“हामी सिक्न सक्छौँ” परियोजना बर्हिगमनले रोल्पाका सरोकारवाला निकायहरु चिन्तित

मानसिंह विश्वकर्मा
मंसिर २८ ह्वामा रोल्पा


नेपाल राष्ट्रिय आ.वि. ह्वामा अनुमगन टोली र विद्यालयका सरोकारवालाबीचमा छलफल गर्दै
                                    तस्विरः रोल्पा समाचार रोल्पामा

“हामी सिक्न सक्छौँ” कार्यक्रम सेभ द् चिल्डे«नको आर्थिक सहयोगमा र मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको साझेदारीमा सञ्चालित कार्यक्रम रोल्पाको (बहिरगमन) सकिएपछि शिक्षा क्षेत्रका सरोकारवालाहरुलाई चिन्तित भएका छन् । सोही कार्यक्रमद्वारा भएका शैक्षिक तथा भौतिक पूर्वाधार प्रगगित एवं सिकाईको बारेमा मंसिर २८ गते रोल्पा नगरपालिका वडा नं. ९ ह्वामा गरिएको अनुगमनमा शिक्षाका सरोकारवालाले पनि यस्तो चिन्ता व्यक्त गरेका छन् ।

जिल्लाको विभिन्न निकायबाट प्रतिनिधित्व रहेको अनुगमन टोली पुगेको बेलामा यस्तो चिन्ता व्यक्त गरेका हुन् । नेपाल राष्ट्रिय आधारभूत विद्यालय ह्वामा र श्री पानी पधेरा प्राथमिक विद्यालय ह्वामा गर्पामा अनुगमन टोलीसँग यस्तो गुनासो पोख्नु भएको हो । सरोकारवालाले अनुगमन टोलीसँग ह्वामाको शिक्षाक्षेत्रको सुधारमा योगदान दिएको बताउँदै यो योगदान निरन्तरता हुनु पर्ने बताउनुभयो । रोल्पा रोल्पा न.पा. ९ ह्वामाका अध्यक्ष मिमबहादुर घर्तीमगरले स्थानीयतहको सरकारले पनि केही सकरात्मक कार्य थालनी गरेको बताउँदै त्यसमा सहयकार्यमा “हामी सिक्न सक्छौँ” कार्यक्रमबाट सहयोग मिलेको थियो । त्यसलाई अझै केही वर्ष निरन्तरता दिन पाएका भएको भए हाम्रो शिक्षा क्षेत्रको गुणस्तरीयतामा अझै टेवा पुग्ने बताउनुभयो । राम्रा अभ्यासहरुलाई आफूहरुले निरन्तरता दिने प्रतिवद्धता दिनुभएको थियो । त्यै पनि कार्यक्रम बहिरगनले चिन्ता थपेको समेत प्रतिक्रिया दिनुभयो ।
बालशिक्षाका विद्यार्थीहरुलाई विभिन्न विधिबाट पढाउँदै शिक्षिक संगीता बुढामगर
                                                                    तस्विरः रोल्पा समाचार

नेपाल राष्ट्रिय आधारभूत विद्यालयका व्यवस्थापन समिति दलबहादुर बुढामगरले सिकाई उपलब्धी बृद्धि गर्नका लागि निकै सहयोग मिलेको बताउनुभयो । यसको निरन्तरतामा कसरी दिन सकिन्छ भन्ने विषयमा आफूहरुलाई चुनौती रहेको बताउनुभयो । सोही विद्यालयका प्र.अ. हुकम आचार्यले विद्यार्थीको सिकाई उपलब्धी प्रतिशतमा विकास भएको बताउँदै सबै लागेर यसको बृद्धि गर्नु पर्ने बताउनुभयो ।
सो विद्यालयमा स्थानीयतह, विद्यालय व्यवस्थापन समिति र हामी सिक्न सक्छौँ कार्यक्रमबाट विद्यार्थीहरुको बसाई व्यवस्थापन, सिकाई सामाग्री, अपाङ एवं छात्रा मैत्री शौचालय, विद्यालय भवन लगायतको अबस्थामा सुधार लिएको विद्यार्थीहरुले बताएका छन् । सभ्याता बालक्लवले भित्रेपत्रिका समेत प्रकासशत गरेको, गुनासो पेटिकाबाट पनि सुधार भएको बताइएको थियो ।
विद्यालयमा विद्यार्थीहरु छात्रा मैत्री शौचालय र उक्त सौचालयमा सेटेनरी प्याडको व्यवस्था गरेपछि आफूहरुलाई निकै सहज भएको कक्षा ८ का छात्रा सर्मिला बाठा र चिसमाया पुनमगरले बताउनुभएको छ । पहिले मिन्स भएमा लाज र डरले घर जानु पर्ने वाध्यता थियो भने हाल प्याड व्यवस्थापन भएपछि पढाईमा सहयोग मिलेको प्रतिक्रिया दिनुभएको छ ।
सो विद्यालयमा अझै भौतिक पूर्वाधार, निर्माण, सिकाई उपलब्धी हासिल गर्नका लागि कार्यक्रमको आवश्यकता रहेको, शिक्षक दरवन्दीको अभावको विषयमा माग रहेको थियो ।


पानी पधेरा प्रा.वि.मा विद्यार्थीहरुलाई कलात्मक तरिकाले पठाउँदै निमित्त प्र.अ. बविता केसी
तस्विरः रोल्पा समाचार

यसैगरी सोही वडाको पानी पधेरा प्राथमिक विद्यालय गर्पाका निमित्त प्र.अ. बविता केसीले विद्यालयमा कक्षाको कोठा साघुरो भएको, खानेपानीको अभाव र टेलिफिोन र नेटको व्यवस्थापन हुनु पर्ने धारणा राख्नुभएको थियो । वडा अध्यक्षले गाउँ र विद्यालयको खानेपानीको व्यवस्थापनको रु. १५ लाख बजेटको व्यवस्थापन भइसकेको, नेट र सञ्चार सधानको जुटाउन लागि परेको विद्यालयका भवनको अबस्थाको बारेमा पनि सोचिरहेको बताउनुभयो ।
वडा अधयक्ष रोल्पा नरपालिकाका ९ नं. वडा ह्वामामा कार्यक्रम लागु पर्ने परियोजनाका सरोकारवाला निकाय र सहयोगीभूमिका निर्वाह गरेको भन्दै विद्यालय व्यवस्थापन समिति, वडा शिक्षा समिति, शिक्षक अभिभाव संघ, विद्यालय प्रधानाध्यापक, शिक्षक, विद्यार्थीसहित सम्बन्धि निकायहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
“हामी सिक्न सक्छौँ” कार्यक्रममा रोल्पा नगरपालिका ९ ह्वामाका सामाजिक परिचालक दिलकुमारी बुढामगरले आफूले कार्यक्रम सञ्चालन गर्दा र हाल सकिदा फरक भएपनि यसलाई अझै निरन्तरता दिन सकेको भए अपेक्षाकृत उपलब्धी हासिल गर्न सकिने बताउनुभयो । तर पनि यसैलाई निरन्तरता दिन सकेमा पनि सुधारको दिशामा अगाडि बढ्ने बताउनुभयो ।

जिल्लाबाट गएको विभिन्न अनुगमन टोलीसंग विद्यालय परिवार
तस्विरः  राेल्पा समाचार

 

आइतबार भएको अनुनमगन टोलीमा रोल्पा नगरपालिका वडा नं. वडा अध्यक्ष मिमबहादुर घर्तीमगर, नगरपालिकाका कार्यक्रम अधिकृत नबराज रोकाक्षेत्री, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, नागरि दैनिकको पत्रकार दिनेश सुवेदी, सनस्टार साप्ताहिकका सम्पादक नबिन लोचन मगर, हामी सिक्न सक्छाँै परियोजनाका सामाजिक परिचालन दिलकुमारी बुढा, सामाजिक परिचालक सामाना आचार्य लगायतको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले विद्यालयको भौतिक पूर्वाधार राम्रो भएको, सिकाई उपलब्धीलाई अझै बृद्धि गर्नुपर्ने, विद्यार्थीहरुको सर्बाङ्गीण विकासका लागि जोड दिनुपर्ने, कार्यक्रमको सकरात्मक सिकाईलाई निरन्तरता दिनु पर्ने लगायतको सुझावहरु पेश गरेको थियो ।

 

You may also like