यन्वयनमा सहयोगी भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण सहयोगी निकायहरुलाई यस पत्रिका मार्फत धन्यवाद व्यक्त गर्दछु । साथै संस्थाबाट अन्य विभिन्न शीर्षकका कार्यक्रमहरु सञ्चालन भई रहेका छन्, ति कार्यक्रमहरु कार्यन्वयनका लागि पनि सम्पूर्ण सरोकारवाला निकायहरुले पनि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको छ । भने आगामी दिनमा पनि यस्तै सहयोगी भूमिका निर्वाहको अपेक्षा गर्दछु । ‘हामी सिक्न सक्छौं’ परियोजनाको बारेमा संस्थाको विचार पाठक वर्गसम्म प¥याउने अवसर दिएकोमा यस पत्रिकाको सम्पूर्ण टिमलाई हार्दिक अभार व्यक्त गर्दछु ।

You may also like