अब रोल्पा समाचार १७ वर्षको यात्राको अवसरमा सबैमा शुभकामाना व्यक्त गर्दछाँै । ।


रोल्पा समाचार साप्ताहिकको १६ औँ वर्ष पूरा गरी १७ वसन्तको यात्रामा अगाडि बढेको छ । रोल्पा समाचार साप्ताहिकको १७ आँै वार्षिकोत्सवको अवसरमा हाम्रा अग्रज नेतृत्व वर्ग, हाम्रा कर्मचारी, पाठक, लेखक, विज्ञापनदाता, हाम्रा शुभचिन्तक एवं सुभेच्छुकहरुमा धन्यवाद तथा आभारसहित हार्दिक शुभकामना व्यक्त गर्दछु । हाम्रो सफलताको यात्रालाई हातमा हात काधमा काँधमा साथ दिदै हरेक पाइलामा इट्टा थप्नका लागि सबै सरोकारवाले साथ दिनुभएको छ । हाम्रो यात्रा आगामी दिनमा पनि अझै प्रघात एवं घनिष्टता हुनेछ भन्ने कुरामा हामी अझ बढी विश्वास बढेको छ । हाम्रो यात्रा रोकिने छैन । १७ आँै वार्षिकोत्सवबाट लिइएका हाम्रो संकल्पहरु सफल हुनेछन् ।
रोल्पा जिल्ला प्रशासन कार्यालयमा २०६३ साल कात्तिक २३ गते पहिलो अंक प्रकाशित भएको थियो । २०६८ सालमा पत्रिकाको जिम्मेवारी मानसिंह विश्वकर्माले लिनुभएको थियो । १६ वर्षका निकै कष्ठकर दिनहरुसँग पनि हामी सबैको सामूहिक प्रयासबाट सामाना गरेका थियौँ । विगतको वर्षमा वार्षिकोत्सवमा भव्यता पूर्वक मनाआयौँ । नेपाल पूर्व प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड लगायतको विशिष्ट व्यक्तिहरुको समउस्थितिमा सम्पन्न गरेको थियो । यस पटकको वार्षिकोत्सवलाई पनि भव्यता पूर्वक मनाउने प्रयास गर्दा निर्वाचनमय वातावराले हामी मनाउन सकेका छैनाँै । रोल्पा समाचार साप्ताहिकका धेरै सिमाहरु हुँदा हुँदा पनि हामीले सकेजति सुधार्ने प्रयास गर्दागर्दै पनि हाम्रा साधानश्रोत, जनशक्ति लायतले अझै धेरै कार्य गर्न वाँकी छ । हामी रोल्पाली जनताको निश्वार्थ भावनाले काम गरिरहेका छाँै । हामीलाई आउने विभिन्न सल्लाह सुझावबाट ममन् गर्दै आगामी दिनमा संगैं यात्राच गर्नेछाँै । हामीलाई आशा छ की दुर्गम जिल्लाबाट पत्रिका प्रकाशन गर्नु आफैमा धेरै चुनौतिपूर्ण कुरा हो । तर पनि सबैको सामूहिक प्रयासबाट सम्भव भएको छ । यस अवसरमा सम्मानित हुने पत्रिकाका खम्बाहरु, सहयोगदाता, भवन निर्माणमा व्यावहारिक रुपमा सहयोग गर्ने सबैैलाई धन्यवाद छ । साथै हाम्रो त्यस दिनको आगामी दिनमा पनि हाम्रो यात्रामा अन्तिमसम्म साथ दिनु हुनेछ । भन्ने पूर्ण विश्वास लिएका छाँै । साथै रोल्पा समाचार साप्ताहिक पत्रिकालाई व्यवस्थित गर्नका लागि हाम्रो भूमिकालाई निरन्तर रुपमा अगाडि बढाउने छौँ।
१७ आँै वार्षिकोत्सवबाट हाम्रो सामूहिक संकल्प गरेका छाँै । हामी यतिकैमा सन्तोष भएका छैनाँै हामीले १४ आँै वार्षिकोत्सवमा हाम्रो कार्यालय लगायत त्यस टोलसम्म जानका लागि बाटो ग्रावेल कालोपत्रे बन्ने क्रममा छ भने नयाँ ठूलो साइजको चेक मेसिन आएको छ । यसका लागि सबैले सहयोग गर्नुहुनेछ । किन कि हाम्रो सफलता नै तपाईहरुको सफलता हो । हामी तपाईहरुको हरेक कदममा हात दिनेछौँ । तपाइहरुले पनि हात दिनुभयो भने हाम्रो उदेश्य लक्ष्यमा पुग्दछ । त्यसैले हामीले तपाइहरुका सबैका सथ अगाडि बढ्नेछाँै । १७ आँै वार्षिकोत्सकाव अवसरमा धन्यवाद सहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

You may also like