सुनिलस्मृति गाउँपालिकाबाट प्राथमिकताको आधारमा १५० विपन्न घरपरिवारलाई जस्तापाता उपलब्ध

सुनिलस्मृति गाउँपालिकाबाट प्राथमिकताको आधारमा १५० विपन्न घरपरिवारलाई जस्तापाता उपलब्ध
असार २० गते,
सुलिचौर–रोल्पा


सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले तत्काल गाउँपालिका भित्रका अति विपन्न १५० घरधुरीमा जस्तापाता उपलब्ध गराउने भएको छ । गाउँपालिकाबाट जस्तापाता उपलब्ध कार्यक्रमले विपन्न घरपरिवारहरुलाई आर्थिक भारमा केही राहत पुग्ने भएको छ ।
यस गाउँपालिकाले विशेष प्राथमिकताको आधारहरु घर निर्माण कार्य सम्पन्न भएको अथवा घर चुहिएर बस्न नमिल्ने त्यस्ता घरधुरीहरुलाई प्रत्येक वडाबाट सिफारिस भई आएका १५÷१५ घरधुरी र केहि गाउँपालिकाबाट गरि तत्कालका लागि १५० घरधुरी जस्तापाता उपलब्ध गराउने कार्य सुरु गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले बताउनुभयो । १५० घरधुरीलाई वितरण गरि बाँकी रहेको जस्तापाता र आ.व. २०७७÷०७८ का लागि फुसको छानो विस्तापन कार्यक्रमका लागि विनियोति बजेटबाट खरिद गरि एकमुष्ट असोज महिनामा गाउँपालिका भरि वितरण गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो ।

उहाँको अनुसार तत्काल आवश्यकभन्दा अन्य व्यक्तिलाई दिइयो भने असुरक्षित रुपमा राख्ने र जस्तापाता खिया लाग्ने जस्ता समस्या देखिएकोले असोजमा वितरण गरि दशै तिहारमा जस्ता चाडपर्वमा नयाँ घरमा बस्ने गाउँपालिकाबासको लक्ष्यलाई पुरा गर्नका लागि असोजमा वितरण गर्ने लक्ष्य लिइएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

You may also like