रोल्पामा हालसम्म १७७ कोरोना संक्रमित, २ जना संक्रमितको मृत्यु

रोल्पामा हालसम्म १७७ कोरोना संक्रमित, २ जना संक्रमितको मृत्यु
कार्तिक २२ गते
लिबाङ–रोल्पा


This image has an empty alt attribute; its file name is j8-1024x749.jpg

विपद् पूर्व तयारी तथा प्रति कार्य शाखा, राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंह दरबार काठमाण्डैंमा जिल्ला प्रशासन कार्यालय रोल्पाले कोरोना भाइरस सम्बन्धि रिर्पाेट पठाएको छ ।
यस जिल्लामा हालसम्म १७७ कोरोना भाइरस संक्रमित भएको उक्त रिर्पाेटमा जिल्ला प्रशासन कार्यालय रोल्पाले उल्लेख गरेको छ । सक्रमितमध्ये हालसम्म १४५ जना संक्रमित कोरोना भाइरस मुक्त भएको रिर्पाेटमा बताएको छ । कोरोना भाइरस संक्रमितबाट यस जिल्लामा हालसम्म २ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर के.सी.ले बताउनुभयो । उहाँले जिल्लामा विभिन्न ठाउँबाट घर फर्किएका ४५ हजार ८७९ जना व्यक्तिहरुको कोरोनाको जाँच भएको उहाँले जानकारी दिनुभयो ।

This image has an empty alt attribute; its file name is j8-1024x749.jpg

साथै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बद्ढै गर्दा क्वारेनटाइनको संख्या घट्दो क्रममा छ । हालसम्म यस जिल्लाको विभिन्न ठाउँका क्वारेन्टाइन गरि ५ वटा क्वारेन्टाइनमा २७ वटा वेड रहेको छ । २ जना महिला र २५ जना पुरुष गरी २७ जना सामान्य अवस्थाका व्यक्तिहरु क्वारेन्टाइनमा रहेको उहाँले बताउनुभयो । जिल्लाको विभिन्न ठाउँका क्वारेन्टाइनबाट हालसम्म १३ हजार २९९ जना मासिनहरु घर फर्किएका छन् ।
त्यसैगरी जलजला बहुमुखी क्याम्पसमा जिल्लाको एक मात्र अस्थायी आइसुलेसन केन्द्रमा ७८ वेडको व्यवस्थापन गरिएको छ । तर, उक्त आइसुलेसन केन्द्रलाई अन्य ठाउँमा सञ्चालनको तयारी भएपनि आवश्यक तयारी पूरा भएको छैन । विभिन्न ठाउँबाट घर फर्किएका ३ हजार २०२ जनाको पिसिआर परीक्षणका लागि स्वाव संकलन भएको थियो । हालसम्म ३ हजार १९५ जना व्यक्तिहरुको पिसिआर परीक्षण भएको छ । यस जिल्लाको पिपिई सेटको संख्या २८१ वटा रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाको रिर्पाेटमा उल्लेख गरिएको छ । यस जिल्लामा आरडिटी परीक्षण २ हजार ६६५ जनामध्ये २ हजार ५४२ जनाको नेगेटिभ र १२३ जनाको पोजेटिभ रिर्पाेट आएको छ । यस जिल्लाका ११ जना व्यक्तिले बाहिरी जिल्लामा स्वाव परीक्षण गर्दा पोजेटिभ देखिएको हाल जिल्लाको आइसुलेसनमा नआई पुगेको बताइएको छ । जिल्लाबाट स्वाव संकलन गरी परीक्षण गर्दा संक्रमित देखिएका २ जना जिल्लाको आइसुलेसनमा आई नपुगेको र १७ जना होम आइसुलेसनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर के.सी.ले बताउनुभयो ।

रोल्पा जिल्ला पछिल्लो चरणमा कोराना महामारीको उच्च जोखिम बन्दै गएको छ ।
रोल्पा अस्पताल रेउघा रोल्पाका १ जना डाक्टर सहित ७ जना स्वाथ्यकर्मी र ३ जना अन्य विरामीमा कोरोना पोजेटिभ भएपछि उच्च जोखिम बनेको हो । संघीय सरकारले कोरोना महामारीमा कडाई गर्न छाडेपछि रोल्पामा पनि कोरोना महामारीको जोखिम बढेको छ । विगतमाका दिनहरुमा पनि तेस्रो मुलकबाट आएका मानिसहरुमा र सीमित व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएपनि हाल समुदायस्तरमै फैलिएको जिल्ला अस्पताल रेउघा रोल्पाका सूचना अधिकारी सिनियर अहेब कुलबहादुर डाँगीले बताउनुभएको छ । उहाँले रोल्पा जिल्लामा पछिल्लो चरणमा कोरोना नियन्त्रण समिति सि.सि.एम.सी. समितिले पनि काम नगरेको बताउनुभयो । उहाँका अनुसार अस्पतालका डाक्टर लगायत स्वास्थ्यकर्मी टोलीमै संक्रमण देखिनु, अन्यको कन्ट्याक टे«सिङ पनि नभएको बताउनुुभयो । उहाँले संक्रमण भएकोलाई पनि जिल्ला स्तरीय आइसोसेनमा नराखिएको कुरा बताउनुभयो । रोल्पा जिल्लामा जोखिम बढ्दै जादै गर्दा प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले नेपाल सरकारको नीति अनुसार लक्षण नदेखिएकालाई होम आइसोलेशनमा राखिएको, लक्षण देखिएमा कोरोना अस्पतालमा पठाइएको बताउँदै बजेटको अभावमा आइसोलेशन सञ्चालनमा समस्या परेको जानकारी गराउँदै आगामी दिनमा जलजला बहुमुखी क्याम्पसको आइसोलेशन सेन्टरबाट गुरुङगाउँमा लगेपनि सञ्चालन नभएको बताउनुभयो ।

You may also like