अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजद्वारा भाबाङ पहिरो पीडितका लागि रु ७० हजार राहत प्रदान

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजद्वारा भाबाङका पहिरो पीडितका लागि रु ७० हजार राहत
भाद्र २४ गते

भाबाङ राेल्पा ।

This image has an empty alt attribute; its file name is r4-1024x576.jpg


अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले माडी गाउँपालिपका–५ भाबाङका पहिरो पीडितलाई रु ७० हजार राहत रकम आज दैविक प्रकोप राहात संकलन समितिलाई प्रदान गरेको छ। यस राहत रकमले पहिरो पीडितहरुको आधाभूत आवश्यकता पूरामा थप सहयोग पुग्नेछ ।

This image has an empty alt attribute; its file name is r5-1024x768.jpg

यस समाजको अध्यक्ष सन्दिप थापा, प्रेस सल्लाहकार केवी गुरुङ, सचिव वकिल मगरले भाबाङको विभिन्न टोलका पहिरो पीडितका लागि राहत रकम दैविक प्रकोप राहात संकलन समितिलाई हस्तान्तरण गर्नुभएको हो । समितिले सहयोगको लागि सम्पूर्ण सहयोगी मनकारीहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ । साथै पहिरो पीडितका लागि राहतको पहल गर्ने समाजका सम्पूर्ण पदाधिकारीहरुप्रति पनि हार्दिक धन्यवाद तथा सम्मान समेत समितिले व्यक्त गरेको छ । समितिले पहिरो पीडितहरुको राहतका लागि राहत संकलनलाई तीव्रता दिएको छ । यस समाजले पीडितहरुको उद्वार तथा आर्थिक सहयोगमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

You may also like