विद्यार्थीद्वारा लिपु लेक लगायतका नेपाली भूमिको फिर्ताको माग गर्दै मानव शाङ्लो विरोध प्रर्दशन

कार्तिक २४ गते
लिबाङ रोल्पा


बाल कल्याण नमूना माध्यमिक विद्यालय रोल्पा नगरपालिका लिबाङ रोल्पाका विद्यार्थीहरुले मानव शाङ्लोबाट भारतबाट अतिक्रमिक लिपु लेक लगायतका नेपाली भूमिहरुको फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । लिपु लेकक अतिक्रमणको विरोध देशभरि नै विरोध भईरहेको छ ।

विद्यार्थीहरुले भारत सरकारको विस्तारवादी र सामाज्य्रवादी प्रवृत्तिको विरोधमा नाराबाजी गर्दै मानव शाङ्लो निकालेका थिए । विद्यार्थीहरुले लिपु लेक हाम्रै हो, तत्काल भारतीय सेना फिर्ता गर, भारत सरकार मुर्दावाद, हामी सबै मिले सीमा रक्षा गरौं, लिपु लेक लगायत अतिक्रमित भूमि पिर्ता गर जस्ता नाराबाजी सहित भारत सरकारको विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनको क्रममा विद्यार्थीहरुले राष्ट्रभक्ति सांस्कृत नृत्य समेत प्रस्तुत गरिएको थियो ।

विद्यालयबाट निस्किएको मानव शाङ्लो भारत सरकारको विरोध गर्दै टुडिखेलमा विरोध ¥याली समेत प्रर्दशन गरेका थिए । मानव शाङ्लोमा विद्यार्थीको युनिफम, राष्ट्रिय पोशाक, नेपालको झण्डा सहित विरोध गरिएको थियो । मानव शाङ्लोमा विद्यालयको शिक्षक, विद्यालयका २ हजार ५ सयभन्दा बढि विद्यार्थीहरु लगायत सरोकारवाला निकायहरुको सहभागिता थियो ।

लिपु लेक लगायतका भारत सरकारबाट अतिक्रमिक नेपाली भूमिको फिर्ताको गर्न देशभरि विरोध ¥यालीले नेपाल सरकारलाई नैतिक दबाब सिर्जना भएको छ तर भारतको सरकारको भारत गर्दै नेपालका कतिपय ठाउँमा प्रहरीको लाठी समेत प्रदर्शनकारीले खानु परेको छ ।

यस्ता घट्नाले भने आम नेपालीहरुलाई दुःखित टुल्याएको छ । राष्ट्रभक्ति नेपालीहरुले भने भारत सरकारबाट अतिक्रमिक लिपु लेक लगायतका नेपाली भूमिहरु फिर्ता नहुँदासम्म मृतु वरन समेत गर्ने विरोधमा उद्घोष गर्दै आएका छन् । अब नेपाल सरकारले लिपु लेक लगायत अतिक्रमिक नेपाली भूमिको फिर्ताको निम्ति कुटनीतिक पहल गर्द कि गर्दै यो कुरा भने निकट भविष्यले बताउँछ ।

You may also like