वुधबार थप ११ सय २० जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ, १७ भदौ । नेपालमा थप १ हजार १ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ३ सय २० महिला र ८ सय पुरुष गरी थप १ हजार १ सय २० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ४१ हजार ६ सय ४९ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार १ सय १२ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या २२ हजार २ सय ९० जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ सय ५१ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार १ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।

You may also like