मन्त्री मण्डल पुर्नर गठनको विषय नै उठेको छैनः ऊर्जा मन्त्री वर्षमान पुनमगर ‘अनन्त’


मानसिंह विश्वकर्मा
भाद्र २४ रोल्पा


ऊर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनमगरले मन्त्री मन्डल गठन प्रक्रियामा पार्टीको सचिवालय, स्थायी समितिको बैठकमा छलफल तथा परामर्शबाट मात्रै हुने कुरा बताउँदै हाल मन्त्री मण्डलको पुनरगठनको विषय तथा एजेण्डा नै नभएकोले हाल सरकारमा को जाने नजाने र हट्ने भन्ने विषयको बहस गर्ने समय नै दावी गर्नुभयो । साथै उहाँले प्रधानमन्त्रीले कुनै पनि यस विषयमा आफूले कुनै स्थानमा नबोलको आफूलाई बताएको बताउँदै निधक्क भएर जनताको सेवामा काम गर्नका लागि आफूलाई निर्देशन दिएको बताउनुभयो ।
यस्तो कुरा मन्त्री पुनमगरले प्रेस संगठन रोल्पाले बुधबार विहान रोल्पाको लिबाङमा आयोजना गरेको पत्रकार भेटघाटको क्रममा बताउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बहस पार्टीको विचार सिद्धान्तकोलागि बहस छलफल अनिवार्य भएको बताउँदै तर पार्टीको आन्तरिक जीवन पद्धतीलाई सुद्धित गर्ने भएको बताउँदै तर पार्टी विभाजनको कसैलाई पनि छुट नहुने र आफूलाई पनि स्वीकार्य नभएको उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बहस निकै पेचिलो भएको बताउँदै अध्यक्षहरुको। वरिष्ठ नेताहरुको छलफलले सकरात्मक भएको भन्दै अब चैत्र पहिलो सातामा महाधिवेशन सम्पन्न गरी नेतृत्व र विचारको बहसलाई टुङ्गो लगाउने बताउँनुभयो । उहाँले भन्नुभयोः–‘हाम्रो पार्टी भित्र निकै ठूलो बहस भयो, कतिवेला पार्टी पनि रहन्न कि भन्ने नै थियो तर पछिल्ला समयमा नेताहरुको छलफलबाट सकरात्मक बनेको छ, कार्यदलको प्रतिवेदन पेश भएको छ, स्थायी समितिको बैठकबाट अगाडि बढ्छ चैत्रमा महाधिवेशनबाट नेतृत्व र विचारको बहस टुङ्गो लाग्नेछ ।” उहाँले नेपालको मौतिकतामा नेपाल र नेपालीलाई समृद्ध बनाउने खालको समाजवादको विचारलाई अंगिकार गर्दै नेतृत्व पनि महाधिवेशनमा गएर हल हुने बताउनुभयो ।


मन्त्री पुनमगरले नेकपा फुट होइन बरु कम्युनिष्ट पार्टीहरु एक हुनु पर्ने बताउँदै मोहन बैद्य ‘किरण’, विप्लब, अशोक राई, बाबुराभ भट्टराइ लगायतलाई पनि समाबेश गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । त्यस विषयमा अध्यक्ष प्रचण्डले आजको आवश्यकता भएको बताएको सत्य भएको बताउनुभयो ।
ऊर्जा मन्त्रीले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरण पुनर नियुक्तका लागि आफूले प्रस्ताव लैजाने र त्यसका लागि प्रधानमन्त्री सकरात्मक भएको बताउँदै आगामी दिनको मन्त्री परिषद्मा लैजाने तयारी आफू रहेको बताउनुभयो ।
रोल्पामा सञ्चालित माडी जलासययुक्त आयोजनाको पानीको उपलब्धता, कच्चा पदार्थको उपलब्धता लगायतको विषयमा अध्यन सकिएको बताउँदै काम तिव्रतामा अगाडि बढेको बताउनुभयो । सबै जिल्लाबासीले सकरात्मक रुपमा पनि सहयोग गरि दिनका लागि अनुरोध गर्नुभयो । साथै रोल्पा जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ मा रोल्पा जिल्लाका करिव ९० प्रतिशत जनताले विजुली उपभोग गर्ने गरी निर्माण कार्यलाई अगाडि बढाउने गरी नेपाल विद्युत प्राधिकरण लागि रहेको बताउनुभयो । उहाँले भन्नुभयोः–“ एक वर्ष अगाडि ८ हजार, गत वर्षमा हजार हाल २० हजार ग्राहक थपिएका छन्, अब यस वर्षमा करिव १८ हजार ग्राहकमा पुगेमा करिव ९० प्रतिशत जनतामा विजुली पुग्छ ।”
मन्त्री पुनमगरले आफूले चुनावी प्रतिवद्धता अनुसार विगतमा आफ्नो र स्थानीयसरकारको सहकार्यमा खरको छानो मुक्त गर्ने कार्यक्रममा लागेको बताउँदै हाल संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमबाट नेपाल तथा रोल्पाका सबै खरको छानो मुक्त बनाउन सकिने बताउनुभयो । रोल्पा जिल्लामा करिव १२ हजार घरको छानो मुक्त गर्ने गरी कार्यक्रम अगाडि बढाएको बताउनुभयो ।
मन्त्री पुनमगरको कृष्णबहादुर महराको भेटको प्रसंगमा राजनीतक गुरु, शैक्षिक गुरुका रुमा भएकाले भेटमा रोल्पा जिल्लाको विकास, देशको समससायिक बारेमा छलफल भएको बताउँनुभयो । उहाँले भन्नुभयोः–“हाम्रो शैक्षिक, राजनीतिक गुरु भएकाले भेट गरेका थियौँ । उहाँकै घरमा २०४४ सालतिर आफूहरुले नै टूयसन पढेको घरमै हो त्यसैले राजनीतिक, भावानात्मक रुपमा भेट्न गएका थियौँ । ”


कोरोनाको संक्रमणको बेलामा आफूले रोल्पा जिल्लामा सचेतपूर्वक काम गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि जनतालाई सतर्कता अपनाउनको लागि अनुरोध गर्नुभयो । कोरोनाको महामारीबाट बच्नका लागि भौतिक दुरी कायम, सेनिटाइजर, माक्सको प्रयोग गर्नका लागि जनतालाई सचेतना फैलाउनको लागि अनुरोध गर्नुभयो । उहाँले पहाडी जिल्लामा तपाईका मानिसहरु घुम्न आउने क्रम बढेकाले त्यसलाई पनि सचेततापूर्व अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो ।
कोरोनाको कारणले विश्वको अर्थतन्त्रमा धेरै असर परेको बताउँदै कोरोनाका कारणले राजनीतिक, सामाजिक, आर्थिक समस्या आउने क्रममा रहेकोले विश्वका जनताले धैर्यतापूर्वक सामाना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान सभामुख ओनसरी घर्तीमगर, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढामगर, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर, सचिव हरीप्रसाद घर्ती, जिल्ला समन्वय समिति रोल्पाका सदस्य कर्मलाल परियार, प्रेस संगठन नेपाल प्रदेश नं. ५ का सह संयोजक मानसिंह विश्वकर्मा, केन्द्रीय सदस्य नविन लोचन, पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्ष् खेम बुढामगर लगायतको आतिथ्यता रहेको थियो । रोल्पा जिल्लामा रहेको सञ्चारकर्मीहरुसंग अन्तरक्रिया समेत गर्नुभएको थियो ।
कार्यक्रम प्रेस संगठन नेपाल रोल्पा शाखाका संयोजक देवी गुरुङले सञ्चालन गर्नुभएको थियो ।

You may also like