परियोजनाको सिकाई उपलब्धि निरन्तरता दिनुपर्ने सरोकारवाला निकायको जोड

मंसिर २४ गते
लिबाङ रोल्पा ।

 
‘हामी सिक्न सक्छौं’ परियोजनाको बहिर्गमन नगर स्तरीय कार्यक्रम आज लिबाङमा सम्पन्न भएको छ । परियोजनाले बालबालिकाको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
उक्त कार्यक्रम अध्यक्ष एवं रोल्पा नगरपालिकाको नगर प्रमुख पूर्ण के.सी.ले ‘हामी सक्न सक्छौं’ परियाजनाले नगरपालिका विभिन्न वडाहरुका विद्यालयहरुमा शिक्षण सिकाई परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सेभ द् चिल्ड्रन र मानव अधिकार सेचतन केन्द्र (हुरेक) नेपाललाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले परियोजनाको सिकाई उलपब्धिहरुलाई नगर शिक्षा समितिको नीतिमा समावेश गरी प्रभावकारी कार्यन्वयन गर्ने समेत उहाँले बताउनुभयो । परियोजना सञ्चालन भएका वडाका वडा शिक्षा समितिहरुले पञ्च वर्ष योजना समेत तय गरेका छन्, ति योजनाहरुलाई प्रभावकारी कार्यन्वयनका लागि नगरपालिकाको तर्फबाट सहकार्य समन्वयकारी भूमिका निर्वाह गर्ने समेत नगर प्रमुख के.सी.ले प्रविद्वता व्यक्त गर्नुभयो ।

यस परियोजनाले बालबालिकाको शिक्षामा महत्वपूर्ण भूमिका निर्बाह गरेको छ, अब हामीले परियोजनाबाट भएका सिकाईलाई नगरपालिकाले शिक्षा क्षेत्रलाई आगामी दिनमा विशेष प्राथमिकता साथ आवश्यक नीति तथा कार्यक्रम तय गरी प्रभावकारी कार्यन्वयन गर्नुपर्ने उहाँको धारणा थियो । परियोजनाको कार्य विधि सम्बन्धि प्रतिवेदन मानव अधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाको कार्यक्रम संयोजक कर्ण दरै प्रस्तुत गर्नुभएको थियो । परियोजना सन् २०१७–२०१९ सम्मका भएको थियो ।

कार्यक्रममा रोल्पा नगरपालिका १० नं. वडा अध्यक्ष मानबहादुर डाँगी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौ जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपानेले सुझाव दिनुभएको थियो ।

कार्यक्रममा नगर शिक्षा समितिको पदाधिकारी, वडा शिक्षा समिति पदाधिकारी, वडा अध्यक्ष, तारा माध्यमिका विद्यालय रोल्पा नगरपालिका बामरुक रोल्पाको प्राधानाध्यापक ओविला महरा, वागेश्वरी प्राथामिक विद्यालय रोल्पा नगरपालिका ४ रोल्पाको बाल क्लवको पदाधिकारी, शिक्षक विद्यार्थीहरुको सहभागिता थियो । सहभािगहरुकाे प्रश्नहरुको जवाफ सेभ द् चिल्ड्रन रोल्पा जिल्ला संयोजक दिलकमल क्षेत्रीले दिुनभएको थियो ।सेभ द् चिल्ड्रन र मानव अधिकार सचेतन केद्र (हुरेक) नेपाल रोल्पाको तर्फबाट सहकार्य, समन्वयको लागि नगरपालिका कार्यालय र वडा कार्यालहरुलाई धन्यवाद प्रमाण पत्र मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको अध्यक्ष घनश्याम आचार्यले प्रदान गर्नुभएको थियो । रोल्पा नगरपालिकाको नगर प्रमुख पुर्ण के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर प्रेस संयोजक देवी कुमारीले गर्नुभएको थियो ।

You may also like