रोल्पाका ४२ घर गोठ जलेर नस्त, निवर्तमान ऊर्जा मन्त्री वर्षमान पुन र प्रदेश सांसद दीपेन्द्र कुमार पुनमगर राहत प्रदान

राेल्पा समाचारदाता

बैशाख १६ रोल्पा नुवागाउँ


त्रिवेणी गाउँपालिका २ नं. वडा पिराले गाउँमा ३ सय हेक्टर भन्दाबढी जंगलमा आगलागबाट ४२ वटा घरगोठ जलेका छन् । आग्लागी पीडितहरु खुला आकाशमुनि बस्न वाध्य भएका छन् ।
गाउँमा फुसका छाना भएका २६ वटा घर सबै जलेका छन् । सोमबारबाट यस वडाका विभिन्न ५ वटा सामुदायिक वनमा आगो लाग्न सुरु गरेको थियो । मंगलबार साँझ ७ः०० बजेदेखि मानवीय वस्तीमै आगो प्रवेश गरेको थियो । सोही वडाको बर्तिबाङ गाउँ, चेत्रे गाउँमा र यसै गाउँपालिकाको ३ नम्वर वडामा गरी ४२ वटा घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् । साथै आगलागिबाट १६ वटा बाख्रा, ७ वटा गाई, एउटा बङ्गुर जलेर मरेका छन् । साविक नुवागाउँ गाउँ विकास समितिका १, २, ३, ४ वडामा आगो फैलिएको हो । आगलागीबाट आफ्नो घर नष्ट भएपछि ३५ घरपरिवार खुल्ला आकाशमुनि दैनिकी बिताउन बाध्य भएका छन् ।
बुधबार दिउँसो निवर्तमान ऊर्जा मन्त्री एवं संघीय सांसद वर्षमान पुनमगर र लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’ को पहलमा प्रत्येक घरलाई २ बोरा चामल, नुन, तेल लगायतको आपतकालीन राहत प्रदान गर्नुभएको छ । आगलागी भएको स्थानमै पुगेर प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले साच्चिकै रोल्पामा फुसको छानो मुक्त अभियानलाई तिव्रता दिनु पर्ने बताउनुभयो । साथै उहाँले यो विपत्तिको घडीमा सबैलाई सम्मेमतापूर्वक नै अगाडि बढ्नका लागि अनुरोध गर्नुभयो ।
साथै संघीय सांसद एवं निवर्तमान उर्जामन्त्री वर्षमान पुनमगरले प्राकिृतिक विपत्तीले जनतालाई पीडित बनाएकोले दुखद र पीडादायी क्षणमा सबैलाई सम्मेमतापूर्वक सहकार्य र मानवीयरुपमा एक भएर सामाना गर्नका लागि अनुरोध गर्नुभएको छ । साथै उहाँले आगामी दिनमा विभिन्न सहयोगी निकायसंग सहकार्य गरे राहत पठाउने कुरा समाचारसँग जानकारी गराउनुभएको छ ।
घटना अवलोकन तथा राहत वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाका जिल्ला अध्यक्ष सुरेन्द्र थापा, माओवादी केन्द्रका त्रिवेणी गाउँपालिका अध्यक्ष सेरसिंह बन्दीपुरे, पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष एवं प्रेस संगठन नेपालका केन्द्रीय एवं लुम्बिनी प्रदेश संयोजक मानसिह विश्वकर्मा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन लगायतको सहभागीता रहेको थियो ।
यसैगरी अग्नी पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखा र गाउँपालिकाले चिउरा, चाउचाउ, त्रिपाल जस्ता राहत सामाग्री वितवरण गरिरहेको नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा सभापति डि.वी. घर्तीमगरले बताउनुभयो । त्रिवेणी गाउँपालिकाबाट सुरु भएको आगलागी रुन्टीगढी गाउँपालिकाको ९ नम्वर वडाको सर्पाल र गुनाम गाउँको जंगलमा पुगेको छ । सर्पाल र गुनाम लगायत ठाउँका ३ सय बढी घर आगलागीको जोखिममा रहेका छन् । आगलागी भएको वस्तीमा खानेपानी, विजुली बत्ती, अवरुद्ध भएको छन् । वस्तीमा लागेको आगो नियन्त्रण आएको भएपनि जंगलमा लागीरहको आगो नियन्त्रणमाका लागि प्रयास भइरहेको हावा हुरी नचलेमा नियन्त्रणमा आउन सक्ने रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक नरेशराज सुवेदीले बताउनुभयो ।
अग्नी आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानीयबासी सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

You may also like