अन्तर्राष्ट्रिय श्रमिक दिवशको अवरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

राेल्पा समाचारदाता

लिबाङ राेल्पा

अाज १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिशव मनाइरहँदा अखिल नेपाल ट्रेड न्यूनियन महासंघ रोल्पाले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम जिल्ला समन्वय समिति रोल्पाको नयाँ हलमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) रोल्पा जिल्ला अध्यक्ष सुरेन्द्र थापा घर्तीमगरले श्रमिक दिवशको अवसरमा देश तथा विदेशमा रहनेका सम्पूर्ण श्रमिकहरुको सु–स्वास्थ्य, दीर्घायु, उत्तर–उत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्नुभयो । नेपालको सन्र्दभमा दश वर्ष सशस्त्र द्वन्द्वसँगै वर्षौसम्म ंसंक्रमकालीन अवस्थामा गुज्रिएको अवस्थामा श्रमिक लगायतक अन्य विभिन्न कुराहरुको व्यवस्था भएको थिएन तर अब २०७२ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणासँगै कार्यन्वयको चरण भएको हुँदा श्रमिकहरुको उचित ज्याला लगायतका अन्य महत्वपूर्ण पक्षहरुको सम्बोधन हुने धारणा उहाँले राख्नुभयो । साथै उहाँले श्रमिक अधिकार सुनिश्चिताको निम्ति स्वयम श्रमिक नै सक्रिया बन्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

विश्वका हरेक कुराहरुबाट पाठ सिक्दै नेपालको उपयुक्त वातावरणमा नयाँ कार्यको थालनी गर्न सकिएको खण्डमा अन्तर्राष्ट्रिय श्रमिक दिवश लगायतका अन्य विभिन्न अन्तर्राष्ट्रिय दिवश नेपालमा मनाएको सार्थकता पाउने प्रमुख अतिथि घर्तीमगरले बताउनुभयो । त्यसैगरी कार्यक्रमको विशिष्ट अतिथि पूर्व माननीय बमकुमारी बुढामगरले पछिल्लो समयमा श्रमबाट ताढाभएको अवस्थामा श्रमबाट ताढा भएका मानिसहरुलाई श्रममा प्रोत्साहन गर्नुपर्ने जोड दिनुभयो । उहाँले समृदि विकास समाज निर्माणमा महिलाहरुको महत्वपूर्ण भूमिकाको अपरिहार्यता भएको हुँदा सम्पूर्ण महिलाहरुले सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो । नेपाली समाजमा श्रमिकको निम्ति उचित ज्यालाको व्यवस्थामा तीन तहकै सरकारहरुले ध्यान दिनुपर्ने आवश्यकता समेत विशिष्ट अतिथि बुढामगरले औल्याउनुभयो ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मनसिङ डाँगी, नेपाल लेखापढी कानुनी व्यवसायी एशोसियशन केन्द्रीय उपाध्यक्ष नेपबहादुर वली, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पहिलो कार्यकाल अध्यक्ष मानसिह विश्वकर्मा, रोल्पा उद्योग वाणिज्य संघ रोल्पाको अध्यक्ष विश्वकुमार चन्द, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको संस्थापक अध्यक्ष काशिराम डाँगी, नेपाल राष्ट्रिय कर्मचारी संगठन रोल्पा जिल्लाको उपाध्यक्ष लवलाइट वली लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो । कार्यक्रममा शिक्षा तथा स्वास्थ्य समिति संघीय संसाद तथा अखिल नेपाल टे«ड युनिय महासंघ फ्याक्सन इञ्चार्ज माननीय जयपसरी घर्तीद्वारा प्रसित शुभकामना पत्र पत्रको बाचन अखिल नेपाल टे«ड युनिय महासंघ रोल्पाको संयोजक अर्जुन डी.सी.ले गर्नुभयो । विभिन्न क्षेत्रमा आवद्व मजदुर तथा व्यवसायीहरुको कार्यक्रममा सहभागिता थियो । अखिल नेपाल टे«ड युनिय महासंघ रोल्पाको संयोजक अर्जुन डी.सी.को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन रेशम बि.क.ले गर्नुभएको थियो ।

You may also like