बाल विवाह सम्बन्धी न्यूनीरकण लागि सबै एक हुनु पर्ने अरेशबासीको प्रतिवद्धता

रोल्पा समाचारदाता
मंसिर २८ अरेश रोल्पा


दीगो तथा मर्यादित सामाजिका आर्थिक सशक्तिकरण (सिड्स) कार्यक्रम अन्तर्गत सञ्चालिन कार्यक्रममा सुनिलस्मृति गाउँपालिका वडा नं.८ अरेशमा हामी “सबै मिली बनाऔँ ः बाल विबाह मुक्त गाउँ” भन्ने मुख्य उद्देश्यका साथ बाल विवाह न्यूनिकरण सम्बन्धी सामुदायिक सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
सुनिल स्मृति गाउँपालिका संयोजन तथा स्ट्रोम फाउन्डेशनको आर्थिक सहयोगमा शनिबार अरेशको मा.वि. अरेशमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले बाल विवाह सामाजिक अपराध राज्यले स्वीकार गरि सकेको बताउँदै बाल विवाहलाई न्यूनिकरण होइन शून्य बनाउनु पर्ने बताउनुभयो ।

उहाँले परिपक्क उमेरमा विवाह गरेरमा जीवनका सबै पाटाहरु सवल र सफल हुने बताउँदै करकापमा विहे, बाल विबाह भएमा दर्ता नहुने समेत बताउनुभयो ।
उहाँले बाल विवाहलाई सबै मिलेर अन्त्य गर्नु पर्ने बताउँदै समृद्धि समाजको निर्माणको लागि ढोका खुल्ने बताउनुभयो । जवरजस्ती र बाल विवाह गराउन पनि नहुने र गराउनेलाई पनि रोक्नु पर्ने बताउँदै त्यसका लागि सबै एक हुनु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशाशकीय अधिकृत केशवराज पार्धेले आफ्नो सन्तानको सकरात्मक भविस्य निर्माण गरि दिन बाल विवाह रोक्नका लागि अनुरोध गर्नुभयो । उहाँले सन्तान सकरात्मक भविस्य निर्माण गर्नु पर्ने हो भने बाल विवाह न्यूनिरकण गरेपछि सम्भव हुने बताउनुभयो ।
कार्यक्रममा सुनिलस्मृति गाउँपालिका वडा अध्यक्ष पूर्णबहादुर पुनमगरले वडालाई बाल विवाहमुक्त वडा निर्माण गर्नका लागि वडा सरकार पनि कडाईका साथ लाग्नु पर्ने बताउनुभयो । सबै सरोकारवालाको निकायको तर्फबाट अगाडि बढ्ने बताउनुभयो ।


कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका डाक्टर प्रकृति भट्टराईले २० वर्ष अगाडि नै विहे गरेमा शारिरिक, मानसिक रोग, सामाजिक, आर्थिक लगायत जीवनको संबाङ्गीण विकासमा अबरोध हुने कुरा बताउँदै २० वर्षपछि विहे गरेमा मात्रै हल हुने बताउनुभयो ।
उहाँले मानिसको स्वास्थ्य सवल बनाउनको लागि उमेर पुगेपछि विहे गरेर अगाडि बढ्नका लागि अनुरोध गर्दै बाल विवाह गरेमा मानव स्वास्थ्यमा निकै असर पर्ने बताउनुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय रोल्पाका प्रहरी सहायक निरीक्षक पुरुत्तोम रेग्मीले बाल विवाह गरेमा गर्ने, गराउने सबैलाई कानूनी कारवाही हुने बताउँदै त्यसका लागि सरोकारवालाले ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा साहस नेपालका कार्यक्रम संयोजक मेनुका मल्ल, सुनिलस्मृति गाउँपालिका कृषि शाखा प्रमुख बासुदेव उपाध्याय, सुनिलस्मृति गाउँपालिका प्रेस संयोजक आशिष क्षेत्री, नेपाल राष्ट्रिय मा.वि. अरेशका प्र.अ. बलदेव गौतम, साहस नेपालका सामाजिक परिचालक प्रमोद विश्वकर्मा, कुलबहादुर पुनमगर लगायत सामाजिक अभियान्ताहरुको सहभागिता भएको थियो ।
उज्यालो स्वावलम्वन समूहका अध्यक्ष पद्मी कँडेलको अध्यक्षता भएको थियो । कार्यक्रमको सञ्चालन एवं सहजीकरण नेपाल पत्रकार महासंघ पत्रकार महासंघका रोल्पाका पाँचौ अधिवेशनका अध्यक्ष मानसिंह विश्वकर्माले गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले पनि आगामी दिनमा बाल विवाह न्यूनिकरणका लागि सबैले ध्यान दिनु पर्ने बताएका छन् । अझै बाल विवाह न्यूनिकरणका लागि सबै लाग्नु पर्ने धारणा राखेका थिए ।

You may also like