५३ औं अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औँ राष्ट्रिय शिक्षा दिवस

५३ औं अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औँ राष्ट्रिय शिक्षा दिवस
खुविना सुनारीमगर
लिबाङ, रोल्पा
२०७६ भाद्र २१

५३ औं अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औँ राष्ट्रिय शिक्षा दिवस २०७६ “हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण” भन्ने आदर्श वाक्यसहित रोल्पामा पनि विभिन्न कार्यक्रम गरि मनाउने तयारी भइरहेको छ । रोल्पा जिल्लाका विभिन्न विद्यालयहरुले ¥याली, सभा, लगायत विभिन्न कार्यक्रम गरी मनाउने तयारी भएको छ ।
सम्पूर्ण विद्यार्थी, विद्यालय र अभिभावकहरुको सहभागितामा विभिन्न कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । आज विहान बाल कल्याण मा.वि. लिबाङ रोल्पाले विहान ७ बजे बाल कल्याण मा.वि.बाट लिबाङको सात्ताले विचबजार, लोकतान्त्रिक चोक हुँदै टुडिखेलमा पुगेर कोणसभा गरिने विद्यालयका प्र.अ. मधुसुन पोख्रेलले बताउनुभयो । यसैगरी रोल्पा नगरपालिकाले शिक्षा दिवसको अवसरमा शिक्षा दिवसको अवसरमा विद्यालय प्र.अ.हरुसंग करार सम्झौता, कक्षा ५, ८ र ए.इ.ई.मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गर्ने र नगरपालिका भित्रका उत्कृष्ट शिक्षकहरुलाई, बिद्यालयहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो । यसैगरी रोल्पा जिल्लाका अन्य गाउँपालिकाहरुले पनि विभिन्न कार्यक्रम ५३ औं अन्तर्राष्ट्रिय साक्षरता तथा ४० औँ राष्ट्रिय शिक्षा दिवस २०७६ मनाउँदैछन् ।

You may also like